स्वास्थ्यसमाचार/ राष्ट्रिय ट्रमा सेन्टरमा जेन जी प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा भएको झडपका क्रममा घाइते भएका ५ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो झडप भएपछि घाइते भएका ट्रमामा ५ जनाको मृत्यु भएको हो ।
मृतकहरको छातीमा, तिघ्रामा र टाउकोमा गोली लागेको ट्रमा स्रोतले जनाएको छ । ४० जनाको उपचार भइरहेको ट्रमा १५ जनाको गम्भीर र एक अति गम्भीर अवस्थामा घाइते उपचार चलिरहेको छ ।
निजामती कर्मचारी अस्पतालमा दुई जनाको मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए । अस्पतालमा १०० जनाको उपचार भइरहेको छ भने गम्भीर अवस्थामा १४ जनाको बिरामीलाई रेफर गरिएको उनले बताए ।
त्रिवि शिक्षण अस्पतालमा १० जना बिरामीको उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसियारले जानकारी दिए ।
प्रतिकया दिनुहोस्