प्रदेश ५ मा सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्यामा वृद्धि

स्वास्थ्यसमाचार/ प्रदेश ५मा सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्यामा वृद्धि भएको भएको छ ।आर्थिक वर्ष २०७४/ ०७५ भन्दा गत आर्थिक वर्ष २०७५ ७६ मा सुरक्षित गर्भपतन गर्ने किशोरीहरुको संख्या झन्डै २६ प्रतिशतले बढेको पाइएको हो ।

प्रजनन् स्वास्थ्यका दृष्टिले संवेदनशील मानिने २० वर्षभन्दा कम उमेर समूहका किशोरीहरुमा गर्भरहनु प्रजनन् स्वास्थ्यका दृष्टिले उपयुक्त नहुने चिकित्सकहरुको भनाई छ ।गत आर्थिक वर्षमा ८० जना २० वर्षमूनीका किशोरीहरुले सुरक्षित रुपमा गर्भपतन गराएका थिए भने आर्थिक बर्ष २०७५/७६ मा त्यो संख्या बढेर १ सय १ पुगेको छ । प्रजनन् स्वास्थ्यमा आएको जनचेतनाका कारणले पनि सुरक्षित गर्भपत्तनको संख्या वृद्धि भएको तथ्याकले देखाएको छ।

सुरक्षित रुपमा गर्भपतन गर्नेको संख्याभन्दा ठूलो संख्यामा असुरक्षित र सामान्य मेडिकलहरुमा गर्भपतन गर्नेको संख्या रहेको छ । जुन मानवीय स्वास्थ्यका दृष्टिले उच्च जोखिममा पर्ने महिला तथा स्त्री रोग विशेषज्ञ डा. विवि राउत को भनाई छ। स्वभावैले असुरक्षित गर्भपतन गर्नु हुँदैन् । जहाँ पायो त्यहाँ गर्भपतन गराउनु जोखिम हुन्छ । जनचेतना अभिवृद्धिबाट गर्भपतनलाई सुरक्षित बनाउनु पर्छ ।

गर्भनिरोधक साधनहरुको प्रयोगमा वृद्धि गुर्नपर्छ,’ डा. राउत भन्छन, ‘त्यसो गरेमा बच्चा र आमा दुवैको स्वास्थ्यमा नकारात्मक असरबाट बचाउन सकिन्छ ।प्रजनन् क्षमताको हिसावले गम्भीर मानिएको २० वर्षभन्दा कम उमेरका किशोरीहरुले गर्ने गर्भपतनको अवस्थामा बृद्धि हुनु ठीक नहुने चिकित्सकहरुको भनाइ छ । यद्यपी सुरक्षित गर्भपतन गर्नेको संख्यामा वृद्धि हुनुलाई भने सकारात्मक रुपमा हेनुपर्ने सरोकारवालाहरु बताउँछन् ।

प्रदेशमा सानो उमेर समूहका किशोरीहरुसँगै असुरक्षित गर्वपात गर्नेहरुको संख्या पनि ठूलै रहेको छ । असुरक्षित रुपमा हुने गर्भपतन कुनै रेकर्डमा नआउने हुँदा समेत संख्या ठूलो हुन सक्ने आँकलन गरिन्छ ।

अपरिपक्व उमेर तथा असुरक्षित गर्भपतनले प्रजनन स्वास्थ्यमा ठूला–ठूला समस्या देखापर्ने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए । ‘गर्भपतनको अवस्था सकभर आउन दिनु हुँदैन् । अझ अपरिपक्व उमेरमै गर्भपतन गराउँदा पाठेघरमा गम्भीर समस्या उत्पन्न हुन्छ, त्यसले पनि सुरक्षित रुपमा आधिकारिक संस्थाबाट गर्वपतन गराउने गर्नुपर्छ,’ उनले भने ।

प्रदेशमा सुरक्षित गर्भपतन गर्नेहरुको संख्यामा भने कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा २ हजार २ सय ५९ जनाले सुरक्षित गर्भपतन गराएकामा गत आर्थिक वर्षमा भने त्यो संख्या घटेर १ हजार २ सय ९६ भएको छ ।

सुरक्षित रुपमा गर्भपतन गर्नेको संख्या घटे पनि गर्भपात गर्नेको संख्या नघट्दा असुरक्षित गर्भपतनतर्फ नै महिलाहरु जाने गरेका त छैनन् भन्ने आशंका निम्ताएको मनोविश्लेषक मनहरि पाण्डे बताउँछन् ।पछिल्लो समयमा गर्भनिरोधका साधनहरुमा पनि मानिसहरुको पहुँच बढेकाले पनि गर्वपतनको संख्यामा कमी आएको हुन सक्ने उनको विश्लेषण छ ।हेल्थआवाजबाट

सम्बन्धित शिर्षक :