लुम्बिनी प्रदेश सरकारले मातृमृत्यूदर घटाउन स्थानीय तहमा पोर्टेवल अल्ट्रासाउण्ड मेसिन र नर्स पठाउने

स्थानीय तहमै मेसिनको माध्यमबाट तालिम प्राप्त जनशक्तिले गर्भवती आमा र बच्चाको अवस्था पत्ता लगाउन सक्ने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले मातृमृत्यूदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको भागको आधारमा एकएक वटा पोर्टेवल अल्ट्रासाउण्ड मेसिन सहित तालिम प्राप्त नर्सको उपलब्ध गराउने भएको छ ।

लुम्बिनी प्रदेशको नवगठित सरकारको पहिलो क्याविनेट बैठकवाट प्रदेशका स्थानीय तहको भागको आधारमा एकएक वटा पोर्टेवल अल्ट्रासाउण्ड मेसिन सहित तालिम प्राप्त नर्सको उपलब्ध गराउने भएको हो । प्रदेशका १२ जिल्लामा ३ सय ६३ वटा वर्थिङ् सेन्टर सञ्चालन रहेका छन । पोर्टेवल अल्ट्रासाउण्ड मेसिन पनि उपलब्ध गराएपछि अस्पतालका पहुचबाट टाढा भएका महिलाहरुको लागी सहज हुने छ ।

पोर्टेवल अल्ट्रासाउण्ड मेसिन कोमाध्यमबाट तालिमप्राप्त जनशक्तिले गर्भवती आमा र बच्चाको अवस्था पत्ता लगाउन सक्नेछन् । धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले भने स्थानिय तहमा मातृमृत्यूदर कमगर्न लुम्बिनी प्रदेशका स्थानीय तहको भागको आधारमा एकएक वटा पोर्टेवल अल्ट्रासाउण्ड मेसिन सहित तालिम प्राप्त नर्सको उपलब्ध गराउने निर्णयले मातृमृत्यूदर कमगर्न ठुलो सहयोग पुग्ने बताए ।

यस्तै लुम्बिनी प्रदेशको नवगठित सरकारले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फेर्नु पर्ने विरामीहरुलाई उपचारका लागि हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारको तर्फवाट थप २ लाखका दरले उपलब्ध गराउने भएको प्रदेश सरकारको प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले बताए । प्रदेशमा स्वास्थ्य संस्थामा प्रसुती हुने महिलाको संख्या ५७ प्रतिशत रहेको छ ।

त्यस्तै किशोरावस्थामै गर्भवती हुनेको संख्या १७ प्रतिशत रहेको छ । प्रदेश पाँचमा झण्डै १ हजार ७ सय नर्स कार्यरत छन ति मध्ये १ हजार जतिले एसबिए तालिम प्राप्त गरेको प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्याकमा रहेको छ ।

 

 

 

 

सम्बन्धित शिर्षक :