बर्दघाट नगरपालिकाको अभियान : संस्थागत सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा, नगद पाँचहजार

नवलपरासी, २२ पुष । नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरुप पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियानलाई तिब्रता दिएको छ ।

घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गर्न नगरपालिले वडास्तरबाटै अभियान संचालन गरेको हो । नगरपालिकाले तिनवटा वडा ८, ९ र १४ लाई पूर्ण संस्थागत सुत्केरी भएको वडा घोषणा गरिसकेको र अन्य सबै वडालाई पनि क्रमश: घोषणा गरिने नगर प्रमुख धिरजराज बस्यालले बताए ।

 

अभियानलाई सफल बनाउन नगरपालिकाले नगरका १८ वडामा सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई रु पाँच हजार प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको पनि नगर प्रमुख बस्यालले बताए ।

सम्बन्धित शिर्षक :