जेनजी आन्दोलनः स्वास्थ्य मन्त्रालय १७ जनाको मृत्यु, २५६ जना घाइते

स्वास्थ्यसमाचार/ जेनजी प्रदर्शनका क्रममा देशभर मृत्यु हुनेको संख्या १७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त पछिल्लो विवरणअनुसार २५६ जना घाइते भएका छन्।

मन्त्रालयका अनुसार सर्वाधिक १०० जना घाइते सिभिल सर्भिस अस्पताल (Civil Service Hospital) मा पुगेका छन्। तीमध्ये ३ जनाको मृत्यु भएको छ भने १५ जनालाई वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गरिएको छ।

राष्ट्रिय ट्रमा सेन्टरमा ४९ जना घाइते भर्ना भएका छन्, जसमा ८ जनाले ज्यान गुमाएका छन्। ट्रमा सेन्टरमा विपद् योजना (Disaster Plan) लागू गरिएको छ।एभरेष्ट अस्पतालमा ३४ घाइते पुगेका छन्, तीमध्ये ३ जनाको मृत्यु भएको छ भने ७ जना ट्रमा केसका बिरामी छन्।

काठमाडौं मेडिकल कलेजमा ३२ घाइते पुगेका छन्, तीमध्ये २ जनाको मृत्यु भएको छ र ६ जनाको शल्यक्रिया (Operation) गर्नुपर्ने भएको छ।

त्यसैगरी, टिचिङ शिक्षण अस्पताल (TUTH) मा १८ घाइते आएका छन्, जसमा १ जनाको मृत्यु भएको छ। वीर अस्पतालमा ६, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४, नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ३, गण्डकी मेडिकल कलेजमा १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ र दमक अस्पतालमा ७ जना घाइते उपचाररत छन्।

यसरी, हालसम्मको तथ्यांकअनुसार जम्मा २५६ घाइते र १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित शिर्षक :