स्वास्थ्यसमाचार /हामीले पूजापाठका अतिरिक्त आफ्नो अफिस, पसल तथा घरमा बिहान बेलुका नियमित रूपमा अगरबत्ती बाल्ने गर्छौं । यसको धूवाँको बास्ना आफ्नो ओरपर फैलिदा आनन्दित हुने समेत गर्छौं । यहि धुवाँ मानव स्वास्थ्यको लागि निकै नै खतरनाक मानिएको छ । चाइनामा एक चिकित्सक टोलीले गरेको अध्ययन अनुसार अगरबत्तीको धूवाँ चुरोटको धूवाँभन्दा खतरनाक हुने बताएको छ । धूपबाट निस्कने धूवाँले ब्रेन ट्युमर तथा क्यान्सर समेत हुनसक्ने खतरा उक्त अध्ययनले औल्याएको छ । त्यस्तै अगरबत्तीमा प्रयोग गरिने केमिकल डिएनएमा परिवर्तन हुने र यस्तो धूवाँबाट शरीर पोल्ने समस्या उत्पन्न भै क्यान्सरसमेत हुन सक्ने दावी अमेरिकन…
समाचार
ग्रान्डी अस्पताल वाट प्रधानमन्त्रीलाई भोलिसम्ममा डिस्चार्ज गरिने
स्वास्थ्यसमाचार /बुधबार साँझ ग्रान्डी अस्पतालले विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे आवश्यक परीक्षण पूरा भएपछि आज राति अथवा भोलिसम्म डिस्चार्ज गरिने अस्पतालले जनाएको छ। ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित उपचार तथा स्वास्थ्य परीक्षणको क्रममा बुधबार ग्रान्डी इन्टरनेशनल हस्पिटलमा भर्ना हुनु भएको छ’, ग्राण्डीको विज्ञप्तिमा भनिएको छ, ‘उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ। सम्माननीयज्युको आवश्यक परीक्षणहरु पूरा भएपछि आज राति अभवा भोलि सम्ममा यस हस्पिटलबाट डिस्चार्ज गरिनेछ।’ विज्ञप्तिमा प्रा डा दिव्यासिंह शाह र डा चक्रराज पाण्डेले हस्ताक्षर गरेका छन् । सिंह नेफ्रोलोजी…
प्रदेश ५ मा सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्यामा वृद्धि
स्वास्थ्यसमाचार/ प्रदेश ५मा सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्यामा वृद्धि भएको भएको छ ।आर्थिक वर्ष २०७४/ ०७५ भन्दा गत आर्थिक वर्ष २०७५ ७६ मा सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्या झन्डै २६ प्रतिशतले बढेको पाइएको हो । प्रजनन् स्वास्थ्यका दृष्टिले संवेदनशील मानिने २० वर्षभन्दा कम उमेर समूहका किशोरीहरुमा गर्भरहनु प्रजनन् स्वास्थ्यका दृष्टिले उपयुक्त नहुने चिकित्सकहरुको भनाई छ ।गत आर्थिक वर्षमा ८० जना २० वर्षमूनीका किशोरीहरुले सुरक्षित रुपमा गर्भपतन गराएका थिए भने आर्थिक बर्ष २०७५/७६ मा त्यो संख्या बढेर १ सय १ पुगेको छ । प्रजनन् स्वास्थ्यमा आएको जनचेतनाका कारणले पनि सुरक्षित गर्भपत्तनको…
प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पतालमा
स्वास्थ्यसमाचार /प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि ग्राण्डी अस्पताल पुगेका छन् । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल गएको भनिएपनि कस्ता समस्या देखिएको हो भन्ने खुलाइएको छैन् । १० बजेतिर अस्पताल पुगेका ओलीको रगतको नमूना र मुटुको परीक्षण भइरहेको अस्पताल स्रोतले जनाएको छ ।१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओली पछिल्लोपटक मिर्गौलामा समस्या झेलिरहेका छन् । केही दिनअघि सिंगापुरमा एन्टिबडी हटाउँने उपचार प्लाज्माफेरेसिस गरेर फर्किएका ओली दुई दिनअघि सिस्नुपानी नेपालले आयोजना गरेको देउसीभैलो कार्यक्रममा सहभागी भएका थिए ।
जिल्ला अस्पताल भैरहवामा चौबिसै घन्टे फार्मेसी सेवा सुरु
स्वास्थ्यसमाचार /भैरहवास्थित भीम अस्पतालको फार्मेसीले चौबिसै घन्टा सेवा सुरु गरिएको छ। यसअघि अस्पतालको ओपिडी सेवा संचालन हुने समयमा मात्र संचालन हुने फार्मेसी आजबाट चौबिसै घन्टा संचालन हुन थालेको हो। सरकारी अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीले अस्पतालका पसलहरुमा गएर महङगोमा औषधी किन्न नपरोस् भन्ने उद्देश्यले सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।अस्पताल सुधार गर्ने अठोटका साथ अगाडि बढेका अस्पतालका मेडिकल सुपरेटेन्डेन्ट डा. नवीन दर्नालले २४ घण्टे फार्मेसी सेवाको शुभारम्भ गरेका छन्। फार्मेसी सेवा सुरु भएसँगै सेवाग्राहीलाई आवश्यक परेको जुनसुकै बेला औषधी पाउने सक्नेछन्।यसअघि अस्पताल भित्रका फार्मेसीहरु ओपिडी अवधिसम्म मात्र सञ्चालन हुँदा इमर्जेन्सीमा…
प्रदेश सरकारले आयुर्वेद क्षेत्रलाई विशेष महत्व दिएको छ महाशाखा प्रमुख डा चौधरी
स्वास्थ्यसमाचार /धन्वन्तरी जयन्ति तथा राष्ट्रिय आयोग्य दिवसमा आयुर्वेदका बारेमा चर्चा गरिएको छ । बुटवल स्थीत लुम्विनी आयुर्वेद चिकित्सालयमा धन्वन्तरी जयन्ती मनाउने क्रममा आयुर्वेद क्षेत्रका बारेमा चर्चा गरिएको हो । स्वस्थ्य क्षेत्रमा आयुर्वेदले पारेको प्रभाव तथा आयुर्वेद चिकित्सा पद्धतीको महत्वका बारेमा पनि चर्चा गरिएको थियो । पछिल्ला दिनहरुमा मानिसका जीवनशैली परिवर्तन हुनु, आरामदायी जीवनशैली अपनाउदा र खानपानमा ध्यान नदिदा विभिन्न खाले स्वस्थ्य समस्या निम्तिने गरेको भन्दै सहभागिहरुले आयुर्वेद चिकित्सा पद्धतीले मानिसमा सकरात्मक प्रभाव पार्ने बताएका थिए । त्यस्तै योग क्षेत्रका बारेमा चर्चा गर्दै सहभागि स्वस्थ्य क्षेत्रका अगुवाहरुले स्वस्थ्य जीवनका लागि योगको…
सरकारले देशभरका स्वास्थ्य संस्थामा ठुलो संख्यामा कोल्डचेन उपकरण भित्र्याउँदै
स्वास्थ्यसमाचार अनलाईन कार्तिक ९, काठमाण्डौं । सरकारले यस आर्थिक वर्षको लागि देशका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकिमा कोल्ड चेन उपकरण भित्राउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोल्ड चेन अप्टिमाइजेसन प्लान परियोजना अन्तर्गत नेपालका विभिन्न स्वास्थ्य संस्थामा यथासिघ्र जडान कार्य थाली खोपलाई अझै व्यवस्थित र सहज रुपमा नेपाली जनताको पहुँचमा पु¥याउने लक्ष्य लिएको हो । खोपको गुणस्तरीयता, ढुवानी तथा स्टोर कार्यमा कोल्ड चेन उपकरण अन्तर्गत रेफ्रिजेरेटरले महत्वपूर्ण भूमिका खेल्ने परिवार स्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए । उक्त उपकरणको संचालन भएपछि बिरामी खोपकै…
लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माणका लागि वृहत अन्तरकृर्या
स्वास्थ्यसमाचार/लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माणका लागि वृहत अन्तरकृर्या कार्यक्रम सम्पन्न भएको छ । बुटबल १३ मा मुटु अस्पताल आबश्यक रहेकोले सबैको सहयोग आबश्यक रहेको अन्र्तकृर्या कार्यक्रममा बताईएको छ । कार्यक्रममा बोल्दै बुटबल उपमहानगरपालिका वडा नं १३ का वडा अध्यक्ष नारायण प्रसाद पुनले यस क्षेत्रमा मुटु अस्पताल आबश्यक रहेको बताए । उनले आफुहरुले मुटु अस्पताल निमार्णको लागी सबै सहयोग गर्ने बताए । बरिष्ठ पत्रकार डि आर घिमिरेले मुटु अस्पताल निमार्ण प्रकृर्या सुरु भएकोमा खुसी ब्यक्त गरे । सहिद प्रतिष्ठान रुपन्देहीका अध्यक्ष राम प्रसाद बन्जाडेले मुटु अस्पताल निमार्ण कार्यमा आफुहरुको सहयोग रहने…
हेल्थ असिस्टेन्ट संघ नेपाल रुपन्देहीद्धारा सुभ-कामना आदान प्रदान
स्वास्थ्यसमाचार/ हेल्थ असिस्टेन्ट संघ नेपाल, जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा हिन्दुहरुको महान पर्व बडा दशै, सुभ-दिपावली , नेपाल सम्बत ११४० तथा छठ पर्वको पावन अबसरमा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सुभकामना आदानप्रदान कार्यक्रममा सरकारी, गैरसरकारी तथा प्राईभेट क्षेत्रमा काम गर्ने हेल्थ असिस्टेन्टहरुको सहभागीता रहेको थियो । कार्यक्रममा गिरि त्रामु मगर, कृष्ण प्रसाद पोखरेल , बालकृष्ण कंडेल, राजेश ज्ञवाली, अबिनास अधिकारी, उमेश घिमिरे , दुर्गादेबी अर्याल, सिद्धार्थ आचार्य , अनिल बिश्वकर्मा, थानेश्वर बस्याल लगायतले सुभकामना मन्त्ब्य राखेका थिए । कार्यक्रममा बोल्दै सघका का।बा अध्यक्ष मदन पोखरेलले पेशागत हकहितको लागि…
पाल्पाको पूर्वखोला गाउँपालिका प्रदेश पाँचकै पहिलो पूर्ण संस्थागत सुत्केरी घोषणा
स्वास्थ्य समाचार/प्रदेश नं ५ को पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका पूर्ण संस्थागत सुत्केुरी गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाले प्रसुतीको क्रममा आमा तथा नवजात शिशुको मृत्युदर कम गर्न पालिका भित्रका ६ वटै स्वास्थ्य संस्थामा बर्थिङ्ग सेन्टर स्थापना गरेको थियो । पूर्ण संस्थागत सुत्केरीका निश्चित मापदण्ड पुरा गरेको गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा भएको हो । प्रदेश नं ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले एक कार्यक्रमका बिच गाउँपालिका पूर्ण संस्थागत सुत्केुरी गाउँपालिका घोषणा गरे। मन्त्री बरालले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। मन्त्री बरालले…