स्वास्थ्यसमाचार/विश्व एड्स दिवसकाे अवसरमा रुपन्देहीमा पालिका स्तरीय क्वीच प्रतियोगिता गरिएकाे छ । एचआईभी एड्सकाे क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरुकाे सहयोगमा जिल्ला समन्वय समिति रुपन्देहीकाे आयोजनामा भएकाे उक्त प्रतियोगितामा मायादेवी गाउपालिका प्रथम भएकाे छ । प्रतियोगितामा कञ्चन गाउपालिका द्वितीय, देवदह नगरपालिका तृतीय र मर्चवारी गाउपालिका सान्त्वना भएका छन् । प्रतियोगितामा रुपन्देहीका १६ वटै पालिकाकाे सहभागिता रहेकाे थियाे । प्रतियोगितामा प्रथम भएकाे मायादेवी गाउँपालिकालाई ८ हजार रुपैया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएकाे छ । त्यस्तैगरी द्वितीय भएकाे कञ्चनलाई ६ हजार, तृतीय भएकाे देवदहलाई ४ हजार र सान्त्वनामा समेटीएकाे मर्चवारी गाउँपालिकालाई नगद…
समाचार
बुटवलको ट्राफिक चोक,सहित तीन स्थानमा घुम्ती शौचालय
स्वास्थ्यसमाचार/बुटवलका ३ स्थानमा घुम्ती शौचालय राखिने भएको छ । बुटवल उपमहानगरपालिकाले बुटवलको ट्राफिक चौक, अस्पताललाईन र राजमार्ग चौराहामा घुम्ती शौचालय राख्न लागेको हो । त्यसका लागि नगरपालिकाले आईतबार सञ्चालनको लागि जिम्मा पाएको बुटवल सेनेटरी प्रालिलाई सम्झौता तथा शौचालयको चाँपी हस्तान्तरण गरेको छ ।सम्झौता अनुसार ट्राफिक चौकको दुर्गा मन्दिरको पूर्वपट्टि, अस्पताल लाइनमा पुष्पलाल चोकको पूर्वपट्टि र राजमार्ग चौराहमा घुम्ती शौचालय रहनेछन् । सम्झौता तथा चाँपी हस्तान्तरण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले पैदल यात्री, यातायातको साधान प्रयोग गर्ने यात्रीहरुको लागि घुम्ती शौचालय प्रभावकारी हुने बताउनु भयो । उहाँले कुनै मेला…
ग्यास्ट्रो सेन्टरले मनायो प्रथम बार्षिक उत्सव :एक बर्षमा २५८७ को उपचार, ३०५ जनाको निःशुल्क उपचार
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका वडा नम्बर ८ तिलोत्तमा पथमा रहेको ग्याष्ट्रो सेन्टर प्रालिले एक बर्षमा २ हजार ५ सय ८७ जनाको सफल उपचार गरेको छ । प्रथम बार्षिक उत्सवको अवसरमा बुटवलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा प्रालिका डा. मोहन भुषालले स्थापनाको पहिलो बर्ष संस्थाको उदेश्य अनुसार सफल भएको जानकारी दिए । एक बर्षमा उपचार भएका विरामीहरु मध्ये ३ सय ५ जनालाई निःशुल्क रुपमा सेवा प्रवाह गरेको डा. भुसालको भनाई रहेको छ । एक बर्षमा ७५ जना विरामीमा क्यान्सर समेत देखिएको देखिएको र उपचारको लागी सिफारिस गरिएको थियो । देखिएको क्यान्सर कुनै पहिलो चरणको…
नेपाल फिजीयो थेरापी संघ लुम्बिनीको पदस्थापन कार्यक्रम सम्पन्न
स्वास्थ्यसमाचार / नेपाल फिजीयो थेरापी संघ लुम्बिनी प्रदेशको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। मिलनचोक स्थीत एसियन होटलमा भएको कार्यक्रममा अध्यक्ष डा. अबिनास लम्सालको अध्यक्षतामा कार्यक्रम भएको थियो। डा. प्रकाश चापागाईको अध्यक्षतामा ११ जनाको कार्यसमिति चयन भएको सचिब डा. आशिष ढकालले बताउनु भयो।
नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो
स्वास्थ्यसमाचार/नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआईभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआईभीको सङ्क्रमण घटेको पाइएको हो । केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार सन् २०२३ मा ४५७ जना मात्र नयाँ एचआईभीका सङ्क्रमित भेटिएका छन् । सन् २००० मा पाँच हजार १०० जना नयाँ सङ्क्रमित भेटिएका थिए । उनले सरकारले एचआइभी उपचारमा उल्लेखनीय काम गरेकाले नयाँ सङ्क्रमित कम भइरहेको बताए । उनले सङ्क्रमतिलाई उपचार प्रक्रियामा ल्याइएकाले सर्न…
राष्ट्रिय चिकित्सक संघ नेपाल लुम्बिनीमा नयाँ नेतृत्व :अध्यक्षमा डा. आचार्य, महासचिवमा डा. पराजुली
स्वास्थ्यसमाचार/राष्ट्रिय चिकित्सक संघ नेपाल लुम्बिनी प्रदेशको तेस्रो महाधिवेशनले डा समीर आचार्यको नेतृत्वमा २१ सदस्यीय प्रादेशिक कमिटी गठन गरिएको छ । संघ को उपाध्यक्षमा डा. रमेश भट्टराई र डा. पुष्पराज रिजाल साथै महासचिव मा डा.सम्राट पराजुली निर्वाचित भएका हुन । नयाँ गठन गरिएको समितिको कोषाध्यक्षमा डा. अमृता पाण्डे, उपसचिवमा डा. कृतिपाल सुबेदी चयन भएका छन् । यस्तै सदस्य डा. युधिष्ठिर राज खडका, डा. खगेन्द्र आचार्य, डा. अरुण ज्ञवाली, डा. राजेन्द्र पौडेल, डा. बिनोद सिंह, डा. परिधि भट्टराई, डा. कृष्ण खरेल, डा. सुवास शर्मा, डा. संगीता अधिकारी, डा. बिशाल काफले र डा.…
सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेछ : स्वास्थ्य मन्त्री पौडेल
स्वास्थ्य समाचाररस्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी आफूले काम गरिरहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरू फेरिएको स्वास्थ्य मन्त्रालय नभई सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउने गरी अघि बढेको बताउनु भयो । उहाँले टिप्पणीरहित स्वास्थ्य मन्त्रालय बनाउन सक्नुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा विगतमा भन्दा प्रभावकारिता बढेको महसुस गराउन सक्नुपर्ने उल्लेख गर्नुभयो । स्वास्थ्य मन्त्री पौडेलले आपसमा समन्वय गरेर उपचार प्रणालीलाई व्यवस्थित गर्ने र सीमित श्रोत सधानभित्र प्रभावकारी बनाउने गरी काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले…
सेवाग्राहीले बुझ्ने गरी सूचना राख्न स्वास्थ्य मन्त्रालय लुम्बिनीको निर्देशन
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले सेवाग्राहीले सहज रुपमा देख्ने र पढ्न मिल्ने गरी सेवा शुल्कसहितको विवरण राख्न सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जनतालाई सहज र सरल रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने गरी सेवा शुल्कसहितको विवरण सबैले सजिलोसँग देख्ने, पढ्न मिल्ने गरी राख्न निर्देशन जारी गरेका हुन् । ‘स्वास्थ्य सेवा लिन जाने तर, कुन सेवा निःशुल्क हो । कुन सेवामा शुल्क लाग्छ थाहा नहुँदा समस्या परेको देखिन्छ’मन्त्री सारुले भने–‘सेवा प्रवाहलाई सहज र सेवाग्राही मैत्री बनाउन सूचना प्रवाहलाई चुस्त बनाउने गरी निर्देशन जारी गरेका हौं ।’…
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कर्मचारीहरूलाई लामो समय कुनै पनि फाइल नरोक्न निर्देशन दिनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सो निर्देशन दिनुभएको हो । “कुनै फाइल ४८ घण्टा बढी रोकिन भएन”, उहाँले भन्नुभयो, “सरकारी कामको यो रवैया हुनुभएन ।” मन्त्री पौडेलले आफूले परीक्षणका लागि तीन महिना बढी पालो कुर्न परे फोन गर्न सर्वसाधारणलाई जानकारी गराएकामा हालसम्म तीन वटा मात्र फोन आएकाले केही सुधार भइरहेको सङ्केत गरेको बताउनुभयो । मन्त्री पौडेलले सेवा सुधारमा लाग्न आग्रह गर्नुभयो…
स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छ :मन्त्री पौडेल
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य सेवा प्रणालीलाई विश्वासिलो बनाउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले स्वास्थ्य प्रणालीलाई जिम्मेवार र जवाफदेही बनाउँदै लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले स्वास्थ्य प्रणालीलाई थप वैज्ञानिक बनाउनुपर्ने पनि बताउनु भयो । उहाँले स्वास्थ्य अनुसन्धानमा गर्ने कामले लाखौँ मानिसहरु प्रभावित हुने भन्दै अनुसन्धान गर्दा नैतिक अभ्यासको महत्व बुझ्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्य अनुसन्धान अभ्यासहरु सुधार गर्ने यात्रा जारी रहेको बताउनु भयो । मन्त्री पौडेलले…