रुपन्देहीमा जेठ ३१ गते सम्म थपियो निषेधाज्ञा

स्वास्थ्यसमाचार / जिल्ला प्रशासन कार्यालय रुपन्देहीले  जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा बढाएको छ । कोभिडको प्रभाव बढ्दो अवस्थामा रहेको जनाउँदै निषेधाज्ञा बढाइएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको अवधि बढाउन सिफारिस गरेको थियो । निषेधाज्ञा अवधिभर, शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दुध,विद्युत्, दमकल,संचार, भन्सार, फोहरमैला, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि, इन्धन र अत्यावश्यक वस्तुका सामान ढुवानीबाहेकका साधन संचालन गर्न पाइने छैन ।

अतिआवश्यक बाहेकका पसल,व्यवसाय र सेवा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । खाद्यान्न, ग्यास, तरकारी, फलफूल, दुध लगायतका दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि उद्योग व्यापार संगठन र उद्योग वाणिज्य संघले व्यवस्था मिलाउने र कृतिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्नेलाई कारबाही गरिने जनाइएको छ ।

सम्बन्धित शिर्षक :