कम्प्रिहेन्सीप परिवार नियोजन तथा परामर्स समन्धी तालिम सुरु

स्वास्थ्यसमाचार/ प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटबलको आयोजना तथा एसएस बिएच र आम्दा नेपालको सहकार्यमा बुटबलमा ८ दिने कम्प्रिहेन्सीप परिवार नियोजन तथा परामर्स समन्धी तालिम सुरु भएको छ ।

तालिमको एक समारोहका बिच स्वास्थ्य तालिम केन्द्र प्रदेश नं ५का निर्देशक महेश्वर श्रेष्ठले उदघाटन गरे ।उदघाटन समारोहमा बोल्दै निर्देशक श्रेष्ठले परिबार नियोजन तथा परामर्स कार्यक्रम लाई गाउँ गाउँमा पुराउन आबश्यक रहेको बताए।

चेतनाको कमिको कारण परिबार नियोजनका साधान प्रयोग गर्ने समन्धमा महिला र पुरुषमा अहिले पनि बिभेद रहेको बताए । श्रेष्ठले केन्द्रिय तथ्याक अनुासार प्रदेश ५पछि रहेपनि यि र यस्तै तालिमको माध्यमबाट सुधार हुने बताए । तालिमका प्रशिक्षक सस्मीता खत्रीले तालिमको बारे जानकारी गराईन ।

उनले परिबार नियोजनमा प्रदेश सरकारको लक्ष्य पुरा गर्नको लागी महत्वपुर्ण रहने बताईन । तालिममा आम्दा नेपालका निर्देशक राजेन्द्र रुचाल लगायका सहभागि रहेका थिए । दाङ जिल्लाका ५वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मिहरु सहभागि रहेको कार्यक्रमको स्वास्थ्य तालिम केन्द्र का बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भुबन कुबरले गरेका थिए ।

सम्बन्धित शिर्षक :