ब्रिटिश महिलाले बर्दियामा सुत्केरी केन्द्र बनाउन शुरु गरिन् चन्दा संकलन अभियान

लन्डन/पश्चिम नेपालस्थित बर्दिया जिल्लामा रहेको बाराबर्दिया नगर अस्पतालमा स्थापित सुत्केरी केन्द्र (बर्दिङ सेन्टर) का लागि आवश्यक उपकरणहरु जुटाउन एक ब्रिटिश महिलाले सहयोग संकलन अभियान शुरु गरेकी छन्। दक्षिण पश्चिम इंगल्याण्डको ल्याण्डपोर्टमा आफ्नो परिवारसहित बसोबास गर्ने जोर्जिना उडहेडले ‘जस्ट गिभिङ’ पेज खोलेर त्यस्तो अभियान शुरु गरेकी हुन्। बाराबर्दिया नगरपालिकामा बसोबास गर्ने झन्डै ७५,००० जनसंख्यामध्ये ७२ प्रतिशत थारु समुदायका जनता छन्। यो नगरपालिकामा खासगरी थारु समुदायमा पाइने सिकलसेल अनिमिया रोगका बिरामीहरु पनि छन् । “थारु समुदायमा पहिले घरमै सुत्केरी गराउने प्रचलन थियो। अहिले अधिकांश गर्भवती महिलालाई सुत्केरी गराउन नगर अस्पताल ल्याउने गरिएको…

लुम्बिनीमा आयातित बिरामी औलो रोग निवारणमा चुनौती बने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा औलो शून्यमा झार्ने सरकारको लक्ष्य चुनौतीपूर्ण देखिएको छ। २०२२ देखि २०२५ सम्म अर्थात आगामी तीन वर्ष भित्र औलो निवारण गर्ने सरकारको लक्ष्य रहेको भएपनि लुम्बिनीमा बिरामी फेला पर्नेको संख्या बढदो देखिएको छ। गत बर्ष १सय ८१ रहेकोमा यस बर्ष २सय ३१ जना बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयका फोकल पर्सन खिमलाल पाण्डेले वताउनु भयो। स्वास्थ्य निर्देशनालयका अनुसार सरकार सन् २०२२ देखि २०२५ सम्ममा औलोका बिरामी शुल्यमा झार्ने लक्ष्य अनुरुप अगाडी बढेको छ । तर लुम्बिनी प्रदेशमा छिमेकी देशबाट आयातीत औलोको बिरामीको संख्या भने घट्न सकेको छैन । स्थानीय…

‘लू’बाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो । ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले गर्मी बढेसँगै तराईमा तातो हावा चलेर ‘लू’ लाग्ने गरेको बताए । धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका बेला दिउँसो घर बाहिर ननिस्कन आग्रह गरे…

चिकित्सक तथा कर्मचारी कार्यालय समयमा निजीमा भेटिए कार्वाही

स्वास्थ्यसमाचार/सरकारी सेवामा कार्यरत कतिपय चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई कार्यालय समयमा आफ्नो डिउटी छाडेर निजी अस्प्ताल, क्लिनिक तथा नर्सिङ होम तथा मेडिकल हलहरुमा नधाउन पुन निर्देशन दिएको छ । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले बुधबार प्रतिष्ठानहरु, विभागहरु, अस्पतालहरु र केन्द्रहरुलाई सम्वोधन गर्दै अर्को निर्देशन जारी गरेका हुन् । उनले गत ६ गते यस्तै प्रकारको अपिल चिकित्सक तथा स्वास्थ्यकर्मीका नाममा जारी गरेका थिए । ‘सरकारी चिकित्सकहरु कार्यालय समयमा आफ्नो डिउटी छाडेर निजीमा सेवा दिन थालेको भन्ने धेरै गुनासो आयो । यसतर्फ सम्वन्धित व्यक्तिसंगै संस्थाहरुलाई पनि भनेका हौँ,’ सचिव बुर्लाकोटीले भने, ‘यदि अपिल तथा…

स्वास्थ्यमन्त्री पुन द्धारा बर्दिया अस्पतालमा डायलाइसिस सेवा सुभारम्भ

स्वास्थ्यसमाचार/बर्दियामा होमो डायलाइसिस सेवा सञ्चालनमा आएको छ । डायलासिस मेसिन आएको लामो समय बित्दा पनि जनशक्ति अभावले सञ्चालन हुन नसेको सेवा आज  देखि सञ्चालन भएको हो । डायलाइसिस सेवा सञ्चालन भएपछि बर्दिया जिल्लाबाट नेपालगन्ज कोहोलपुरलगायतका स्थानमा डायलाइसिस गर्न जाने बिरामीहरूलाई सहज हुने भएको छ । मिर्गौलाको समस्याबाट पीडित बिरामीहरू हप्ताको तीनपटकसम्म डायलाइसिस गर्नका लागि नेपालगन्ज, कोहलपुरलगायतका स्थानमा जाने गरेका थिए । बर्दियामा हाल करिब दुई सयजना नियमित डायलाइसिस गर्नुपर्ने मिर्गौला रोगी रहेको स्वास्थ्य कार्यालय बर्दियाको अनुमान छ। उनीहरू नेपालगन्ज, कोहलपुर, काठमाडौंलगायत भारतको विभिन्न स्थानमा उपचार गराइरहेका छन् । पहिलो दिनमै…

स्वास्थ्य संस्था नवीकरण गर्न स्वास्थ्य कार्यालय रुपन्देहीको आग्रह

स्वास्थ्यसमाचार /स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्ला भित्र रहेका डेन्टल क्लिनिक, स्वास्थ्य क्लिनिक, पोलि क्लिनिक र फिजियोथेरापी सेवाको नियमित निवारक गर्न अनुरोध गरेको छ । कार्यालयले बैशाख १० गते पहिलो पटक सूचना प्रकाशित गरी ३५ दिने सूचना जारी गरी नविकरण तथा स्थापनाको लागि आग्रह गरेको हो । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति नियमावली २०७७ (पाचौं संशोधन सहित) बमोजिम रुपन्देही जिल्ला भित्र रहेका डेन्टल क्लिनिक, स्वास्थ्य क्लिनिक, पोलि क्लिनिक र फिजियोथेरापी सेवाको स्थापना, संचालन अनुमति प्रदान तथा नवीकरण स्वास्थ्य कार्यालयले गर्ने स्वास्थ्य संस्थाहरुले सूचना प्रकाशन भएको…

के डिप्रेसन वंशानुगत हुन्छ ?

स्वास्थ्यसमाचार/तपाईंको परिवारमा आमाबुबालाई वा दाजुभाई दिदीबहिनीलाई डिप्रेसन छ भने तपाईंलाई पनि त्यसको चिन्ता लाग्न सक्छ । के घरका अन्य सदस्यलाई डिप्रेसन हुँदा हामीलाई पनि सोही समस्या हुन्छ त रु यसमा धेरैको चासो र चिन्ता हुनु स्वभाविक हो । डिप्रेसन हिजोआज सामान्य स्वास्थ्य समस्या भइसकेको छ । ६ जना वयस्क मध्ये एकजनालाई जीवनको कुनै न कुनै समयमा डिप्रेसन हुने गरेको अमेरिकाको सिडीसीले गरेको अनुसन्धानले देखाएको छ । त्यसो त डिप्रेसन वंशाणुगत रुपमा नै लाग्ने भन्ने चाहीँ होइन । जोसुकै उमेर, लिंग र भूगोलको मान्छेलाई डिप्रेशन हुन्छ । तर, वैज्ञानिकहरुले परिवारका सदस्यलाई…

भोलि वैशाख ११ गते सार्वजनिक बिदा

स्वास्थ्यसमाचार/सरकारले भोलि वैशाख ११ गते सार्वजनिक बिदा दिने भएको छ ।मन्त्रीपरिषद्को आजको बैठकले मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको हो। कतारका राजाको नेपाल भ्रमणका क्रममा सरकारले बिदा दिएको हो।राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर राजा सेख तमिम बिन हमाद अल थानी नेपाल आउन लागेका हुन् ।उनको दुई दिनको राजकीय भ्रमण हुनेछ ।

नवौँ र दशौँ तहका १० जना चिकित्सकको सरुवा तथा पदस्थापन

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवौँ र दशौँ तहका चिकित्सक तथा नर्सिङ प्रशासक गरी कुल १० जनालाई सरुवा, कामकाज र पदस्थापन गरी नयाँ ठाउँमा पठाएको छ । मन्त्रालयको आइतबारको निर्णय अनुसार छ जनाको सरुवा, तीन जनाको पदस्थापन र एक जनालाई कामकाजमा नयाँ जिम्मेवारी तोकिएको हो । त्यसमा एक जना नर्सिङ प्रशासक छन् भने बाँकी सबै चिकित्सक हुन् । मन्त्रालयका अनुसार भेरी अस्पतालका इएनटी सर्जन दशौँ तह डा. रवि भुषण सुुवाललाई वीर अस्पतालमा सरुवा गरिएको छ । यस्तै स्वास्थ्यको पुल दरबन्दीमा रही वीर अस्पतालमा कामकाजमा रहेकी एनेस्थेसियोलोजिष्ट दशौँ तह डा. लुना शर्मा…

स्वास्थ समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गर्नु पर्दछ : मन्त्री पुन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले स्वास्थको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गर्नु पर्ने बताउनु भयो । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तह अध्ययरत विद्यार्थीका स्वागत तथा अध्ययन कार्यक्रमको उद्घाटन कार्यक्रम पुनले यस्तो बताउनु भएको हो। मन्त्री दिपेन्द्रकुमार पुनले नेपालको स्वास्थ्य क्षेत्रको समृद्धि बिना अन्य क्षेत्रको समृद्धि नहुने बताउनु भयो।हरेक नेपाली नागरिकहरू स्वस्थ भयो भने देश आफै स्वस्थ हुने बताउँदै उहाँले राज्यले नागरिकहरूको स्वास्थ्य सेवामा लगानी गर्नुपर्ने बताउनु भएको छ । आफू लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्री भएपछि पहिलो कुरा जनताको स्वास्थ्य नै समृद्धि बनाउने तर्फ लाग्ने बताउँदै…