स्वास्थ्यकर्मीको ग्रेड सहित नयाँ तलबमान सार्वजनिक कसको कति ?

स्वास्थ्यसमाचार /सरकारले आफूमातहतका कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ।चालू आर्थिक वर्षको सुरु ९साउन०देखि नै लागू हुने गरी सरकारले कायम गरेको निजामती कर्मचारी, शिक्षक, चिकित्सक, नर्स, प्राविधिक कर्मचारीलगायतको तलब वृद्धि गरेको हो।

सरकारले साउन १ गतेदेखि सरकारी कर्मचारीका लागि लागू गरेको नयाँ तलवमान र सुविधामा यसअघि प्राविधिक कर्मचारीहरुले पाउदै आएको ग्रेड छुटेपछि सच्याउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका थिए। अहिले यो समस्या समाधान भएको छ।

२०५७ साउन १ गतेभन्दा अघिका प्राविधिक कर्मचारीहरुलाई पनि ग्रेडबापतको रकम नयाँ तलबमानमा थप गरिएको छ । अब स्वास्थ्य तर्फका कर्मचारीहरुले पुरानै व्यवस्था अनुसार तलव पाउने छन्।

सहायक प्रथमदेखि अधिकृत बाहौं तहसम्म १३ तहमा स्वास्थ्य सेवाका कर्मचारीहरुको दरबन्दी रहेको छ। जसमा सहायक प्रथमको तलब सुरुको तलब स्केल २१ हजार ४ सय ८० रुपैयाँ र १० ग्रेडसहित जम्मा तलब २८ हजार ६ सय ४० रुपैयाँ हुने भएको छ।

त्यसैगरी, सहायक दोस्रो सुरूको तलब २२ हजार ६८० रूपैयाँ र ७ ग्रेडसहित जम्मा तलब २७ हजार ९७२ रुपैयाँ हुने भएको छ।त्यसैगरी, अधिकृत छैठौं तहको डाक्टरको सुरुको तलबमान ३७ हजार ८ सय ७० छ । उसले अधिकतम ५ ग्रेड मात्र खान पाउँछ । उसको प्रतिग्रेड रकम अर्थात एक दिनको तलब १२६७ छ।

अधिकृत सातौंको जम्मा ४६ हजार ५१५, अधिकृत आठौंको ४८ हजार ०३२, अधिकृत नवौंको ५१ हजार ६६०, अधिकृत दशौंको ५५ हजार ९६४ , अधिकृत एघारौंको ५७ हजार ८६२ र अधिकृत बाहौं तहको ६६ हजार ८ सय ६० तलब पुगेको छ।

स्वास्थ्यमा कसको मासिक तलब कति र?

स्वास्थ्यसेवामा कार्यरत सहायक प्रथमस्तरका कर्मचारीदेखि अधिकृत १२औँ तह विशिष्ट श्रेणी सम्मका चिकित्सक तथा कर्मचारीको सुरु तलब स्केल, अधिकतम ग्रेडसंख्या, प्रतिग्रेड रकम अन्तिम तलबमान यसप्रकार कायम गरिएको छ।

सम्बन्धित शिर्षक :