क्रिमसनमा मोबाईलबाटैं स्वास्थ्य परामर्श लिने ब्यबस्था

स्वास्थ्यसमाचार /क्रिमसन अस्पतालले लकडाउनको अवस्थामा बिरामीको सहजताका लागि मोबाईलबाटै चिकित्सकीय परामर्शको व्यवस्था मिलाएको छ ।

कोरोना संक्रमणको जोखिम अस्पतालमा क्षेत्रमा सबैभन्दा बढी रहने भएकोले सामान्य बिरामी अस्पतालसम्म आउन नपरोस् भन्ने उद्देश्यले अस्पतालले चौबिसैं घण्टा परामर्श दिनेगरी मोबाईल सेवा उपलब्ध गराएको हो ।

आफ्नो स्वास्थ्य समस्याको बारेमा जोकोहीले ९८५७०४२१९४ मा फोन गरी परामर्श लिनसक्ने अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले बताए । उनका अनुसार अनुसार यो मोबाईलमा सम्पर्क गर्दा आकश्मिक विभागमा कार्यरत चिकित्सकले परामर्श दिनेछन् ।

अस्पतालमा धेरै जनाको भीडभाड नहोस् भन्ने उद्देश्यले यो व्यवस्था मिलाइएको बस्यालले बताए ।

सम्बन्धित शिर्षक :