स्वास्थ्यस्वयम सेविकालाई मासिक पाँचसय यातायात खर्च

स्वास्थ्यसमाचार /महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान गर्दै रोहिणी गाउँपालिकाले १६ औं महिला स्वास्थ्य स्वयम सेविका दिवस मनाएको छ ।

गाउँपालिकाको कार्यालयले महिला स्वास्थ्य स्वयम सेविकाले गाउँ गाउँमा पुगि स्वास्थ्य सेवा प्रदान गर्नमा अहम भुमिका खेलेको बताउदै गाउँपालिकाका सबै स्वयम सेविकाहरुलाई सम्मान गरेको छ ।

दिवसकै अवसर पारी बिभिन्न स्थानबाट रोहिणी गाउँपालिकामा समायोजन हुन आएको स्वास्थ्य कर्मिलाई स्वागत तथा रोहिणीबाट अन्यत्र जानेलाई बिदाई समेत गरेको छ । सम्मान कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले यस गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयम सेविकाहरुले निस्वार्थ भावले काम गरेको भनि प्रंशसा गरे ।

उनले बिना कुनै शुल्क र निस्वार्थ भावले स्थानियहरुको सेवामा खटिएका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई गाउँपालिकाले थोरै भए पनि सुविधा दिन प्रयास गरेको बताए । उनले महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई प्रत्येक महिना यातायात खर्च बापत ५ सय रुपैया गाउपालिकाले उपलब्ध गराउने जनाए ।

रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ती चमारको अध्यक्षता तथा अध्यक्ष सनोज कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपने, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष सरोज कुमार पाण्डे, वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्री लगायतले महिला स्वास्थ्य स्वयम सेविकाहरुको प्रयास बारे प्रंशसा गरेका थिए ।

सम्बन्धित शिर्षक :