स्वास्थ्यसमाचार / प्रदेश नं५को रुकुम(पूर्व)मा जिल्ला अस्पताल उद्धघाटन भएको छ।अस्पतालको प्रदेश ५कामुख्य मन्त्री शंकर पोखरेले उद्धघाटन् गरे । उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले अव रुकुम पूर्वका स्थानीय स्वाथ्य सेवाबाट बन्चित नहुने बताए।जिल्ला बासी समान्य उपचारको लागि बाहिर जिल्लामा जाने गरेको बताउदै उनले अवका दिनमा जिल्लामा नै जटिल प्रकृतीको रोगको उपचार पाउने वताए । जनताले स्वास्थ्य सेवा शुलभ र सहज रुपमा लिन सकुन भनि सरकारले स्वास्थ्य बिमाको अवधारण ल्याएकोले अव स्वास्थ्य बिमा मार्फत जनताले स्वास्थ्य सेवामा शुलव र सहज रुपमा स्वास्थ्य सेवा पाउने वताए । मुख्यमन्त्री पोखरेले जिल्लालाई अग्रानिक जिल्ला बनाएर…
समाचार
लुम्बिनी प्रादेशीक अस्पतालमा नयाँ कर्मचारीको स्वागत
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ मेसु डा राजेन्द्र खनाल ,शाखा अधिकृत बिपिन क्षेत्री तथा समायोजन भई आएका स्वास्थ्यकर्मीहरुलाई स्वागत गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल कर्मचारी युनियनले आज एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको हो।अस्पताल कर्मचारी युनियनका अध्यक्ष दयासागर पन्थीको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा वोल्दै प्रमुख अतिथी डा राजेन्द्र खनाल ले लुम्बिनी प्रादेशीक अस्पताल लाई २ बर्ष भित्र नमुना अस्पताल बनाउने बताएका छन। हामी सबैले योअस्पतालको सेवालाईचुस्तदुरुस्त बनाउदै लैजाने बताए ।अरुप्रदेशकाले यो अस्पतालबाट सिक्ने खालको अस्पताल बनाउने बताउदै सबैको सहयोग आबश्यक हुने डा खनालले बताए । स्वागत कायक्रममा बिशिस्ट अतिथि…
संघका डाक्टरलाई प्रादेशिक अस्पतालमा पठाउने स्वास्थ्यमन्त्री ढकालको पहिलो निर्णय
स्वास्थ्यसमाचचार/संघ अन्तरर्गत परेका दुई जना चिकित्सकलाई तत्कालका लागि प्रादेशिक अस्पतालमा पठाउने निर्णय गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कार्यारम्भ गरेका छन् । पदवहाली पछि स्वास्थ्य सचिव खगराज बरालले प्रादेशिक अस्पताल कर्णालीमा संघ अन्तरगर्त रहेका दुई जना सर्जन पठाउनु पर्ने भन्दै फाईल लिएर मन्त्री ढकाल समक्ष पुगेका थिए । सोही फाइललाई मन्त्रीस्तरीय निर्णयबाट सदर गर्दै कामको थालनी गरेका हुन् । स्वास्थ्य मन्त्रालय ११ औं तहका जनरल सर्जनद्वय डा हरि सापकोटा र गणेश थापा समायोजनका क्रममा संघमा परेका थिए ।उनीहरु संघमा समायोजन भएपनि कर्णालीमा सर्जनको अभाव भएकाले त्यहीँ बसेर काम गराउने…
पाल्पाको बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा
स्वास्थ्य संस्थामा शतप्रतिशत सुत्केरी गराउन सफल बनेको बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ । नेपाल सरकारले तोकेको विभिन्न चरणका सूचक पूरा गरी पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई गाउँपालिकाले झण्डै पाँच हजार रुपैयाँ प्रदान गर्दै आएको छ । घरमै सुत्केरी हुने परम्परा हटाउने गरी स्वास्थ्य संस्थामा प्रसूति सेवाप्रति आकर्षित हुँदा मातृशिशुले ज्यान गुमाउनुपर्ने बाध्यता टरेको छ । घरमा सुत्केरी हुने सङ्ख्या शून्य रहेको सो गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आव २०७५र७६ मा ३७१ महिला विभिन्न…
अस्पतालका सटर व्यवसायी भन्छन हामी विकास विरोधी होइनौं तर हचुवाकोे निर्णय मान्दैनौ
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटर व्यवसायीहरुले सटर भाडा सम्बन्धी सम्झौता गरेको डेढ महिनामै सटर खाली गर्न लगाएर व्यवसायीहरुलाई सडकमा ल्याउने काम गरेको वताए । अस्पतालका सटर सम्झौता गरेको डेढ महिनामै सटर खाली गर्नु थियो भने किन टेण्डर गरेर सटर भाडामा लगाइयो ब्यबसायीहरुले प्रदेश सरकार र अस्पताल प्रशासनलाई प्रश्न गरे । व्यवसायीहरुले बुधबार पत्रकार सम्मेलन गरी मुलुकी ऐेन २०७४ धारा ५४१ वमोजिम करार सम्झौता अनुसार पाँच वर्ष व्यवसाय गर्न पाउनुपर्ने माग गरका हुन् ।अस्पतालले पाँच वर्षका लागि भाडामा दिन टेण्डर आव्हान गरे अनुसार आफूहरुले करार सम्झौता गरेकाले सम्झौता अनुसार पाँच…
स्वास्थ्य चौकी सारिएपछि रुकुमकोटका स्थानीयद्धारा विरोध
स्वास्थ्यसमाचार/ रुकुम पूर्व सिस्ने गाउँपालिका–५ मा रहेको स्वास्थ्यचौकी सिस्ने गाउँपालिका–६ मा सारिएको भन्दै रुकुमकोटमा विरोध भएको छ । लामो समयदेखि वडा नं ५ मा रहेको स्वास्थ्यचौकी वडा नं ६ को ढकालबारामा सारेपछि विरोध सुरु भएको हो । आफ्नो घरदैलोमा रहेको स्वास्थयचौकी अरू कसैलाई थाहा नदिएर अर्को वडामा सारेपछि विरोध गर्नुपर्ने स्थिति सिर्जना भएको सिस्ने गाउँपालिका–५ का वडा सदस्य फलेन्द्र आचार्यले बताए । उनले स्वास्थ्यचौकी जस्तो संवेदनशील क्षेत्र अन्यत्र सार्दासम्म पनि सिस्ने गाउँपालिकाले आफू तथा वडावासीलाई जानकारीसमेत नगराएको आरोप लगाए । स्वास्थ्यचौकी वडा नं ५ का ह्याप्ला, चोताबारी, रुमालबारा तथा अन्य…
युनिभर्सल कलेजद्वारा गोप्य कागजात गायब, तालाबन्दी गरिएको झ्यालबाट कर्मचारी छिराइयो
स्वास्थ्य समाचार/ भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले सम्पत्ति शुद्धिकरणको छापाबाट बच्न विद्यार्थीले ताला लगाएको कार्यालयमा प्रवेश गरी डकूमेन्ट मिलाउने र गोप्य कागजात लुकाउने काम गरेको छ । कलेज प्रशासनले त्यहाँ आन्दोलनरत विद्यार्थीहरुले ताला लगाएको कार्यालयमा झ्यालबाट कर्मचारी पठाएर कागजात लुकाउने काम गरेको अनसनरत बिद्यार्थीहरुले बताएका छन । विगत २० दिनअघि नै त्यहाँ अध्ययनरत विद्यार्थीहरुले सरकारले तोकेभन्दा बढी आफूहरुबाट असूल गरिएको रकम फिर्ताको माग गर्दै आन्दोलन गरिरहेका छन् । उनीहरुले दैनिकजसो कलेजको मूलगेटमा धर्ना दिइरहेका छन् । सोही क्रममा कलेज प्रशासनले आफूहरुको माग नसुनेको भन्दै उनीहरुले कात्तिक २५ गतेदेखि तालाबन्दी…
लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा राजेन्द्र प्रसाद खनाल नियुक्त
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डेन्टमा डा. राजेन्द्र प्रसाद खनाल नियुक्त भएका छन् । प्रदेश ५ सरकारको मन्त्रिपरिषद्को बैठकले खनाललाई नियुक्त गरेको हो । मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण खनालले अनिवार्य अवकास पाएपछि डा. राजेन्द्र प्रसाद खनाललाई नियुक्त गरिएको हो । डा. खनाल बरिष्ठ रेडियोलोजिष्ट हुन । डा खनाल यस अघिपनि ९ महिना लुम्बिनी अञ्चल अस्पताल मेसु भैसकेका हुन । त्यसैगरी सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सूचना तथा सञ्चार प्रतिष्ठान लगायतका कार्यकारी निर्देशकलगायतको पारिश्रमिक सेवा सुविधा मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।
नर्सिङ लाईसेन्स परीक्षामा ५२ प्रतिशत विद्यार्थी सफल
स्वास्थ्यसमाचार । रुपन्देही, १ मंसिर । नेपाल नर्सिङ काउन्सिलले शनिबार लिएको २३ औँ नाम दर्ता (लाईसेन्स) परीक्षाको नतिजा सार्बजनिक गरेको छ । उक्त नतिजा अनुसार कुल १ हजार ६७१ विद्यार्थी सहभागी भएकोमा ८ सय ७१ जना(५२.१२) प्रतिशत विद्यार्थी मात्र सफल भएका हुन् । जसमध्ये ८ सय बिद्यार्थीअसफल भएको काउन्सिलकी रजिष्टार विन्दा घिमिरेले बताइन। त्यस्तै गत असारमा भएको २२औँ नाम दर्ता परीक्षामा ६५ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए। काउन्सिलको नतिजा www.nnc.org.np मा हेर्न सकिने छ।
स्वास्थ्यका कर्मचारीको समायोजन सम्पन्न हुन अझै छ महिना लाग्ने
स्वास्थ्यसमाचार/स्वास्थ्य समूहका कर्मचारीको समायोजन सम्पन्न हुन अझै छ महिना लाग्ने बताइएको छ ।यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशै अघि नै समायोजन टुंगिने बताएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका गुनासो व्यवस्थापन एवं सहजीकरण समितिका संयोजक महेन्द्र प्रसाद श्रेष्ठले समायोजन र पदस्थापन सकिन अझै छ महिना लाग्ने बताएका हुन् । ‘समायोजनको कामहरु त भईरहेको छ तर गुनासो आउने क्रम पनि रोकिएको छैन । यी सबै मिलाउनु पर्ने छ । त्यसैले अझै छ महिना लाग्ने जस्तो देखिएको छ, उनले भने ।गत १५ असार देखि शुरु भएको स्वास्थ्यको समायोजनको जिम्मा शुरुमा संघीय…
