फार्मासिस्ट : औषधि मात्र होइन, सुरक्षित स्वास्थ्य सेवाको आधार

बिरामी डाक्टरकहाँ पुग्छ, रोगको पहिचान हुन्छ, औषधि लेखिन्छ र बिरामी फार्मेसीमा पुग्छ। हाम्रो सामान्य बुझाइ यतिमै सीमित हुन्छ—“औषधि लिएँ, अब सन्चो हुन्छ।” तर औषधि किन्नु मात्र उपचार होइन। सही औषधि, सही मात्रा, सही समय, सही तरिका र सही अवधिसम्म प्रयोग हुनु नै सुरक्षित औषधि उपचारको आधार हो। यहीँबाट फार्मासिस्टको वास्तविक भूमिका सुरु हुन्छ। फार्मासिस्ट औषधि बिक्री गर्ने व्यक्ति मात्र होइनन्। उनी औषधिको गुणस्तर, भण्डारण, वितरण, सुरक्षित प्रयोग, औषधि–औषधि अन्तरक्रिया, सम्भावित प्रतिकूल असर तथा बिरामीलाई आवश्यक परामर्श दिने दक्ष स्वास्थ्यकर्मी हुन्। त्यसैले फार्मासिस्ट औषधि र बिरामीबीचको महत्वपूर्ण सुरक्षा कडी हुन्। काउन्सिलिङ…

एमबीबीएस पढ्दै रुपन्देही कांग्रेसको क्षेत्रीय प्रतिनिधि बने १९ वर्षीय प्रधुम्न

स्वास्थ्यसमाचार/ पुराना राजनीतिक दलप्रति युवा पुस्ताको वितृष्णा बढ्दो रहेको र नयाँ दलहरूतर्फ आकर्षण देखिएको बहस चलिरहेका बेला रुपन्देहीमा एक १९ वर्षीय एमबीबीएस छात्र नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्। बुटवल उपमहानगरपालिका वडा नं. ४ निवासी प्रधुम्न घिमिरे कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेका हुन्। देवदह मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत घिमिरेले कुनै दबाब वा लहडमा नभई विचार र सिद्धान्त बुझेर कांग्रेस रोजेको बताएका छन्। विद्यालय तहको शिक्षा नमस्ते एकेडेमी र प्लस टु तिलोत्तमा क्याम्पसबाट पूरा गरेका उनी निजी शिक्षण संस्थामा पढे पनि सानै उमेरदेखि राजनीतिक अध्ययन र बहसमा रुचि राख्थे।…

भारी वर्षाको चेतावनीपछि बुटवलका विद्यालय दुई दिन बन्द

स्वास्थ्यसमाचार/सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा पठनपाठन स्थगन गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै असोज ८ गते सामुदायिक तथा संस्थागत विद्यालयका दिवा सत्रका कक्षा बन्द रहने जनाएको छ । त्यस्तै, असोज ९ गते बिहानी र दिवा दुवै सत्रका कक्षा बन्द रहनेछन् । बाढी तथा प्राकृतिक विपद्को जोखिमयुक्त समयमा बालबालिकालाई सुरक्षित राख्न, खोला किनार तथा जोखिमपूर्ण क्षेत्रमा जान नदिन र उच्च सतर्कता अपनाउन उपमहानगरपालिकाले अभिभावक तथा विद्यालय परिवारलाई आग्रह गरेको छ ।

फार्मेसी क्षेत्रमा जनशक्ति अभावदेखि अव्यवस्थित औषधि पसलसम्म

स्वास्थ्यसमाचार/नेपालको फार्मेसी क्षेत्रमा गैरफार्मेसी व्यक्तिबाट औषधि पसल सञ्चालन, स्थायी जनशक्तिको अभाव, निरन्तर शिक्षा तथा अनुगमनको कमी र झन्झटिलो कानुनी व्यवस्थालगायत समस्या रहेको औँल्याइएको छ। फार्मेसी सेवालाई व्यवस्थित, गुणस्तरीय र बिरामीमुखी बनाउन सरकार तथा सम्बन्धित निकायले नीतिगत र संस्थागत सुधारमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन्। विश्व फार्मेसी दिवस–२०२६ का अवसरमा लुम्बिनी प्रदेशमा आयोजित शुभकामना आदान–प्रदान तथा कार्यपत्र प्रस्तुतीकरण कार्यक्रममा फार्मेसी क्षेत्रका विद्यमान समस्या, अस्पताल फार्मेसीको अवस्था र आगामी योजनाबारे छलफल गरिएको हो। नेपाल फार्मेसी संघकी केन्द्रीय उपाध्यक्ष एवं सीटीईभीटी परीक्षा उपनियन्त्रक डा. मीना भट्टले फार्मासिस्टको भूमिका औषधि वितरणमा मात्र सीमित नरहेको…

असोज ९–११ मा भारी वर्षाको सम्भावना, लुम्बिनीमा सतर्क रहन आग्रह

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन प्रदेश सरकारले आग्रह गरेको छ। मौसम विज्ञान विभागले मेघगर्जन, चट्याङ र हुरीबताससहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अतिभारी वर्षा हुन सक्ने प्रक्षेपण गरेपछि मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार अपिल जारी गर्दै जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका हुन्। भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भन्दै उनले नदी, खोला तथा नालाको पानीको सतह बढ्न सक्ने र सडक तथा यातायात प्रभावित हुन सक्ने…

नर्सिङ महाशाखाको निर्देशकमा बन्दना थापा नियुक्त

स्वास्थ्यसमाचार/स्वास्थ्य सेवा विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको निर्देशक परिवर्तन गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै महाशाखाको निर्देशक हिराकुमारी निरौलालाई वीर अस्पतालमा सरुवा गरी नयाँ निर्देशकको जिम्मेवारी बन्दना थापालाई दिनुभएको हो । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत थापालाई नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको हो । निरौला र थापा दुवै स्वास्थ्य सेवातर्फका एघारौँ तहका नर्सिङ अधिकृत हुनुहुन्छ । मन्त्री मेहताले गत शुक्रबार गरेको निर्णयअनुसार थापाले विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको नेतृत्व सम्हाल्नुहुनेछ । महाशाखाले नर्सिङ सेवाको…

विद्यालय स्वास्थ्य नर्सलाई बुटवलमा दुईदिने अभिमुखीकरण

स्वास्थ्यसमाचार/विद्यालय तहमा बालबालिका तथा किशोरकिशोरीको स्वास्थ्य र पोषण अवस्थामा सुधार ल्याउन विद्यालय नर्सको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ। स्वास्थ्य निर्देशनालय लुम्बिनीको आयोजनामा दाङ, नवलपरासी, रुपन्देही र कपिलवस्तुका विद्यालयमा कार्यरत २६ जना स्वास्थ्यकर्मीका लागि बुटवलमा दुईदिने अभिमुखीकरण कार्यक्रम यस्तो बताईएको हो। ईन्द्रेणी/फेयरमेडको प्रेरणा परियोजनाको सहयोगमा आयोजित कार्यक्रममा विद्यालय स्वास्थ्य नर्स तथा रोभिङ नर्सको भूमिका, जिम्मेवारी र विद्यालयमा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी गतिविधिका विषयमा छलफल गरिएको थियो। कार्यक्रमको उद्घाटन स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक रोशनलाल चौधरीले गर्नुभएको थियो। कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख उमादेवी थापा, फेयरमेडको प्रेरणा परियोजनाका सोभाराम भण्डारी ,फेयरमेड फाउण्डेशन नेपालका तुलसीराम…

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. पौडेल

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको शक्तिशाली निकाय स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. कृष्ण पौडेलले पाएका छन्। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरिय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी डा.पौडेललाई दिएकी हुन्। यसअघि स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी समेत सम्हाालेका डा.पौडेलले भद्रगोल अवस्थामा पुगेको बोर्डलाई लयमा ल्याएका थिए। वरिष्ठ बालरोग विशेषज्ञ समेत रहेका डा. पौडेल स्वास्थ्य सेवाका अब्बल प्रशासकको रुपमा गनिन्छन। उनी ११ औँ तहका अधिकृत हुन्। यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा कार्यरत थिए। डा. पौडेल निमित्त महानिर्देशकमा आएपछि यसअघि निमित्त रहेका डा.अनुज भट्टचन पूर्ववत् विभागकै इपिडिमियोलोजी तथा…

सुरक्षित मातृत्व विधेयक संसद्‌मा : अस्पताल पुगेकी महिलालाई सेवा दिनुपर्ने प्रस्ताव

स्वास्थ्यसमाचार/ सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक संसद्‌मा दर्ता भएको छ ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले यो विधेयक ल्याएकी हुन् । उनका अनुसार नेपालको संविधानद्वारा प्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी हकको सम्मान, संरक्षण र परिपूर्ति गर्नको लागि मातृत्व तथा प्रजनन स्वास्थ्य सेवालाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउनुपर्ने छ । यस सम्बन्धमा आवश्यक व्यवस्था गर्नको लागि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ कार्यान्वयनमा रहेको छ । तर नेपालको पछिल्लो जनगणना अनुसार नेपालको जनसंख्या वृद्धिदर निरन्तर घट्दो…

घुस डिल आरोपपछि स्वास्थ्य सचिव बसौला हटाइए

स्वास्थ्यसमाचार / ‘घुस डिल’को आरोप सार्वजनिक भएपछि गण्डकी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौलालाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाउने निर्णय गरेको छ। पोखराको पद्म नर्सिङ होमलाई ५० शय्याबाट १०० शय्यामा स्तरोन्नति गर्ने अनुमति प्रक्रियामा तत्कालीन स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे, उनका स्वकीय सचिव यादव पौडेल र सचिव बसौलाको भूमिकामाथि प्रश्न उठेपछि प्रदेश सरकारले छानबिन अघि बढाएको हो। मन्त्रिपरिषद्ले पछिल्ला दुई वर्षमा स्वास्थ्य मन्त्रालयबाट अस्पताल सञ्चालन अनुमति तथा स्तरोन्नतिसम्बन्धी भएका निर्णय, कानुनी प्रक्रिया र अभ्याससमेत छानबिन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवको संयोजकत्वमा तीन सदस्यीय समिति…