भेरी अस्पताल यसवर्ष पनि केन्द्रीय अस्पतालहरुमा उत्कृष्ट बन्न सफल

स्वास्थ्यसमाचार /नेपालगञ्जको भेरी अस्पताल यसवर्ष पनि केन्द्रीय अस्पतालहरुमा उत्कृष्ट बन्न सफल भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको केन्द्रीय अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा यो वर्ष पनि भेरी अस्पताल उत्कृष्ट भएको हो। भेरी अस्पताल तेस्रोपटक उत्कृष्ट अस्पताल हुन सफल भएको हो।

न्यूनतम सेवा मापदण्ड ८० प्रतिशत अंक प्राप्त गरेर यस वर्ष उक्त अस्पताल उत्कृष्ट अस्पताल हुन सफल भएको हो । अघिल्लो मूल्यांकनमा अस्पतालले ६१ प्रतिशत र ६७ प्रतिशत अंक पाएको थियो ।

अस्पताललाई तेस्रो पटकसम्म उत्कुष्ट अस्पताल बनाउन सहयोग गर्ने विकास समिति, मेडिकल सुपरिटेन्डेन्ट,चिकित्सक नर्सिङ, तथा अन्य स्वास्थ्य कर्मचारी सेवाग्राही तथा पेशागत संघ संस्थालाई भेरी अस्पताल व्यवस्थापनले धन्यवाद दिएको छ।

सम्बन्धित शिर्षक :