अब देखि एकल महिलाको उपचार खर्च गाउँपालिकाले व्यहोर्ने

स्वास्थ्यसमाचार । ओखलढुङ्गाको एक गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । त्यहाँको सुनकोशी गाउँपालिकाले यस्तो निर्णय लिएको हो ।

गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रममा एकल महिलाको उपचार खर्च गाउँपालिकाले नै व्यहोर्ने नीति ल्याएको हो ।

गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले साहाराविहीन भएकाहरुलाई समेट्ने लक्ष्यअनुरुप एकल महिला लक्षित कार्यक्रम ल्याइएको बताए ।

उनले ५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान् गुमाएर एकल बनेका महिला र जटिल प्रकृतिका रोग लागेकाहरुलाई पनि औषधि उपचार गर्ने नीति गाउँपालिकाले लिएको पनि बताए ।

त्यस्तै अधिकारीले सुनकोशीले गत वर्षदेखि नै ज्येष्ठ नागरिक, दलित र अपाङ्गता भएका व्यक्तिलाई लक्षित कार्यक्रम पनि सञ्चालन गर्दै आएको बताए ।

उनले एकल महिलालाई उपचार खर्च दिने नीति लिएसँगै वडामार्फत एकल महिलाको तथ्याङ्क र अवस्थाका बारेमा विवरण सङ्कलनको काम थालनी गरिएको पनि बताए ।

सम्बन्धित शिर्षक :