स्वास्थ्यसमाचार/ प्रतिनिधि सभाको बैठकमा सांसद खिमा बीकेले स्वास्थ्य क्षेत्रका मौलिक चुनौतीहरूबारे गहिरो ध्यानाकर्षण गराइन्। उनले संविधानले स्वास्थ्यलाई प्रत्येक नागरिकको मौलिक हकको रूपमा सुनिश्चित गरेको भए पनि व्यवहारमा लाखौँ नागरिक अझै स्वास्थ्य सेवा पहुँचबाट वञ्चित छन्।
सांसद बीकेले सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमाको व्यापक कार्यान्वयन आवश्यक रहेको औंल्याइन्। उनले न्यून तलबमा काम गरिरहेका स्वास्थ्यकर्मीहरूको सुरक्षा, वृत्ति विकास र मनोबल कायम राख्न सरकारले ठोस कदम चाल्नुपर्ने बताइन्।
उनले बैठकमा मानसिक स्वास्थ्य, पूर्वाधारको अभाव, बिमा प्रणालीको प्रभावकारिता र खाद्य सुरक्षासम्मका विषयहरू उठाउँदै स्वास्थ्य प्रणाली सुधारका लागि ठोस रणनीति आवश्यक रहेको संकेत गरिन्।
सांसदले सरकारी नीतिहरूमा स्वास्थ्यकर्मीको भूमिका बलियो बनाउन र ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म स्वास्थ्य पहुँच सुनिश्चित गर्न तत्काल पहल आवश्यक भएको उल्लेख गरिन्।
सांसद डा. ओजस्वी शेरचन सांसद क्रान्ति शिखा धिताल डा. अंकिता ठाकुर गंगा लक्ष्मी अवाल कृष्ण हरि बुढाथोकी अर्जुन कुमार कार्की सांसद गंगा छन्त्याल लगायले वोलेका थिए ।।

प्रतिकया दिनुहोस्