६ जना मन्त्री नियुक्त हुँदा पनि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री पाएन ?

स्वास्थ्यसमाचार /कोरोना माहामारीको तेस्रो संक्रमण बढ्दै गएको लुम्बिनीमा स्वास्थ्य मन्त्री खाली छ । साउन २८ गते मुख्यमन्त्री कुलप्रसाद केसीसहित ७ जना मन्त्री बनेपनि यो मन्त्रालयले मन्त्री पाउन सकेको छैन ।

दलीग भागवण्डा नमिल्दा तीन जना विनाविभागीय मन्त्री बनेर बसेका छन् । लुम्बिनी प्रदेशमा कोरोना महामारीको संक्रमण बढ्दो छ तर यसलाई नियन्त्रणको लागि तालुकदार निकाय लुम्बिनी प्रदेशको विभागीय मन्त्रालयमा सरकारले विभागीग मन्त्री दिन सकेको छैन ।

माहामारी समयमा स्वास्थ्य मन्त्रालयलाई बेवास्ता गरिएको छ । तीन जना मन्त्री विनाविभागीय बनाएर राखिएपनि गठबन्धन दलमा भागवण्डा नमिलेका कारण मन्त्रालयले अभिभावक पाउन नसकेको हो । ६ जना मन्त्री नियुक्त हुँदा पनि अझै प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री पाएको छैन । साउन २७ गते शंकर पोखरेलले राजीनामा दिएपछि कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्री भएका थिए ।

मुख्यमन्त्री भएसँगै केसीले ३ जनालाई विभागीय र ३ जनालाई विनाविभागीय गरी ६ जनालाई मन्त्री बनाएपनि स्वास्थ्य मन्त्रालय कसको भागमा पर्ने भन्ने टुंगो नलागेको हो ।लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका कर्मचारी कोभिडको बेलामा स्वास्थ्य मन्त्री छिटो आउन आवश्यक रहेको बताउँछन् । ‘मन्त्रीपरिषदमा प्रस्ताव लैजान, नीतिगत निर्णय गर्न मन्त्री त चाहिन्छ । अझ यो कोभिडको बेला विभागीय मन्त्री अति आवश्यक नै छ,धेरै दिन मन्त्रालयमा मन्त्री नहुँदा समस्या आउन सक्छ ।’

नयाँ सरकार बनेपछि सरकारले क्यान्सरपीडित,मिर्गौलापीडितलाई २ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । त्यो निर्णय कार्यान्वयन गरेर निर्देशनालयमा पठाउन मन्त्री चाहिने हुन्छ । हुन त अहिले मन्त्रालय सम्हालेका मुख्यमन्त्रीले नै मन्त्रीको भुमिका निर्णय गर्न सक्छन् । तर कार्यव्यवस्तताले मन्त्रीलाई जस्तो मुख्यमन्त्रीलाई भने सहज हुँदैन ।

३ वर्षसम्म सामाजिक विकास मन्त्रालयले स्वास्थ्य क्षेत्र हेरेपनि गत बैशाखमा जसपाका ४ जनालाई मन्त्री बनाउन तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रालय विभाजन गरेका थिए । सामाजिक विकास मन्त्रालयलाई विभाजन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइएको थियो । प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले अब छिट्टै स्वास्थ्य मन्त्रालयले विभागीय मन्त्री पाउने दाबी गरे ।

‘गठबन्धनको बिचमा मन्त्रालयको बाँडफाँड कार्यविभाजन गर्न केही समय लागेको हो । दुई तीनभित्र स्वास्थ्यसहित सबै मन्त्रालयमा मन्त्रीहरुको जिम्मेवारी तोकिन्छ ।’ खड्काले भने,‘यो विषयमा सरकार गम्भीर छ, स्वास्थ्य मन्त्रालयले छिट्टै विभागीय मन्त्री पाउँछ ।

अहिले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भएका कारण कतै यो मन्त्री बढाउँदा टुक्राउनपर्ने भएका कारण रोकिएको हुनसक्ने कर्मचारीको आंकलन छ । सरकारले विश्वासको मत लिएपछि मन्त्रीमण्डल बिस्तार गर्ने भनिएपनि विपक्षीले अवरोध गरेका कारण त्यो समय पनि धकेलिने भएको छ ।

सम्बन्धित शिर्षक :