लुम्बिनी प्रदेशका ७ अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने [सूची]

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारका लागि निःशुल्क उपचार हुने लुम्बिनी प्रदेशमा ७ वटा अस्पताल को सूची सार्वजनिक गरेको छ ।मन्त्रालयले लुम्बिनी प्रदेशका ७ वटा अस्पतालाई सूचीकृत गरेको छ्।मन्त्रालयले यी अस्पतालमा उपचार भएको बिरामीको संख्याका आधारमा रकम उपलब्ध गराउने छ।

मन्त्रालयले समान्य लक्षण भई अस्पताल भर्ना भएका बिरामीको उपचार गरेवापत ३ हजार ५००, मध्यम जटिल बिरामीको उपचार गरेवापत ७ हजार र जटिल र क्रिटिकल बिरामीको उपचार गरेवापत १५ हजार उपचार शुल्क उपलब्ध गराउने गरेको छ।संक्रमितको निःशुल्क उपचार गरेबापत सरकारले ती अस्पताललाई मासिक रूपमा शोधभर्ना रकम उपलब्ध गराउने गरेको छ ।

लुम्बिनी प्रदेशमा कोरोनाको निःशुल्क उपचार हुने अस्पतालको सूचीे

१ लुम्बिनी प्रादेशिक अस्पताल बुटबल

२ भिम अस्पताल भैरहवा

३ भेरी अस्पताल नेपालगञ्ज

४ बेलझन्डी कोरोना अस्पताल दाड

५ राप्ती बिज्ञान प्रतिष्ठान

६ कपिलबस्तु अस्पताल

७ नेपालगञ्ज आर्मी अस्पताल

सम्बन्धित शिर्षक :