डेंगुले लग्यो पाल्पामा वडा सदस्यको ज्यान

स्वास्थ्यसमाचार /रम्भा गाउँपालिका–१ पाल्पाका वडा सदस्य हुमबहादुर सिंजालीको डेंगुको कारण मृत्यु भएको छ ।रम्भा–१ बिसौना घर भएका सिंजालीको डेंगुका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

५७ वर्षीय सिंजालीको उपचारका क्रममा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । डाइलासिस गर्नुपर्ने अवस्था सिर्जना भएको र अन्तिम अवस्थामा रोग पहिचान भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।

हात दुख्ने समस्या देखिएर स्याङ्जाको गल्याङ सामुदायिक अस्पताल पुगेका सिंजालीलाइ पट्टी बाँधेर अस्पतालले घर फर्काएको थियो । पछि पुनः हात दुख्ने र अरू समस्या देखिएपछि उनलाई तानसेनको युनाइटेड मिसन अस्पताल हुँदै बुटवल पु¥याइएको थियो ।

वडा सदस्य सिंजाली ०७३ को स्थानीय चुनावमा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । वडा सदस्यको मृत्यु भएपछि गाउँपालिकाले पालिकाभर शोक बिदा दिएको छ ।

सम्बन्धित शिर्षक :