गुल्मीको अर्जे र अर्खबाङ्ग जिरो होम डेलिभरी गाउँ घोषणा

स्वास्थ्यसमाचार अनलाईन।

गुल्मी, १७ कार्तिक । गुल्मीको अर्जे र अर्खबाङ्ग जिल्लामै पहिलो पटक पुर्ण संस्थागत प्रसुती (जिरो होम डेलिभरी) गाउँ घोषणा भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले आइतबार मालिका गाउँपालिका ४ अर्खबाङ्ग र वडा नं ६ अर्जेलाई जिरो होम डेलिभरी वडा घोषणा गरेका हुन । मालिका गाउँपालिका वडा न ४ र ६ का गर्भवतीहरु घरमा सुत्केरी हुन छाडेपछि घोषणा गरिएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै मन्त्री बिष्टले नागरिकलाई स्वास्थ्य र शिक्षाको अवसर गाउँमै पु¥याउन सरकार योजनाबद्ध रुपमा लागेको बताए । उनले जनताको समृद्धिको सपना पुरा गर्न तीनै तहका सरकार लागेकाले कुनै सवै आशा र अपेक्षा पुरा हुँदै जाने बताए । ’हिजो डोकोमा बोकेर सदरमुकाम उपचार गर्न जानुपथ्र्यो अहिले गाउँमै स्वास्थ्यचौकी र ल्याव संचालन भएका छन्,’उनले भने,‘हतास र निराश बन्ने कुनै कारण छैन ।’

सम्बन्धित शिर्षक :