नेशनल प्याथ ल्याबद्वारा प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई पीसीआर मेसिन

विपत्तीका वेला सवैको सहयोग सरकारलाई आवश्यक :मन्त्री बराल

स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवामा संचालन गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाकोले कोरोना भाईरस लागे नलागेको नतिजा तिव्र रुपमा दिने भएको छ ।

उक्त प्रयोगशालाका लागि बुटवलमा रहेको नेशनल प्याथ ल्याबले उच्च क्षमताको रियल टाईम पी सी आर मेसिन दिएसंगै नतिजाको तिव्रता वढ्ने भएको हो ।
यस अघि दैनिक १४,१५ वटाको नतिजा दिने गरेकोमा यो मेशिन थपिएसंगै दिनमै साढे दुई सयको नतिजा आउने दावी नेशनल प्याथ ल्याबले गरेको छ ।

डव्लुएच ओ लगायतका संस्थावाट प्रमाणित उक्त मेशिनको शुक्रबार एक समारोहकाविचे समाजिक विकास मन्त्री शुर्दशन बराललाई हस्तान्तरण गरिएको हो । राष्टिय जनस्वास्थ्य प्रयोगशालाबाट क वर्गमा सुचिकृत नेशनल प्याथ ल्यावले कोराना परिक्षण गर्ने सम्पुर्ण उपकरण आफुहरु संग रहेको यस अघि पनि बताएका थियो ।


तर निजि संस्थाहरुलाई अनुमती नभएकोले परिक्षण गरेको थिएन । तत््कालका लागि भने उक्त मेशिन सहितका उपकरण प्रदेश सरकारको प्रयोगशालाका लागि सहयोग गरेको संस्थाका कार्कीले बताए । उनले अहिलेको महामारीको अवस्थामा सरकारले धेरै भन्दा धेरै परिक्षण गर्न सकोस भन्ने उदेश्यले मेशिन उपलव्ध गराएर सहयोग गरेको बताए ।

संस्थाका संचालक शरद भुषालले सरकारले आवश्यक ठानेमा अन्य खालका पनि सहयोगका लागि आफुहरु तयार रहेको बताए । पटक पटक सरकारी निकायलाई आफुहरु सहयोग ग र्न तयार रहेको बताए पनि ढिलै भएपनि सरकारले सहयोग महसुस गरि मेशिन लगेको उनको भनाई रहेको छ ।

समाग्रि बुझ्दै सामाजिक विकास मन्त्री सुर्दशन वरालले विपत्तीका वेला सवैको सहयोग सरकारलाई आवश्यक रहेको भन्दै यो मेशिन तत्काल प्राविधिकहरुलाई उपलव्ध गराई संचालनमा ल्याउने बताए ।

चारै तिरवाट परिक्षणको रिर्पोट निकालीदिनका लागि दवाव आएको भन्दै उनले यो मेशिन पुर्णरुपमा संचालन गर्न सकिए धेरै खालको अपेक्षा पुरा हुने विश्वास व्यक्त गरे ।

प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले पिसिआर मेशिन आउनु सुखद भएको बताउदै मेसिनको सबै चेकजांच पछि संचालनमा ल्याईने बताए ।

सम्बन्धित शिर्षक :