स्वास्थ्यसमाचार/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थराज्यमन्त्री भरतकुमार शाहले नागरिककाे स्वास्थ्य सेवालाई नि:शुल्क बनाउनु पर्ने विचार राख्नुभएकाे छ । नेपाल स्वास्थ्यकर्मी संघकाे रुपन्देहीको तिलोत्तमामा भएकाे आठौँ केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै काँग्रेस नेता शाहले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण सरकारकै दायित्व भएको उल्लेख गर्दै उपचार सेवालाई चुस्त र दुरुस्त बनाइनुपर्नेमा जोड दिनुभएकाे हाे । उहाँले कोभिड–१९ महामारीजस्तो कठिन समयमा स्वास्थ्यकर्मीहरूले पुर्याएको योगदान अत्यन्तै प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्वास्थ्यकर्मीको आवाज सुन्नु अपरिहार्य रहेको बताउनुभयो । स्वास्थ्यकर्मीका समस्या समाधान…
समाचार
रुपन्देहीको मर्चवारमा अत्यधिक चिसोले ५८ वर्षीय वृद्धको बाटोमै मृत्यु
स्वास्थ्यसमाचार/रुपन्देहीको मर्चवार क्षेत्रमा अत्यधिक चिसोका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका–५ मझगावाँ निवासी ५८ वर्षीय बङ्गुर लम्बु हरिजन रहेका छन्। इलाका प्रहरी कार्यालय मझगावाँका अनुसार हरिजन सोही वडास्थित दुईमोहान पुल नजिक अत्यधिक चिसोका कारण बाटोमै ढलेका थिए। उनी लुम्बिनीस्थित महिलवारमा औषधि उपचार गराएर घर फर्किंदै गर्दा असह्य चिसोले स्वास्थ्य बिग्रिएर ढलेको बताइएको छ। प्रहरी निरीक्षक तपेन्द्र विष्टले मंगलबार बेलुका करिब ४ः३० बजे घटनास्थलमा हरिजन लडेको अवस्थामा भेटिएको जानकारी दिए। प्रत्यक्षदर्शीका अनुसार उनी बजारबाट घर फर्किंदै गर्दा अचानक ढलेका थिए। घटनापछि स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी टोली…
१८ करोड भुक्तानी नआए निःशुल्क डायलाइसिस र मुटु उपचार बन्द गर्ने
स्वास्थ्यसमाचार/ बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट पाउनुपर्ने रकम पुस मसान्तसम्म भुक्तानी नभए माघ १ गतेदेखि विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत मिर्गौलाको निःशुल्क डायलाइसिस र मुटुको निःशुल्क उपचार बन्द गर्ने घोषणा गरेको छ। सरकारको कार्यक्रम अनुसार मुटुका बिरामीको उपचारका लागि क्याथल्याब मार्फत एक पटक १ लाख र मिर्गौलाका बिरामीहरूको डायलाइसिसका लागि एक पटक २ हजार ५ सय रुपैयाँ अस्पतालहरूलाई उपलब्ध गराइन्छ। अस्पतालले अहिलेसम्म यस कार्यक्रम अन्तर्गत १ हजार ३८४ जना मुटुका बिरामी र ५५१ जना मिर्गौलाका बिरामीलाई नियमित सेवा दिँदै १८ करोड ५९ लाख रुपैयाँ बराबरको उपचार सेवा…
स्वास्थ्य, शिक्षा र आयलाई मुख्य सूचक बनाएर लुम्बिनी साक्षर प्रदेश घोषणा हुँदै
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश पुस १३ गते साक्षर प्रदेश घोषणा गरिँदै छ । मानव विकासको विश्वव्यापी मूल्याङ्कनमा शिक्षा, स्वास्थ्य र प्रतिव्यक्ति आयलाई मुख्य सूचक वनाई लुम्बिनीलाइ साक्षर प्रदेशको रुपमा घोषणा गर्न थालिएको हो । सरकारी तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला साक्षर घोषणा भइसकेका छन् । दाङ, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, बाँके लगायतका जिल्लामा साक्षरता दर ९६ प्रतिशतभन्दा माथि पुगेको छ । एसइई परीक्षाको नतिजामा सुधार भइरहेको र शैक्षिक सत्र २०८० मा ३८ दशमलव ६५ प्रतिशत उत्तीर्ण दर रहेकोमा ०८१ मा ६२ दशमलव शून्य छ प्रतिशत पुगेको छ । लुम्बिनी प्रदेशको…
नेपाल स्वास्थ्यकर्मी संघको आठौं केन्द्रीय महाधिवेशनको उद्घाटन उपसभापति गुरुङले गर्ने
स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी सङ्घको आठौं केन्द्रीय महाधिवेशन पुस १० गते तिलोत्तमा ९, शङ्करपुरस्थित मदानी होटलमा आयोजना हुने भएको छ। महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गर्ने कार्यक्रम तय गरिएको आयोजक समितिले जनाएको छ। महाधिवेशनका लागि सबै तयारी पूरा भइसकेको र प्रतिनिधिहरू आउने क्रम जारी रहेको स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय सदस्य बिश्वबन्धु बिनयी ले बताउनुभयो। उहाँका अनुसार महाधिवेशनमा ६ सयभन्दा बढी प्रतिनिधिहरू सहभागि हुनेछन् भने २५ सदस्य बराबर १ प्रतिनिधि रहने व्यवस्था गरिएको छ। बिनयका अनुसार पहिले सर्वसहमति मार्फत निर्णयमा पुग्ने प्रयास गरिने भएपनि नभएमा निर्वाचनमार्फत निर्णय गरिने छ। सङ्घले स्वास्थ्यकर्मी,…
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल १२ वर्षमा ५ लाख बढीलाई सेवा
स्वास्थ्यसमाचार/ गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पुस १० गतेदेखि आफ्नो १२औँ वर्षमा प्रवेश गर्दैछ। सोही अवसरको पूर्वसन्ध्यामा अस्पतालले सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा अस्पतालका अध्यक्ष एजाज आलमले अस्पतालले लुम्बिनी प्रदेश मात्र नभई गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई समेत सेवा दिँदै आएको बताउनुभयो। उहाँका अनुसार हालसम्म ४२ जिल्लाका नागरिकले अस्पतालबाट प्रत्यक्ष स्वास्थ्य उपचार सेवा लिएका छन्। अध्यक्ष आलमका अनुसार अस्पतालले स्थापना यता हालसम्म मुटु, मिर्गौला तथा जनरल फिजिसियन सेवामार्फत ५ लाखभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिसकेको छ। उहाँले चालु आर्थिक वर्षमा मुटु…
नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीमा पदाधिकारी चयन
स्वास्थ्यसमाचार/ नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीमा पदाधिकारी तथा सल्लाहकार चयन गरिएको छ । संस्थाको मंगलबार बुटवलमा बसेको कार्यसमिति बैठकले कार्यमिति सदस्यहरुबाट पदाधिकारी चयन गरिएको हो । त्यसैगरी आजिवन सदस्यबाट सल्लाहकार मनोनयन गरिएको हो । संस्थाको वैधानिक व्यवस्था अनुसार खुल्ला उपाध्यक्षमा बाबुराम विश्वकर्मा र महिला उपाध्यक्षमा विना न्यौपानेलाई चयन गरिएको छ । त्यस्तै सचिव प्रजापाल गिरी, कोषाध्यक्षमा गुणनिधी खनाल, सहसचिवमा तेजनारायण अर्याल र सहकोषाध्यक्ष पदमा पुनम पौडेललाई चयन गरिएको संस्थाका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराउनु भयो । त्यसैगरी संस्थाका केन्द्रीय सदस्य मधुसुदन गैरे, निवर्तमान अध्यक्ष निर्मलप्रसाद लाकौल, सुरेन्द्रप्रसाद श्रेष्ठ, डा…
फलफूल र तरकारीमा जथाभावी विषादी प्रयोगले उपभोक्ताको स्वास्थ्यमा गम्भीर खतरा
स्वास्थ्यसमाचार/फलफूल तथा तरकारी उत्पादन बढाउने नाममा जथाभावी किटनाशक विषादीको प्रयोग र त्यसको प्रभावकारी नियमन नहुँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। पर्याप्त जानकारी र सचेतनाको अभावमा किसानले किटनाशकलाई औषधिको रूपमा प्रयोग गर्दा क्यान्सर, स्नायु रोग, हर्मोन असन्तुलनजस्ता गम्भीर रोगको जोखिम बढ्दै गएको उनीहरूको भनाइ छ। छोटो समयमै उत्पादन र आम्दानी बढे पनि यसको अनियन्त्रित र अत्यधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा दीर्घकालीन क्षति पु¥याइरहेको विज्ञहरूको ठहर छ। रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा जारी १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को अवसरमा मंगलबार आयोजित…
प्रेरणा परियोजनाको वार्षिक समीक्षा वैठक भैरहवामा सम्पन्न
स्वास्थ्यसमाचार/ रुपन्देहीका ११ वटै पालिकामा कार्यरत प्रेरणा परियोजनाको वार्षिक समीक्षा बैठक भैरहवामा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा तथा इन्द्रेणी ग्रामीण विकास केन्द्र र FAIRMED फेयर फाउन्डेसन नेपालद्वारा सञ्चालित प्रेरणा परियोजनाको समीक्षा गरिएको हो। जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापाईको अध्यक्षतामा सम्पन्न समीक्षा बैठकमा मायादेवी गाउँपालिकाका अध्यक्ष धुर्बनारायण चौधरी, मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरई, सम्मरीमाई गाउँपालिकाकी उपाध्यक्ष कुमारी प्रियंका शाही सिंह तथा स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख उमादेवी थापाको आतिथ्यता रहेको थियो। समीक्षा कार्यक्रममा प्रेरणा परियोजनाका जिल्ला संयोजक किरण श्रेष्ठले रुपन्देही जिल्लाका ११ वटै स्थानीय तहका स्वास्थ्य…
सियारीमा स्वयम्–हेरचाह समूह मार्फत आत्मनिर्भर बन्दै हात्तिपाइले र कुष्ठ प्रभावित समुदाय
स्वास्थ्यसमाचार/ सियारी गाउँपालिकामा हात्तिपाइले, कुष्ठरोग प्रभावित तथा अति विपन्न समुदायलाई लक्षित गरी गठन गरिएको स्वयम्–हेरचाह समूहले आत्मनिर्भरतातर्फ उल्लेखनीय काम गरिरहेको छ। प्रेरणा परियोजना र सियारी गाउँपालिकाको सहकार्यमा करिब तीन वर्षअघि सुरु गरिएको यस समूहका पदाधिकारी तथा सदस्यहरू पशुपालन र मत्स्यपालनमार्फत जीविकोपार्जनमा आत्मनिर्भर बन्दै गएका छन्।स्वयम्–हेरचाह कृषि समूहअन्तर्गत महिलाहरूले माछापालन, कुखुरा, हाँस, बाख्रा तथा भैँसीपालन गर्दै आम्दानीको स्रोत विकास गरेका छन्। परियोजनाले बीउ पूँजीस्वरूप ७० हजार रुपैयाँ र गाउँपालिकाले १ लाख रुपैयाँ सहयोग गरी जम्मा १ लाख ७० हजार रुपैयाँको कोष स्थापना गरिएको थियो। सो कोषबाट समूहका सदस्य महिलाहरूलाई आवश्यकताअनुसार रकम…
