स्वास्थ्यसमाचार ।
बुटवल जेठ ५ । कोरोना भाइरसको परिक्षणका लागि आवश्यक पर्ने “भि.टि.एम.” र “स्वाव-स्टिक” बुटवलमा उत्पादन सम्भव भएको खोजकर्ताहरुले दावी गरेका छन् ।
क्रिमशन कलेज अफ टेक्नोलोजिका असिष्टेन्ट प्रोफेसर –राम बहादुर खड्का (माइक्रोबायोलोजिष्ट)को टिमले भि.टि.एम.बारे गरेको एक परिक्षण उत्पादन सफल भएको बताएको छ ।
स्थानीय तहमै उत्पादन गरेको भि.टि.एम. जनसंख्या तथा स्वास्थ्य मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्नको लागि अनुसन्धान गरिएको जानकारी अनुसन्धानकर्ता खड्काले दिएका छन् ।
भाइरल ट्रान्सपोर्ट मिडिया (भि.टि.एम.) –यो मिडिया जैविक नमूना/भाइरस जिवाणुहरु संकलन, ट्रान्सपोर्ट, अनुरक्षण गर्न प्रयोग हुने साथै यसमा राखिएको नमुनालाई लामो समयसम्म फ्रिजमा राखेर दीर्घकालिन परिक्षणको लागि नमुना सुरक्षित राख्नपनि सकिने उनले बताए ।
अनुसन्धानको क्रममा तयार पारिएको उक्त भि.टि.एम.मा बफर-प्रोटिन (सीरम, एल्बमिन वा जिलेटिन) र एन्टिवायोटिक प्रयोग गरिएको छ । एन्टिवायटिकहरु सामान्यतया भि.टि.एम.मा व्याक्टोरियारफंगर्सको संक्रमित नहोस भनेर समावेश गरीन्छ ।डब्लु.एच.ओरसि.डि.सी. का प्रोटोकल अनुसार बनाइएको भि.टि.एम.मिडियामा जैविक नमूना संकलन गरी ट्रान्सपोर्ट गर्न उपयुक्त हुन्छ। भि.टि.एम. बफर-सोलुशनलाई एकप्लाष्टिक, स्क्रुक्याब ट्यूबमा ३ मि.लि जति राखेर उपलब्ध गराइछ।
यो मिडिया प्रयोग गर्दा यसको बफर-सोलुशनले दिने फाइदा निम्न प्रकार छन् ।
जिवाणुहरु जिवित राख्नुको साथै भाइरल “आरएनए” लाई संरक्षण र स्थिर राख्छ।
स्वावमा भएको जैविक नमूना सुक्नबाट जोगाउछ।
मिडियामा अरु अनावश्यक ब्याक्टोरिया र फंगल प्रदूषण हुन पाउदैन।
यसले कोठाको तापक्रममा वा रेफ्रिजेरेटरमा ४८घण्टासम्म जिवाणुहरु जिवित राख्न मदत पुराउछ।
ट्रान्सपोर्टको क्रममा तापक्रमलाई सन्तुलित गर्नुको साथै ४-२५डिग्री सेल्सियससम्मको तापमान लचिलोपन प्रदान गर्दछ।
भि.टि.एम. मासंकलन नमूना २-२५ डिग्री सेल्सियसमा राखी ४८ घण्टा भित्र प्रशोधन गर्न सकिन्छ।
सो नमूना वितरण र प्रशोधनमा ४८घण्टा भन्दा ढिलाई भए नमूनाहरु-७० डिग्री सेल्सियसमा फ्रिज गरेर राख्न सकिन्छ।
हालकोभिड–१९ संसार भरिनै फैलिरहेको र यसमा प्रयोग हुने प्रयोगशाला सामाग्रीहरु स्थानीय तहमै कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयलाई लिएर निरन्तर अनुसन्धानमा खटेर विभिन्न कामहरु नेपालीअनुसन्धानकर्ताहरुले गर्दै आएका छन्। यसभन्दा अगाडि उक्त टिमले लुम्बिनी इन्जिनियरिङ्ग कलेज भलवारीको प्राविधिक सहयोगमा स्वाव-स्टिकको स्थानिय निकायमै उत्पादन सम्भब भएको कुरा दावी गरेको थियो।
उक्त टिममा सो कलेजका इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिकका विद्यार्थी ओशन कुँवर र विशाल रामदाम वि.क., ले निर्माण गरेको थ्रिडि प्रिन्टरको सहायतामा “स्वाव-स्टिक” सफल उत्पादन गरेका थिए। साथै भि.टि.एम. को सफल उत्पादन गर्नको लागि अध्ययनकर्ता खड्काले विज्ञहरु डा. रुपेन्द्र श्रेष्ठ (किनिकलमलिकुलारजेनेटिशियन), रविन ज्ञवाली (माइक्रोबोयोलिष्ट), उपेन्द्र अर्याल(माइक्रोबायोलोजि), अर्जुनभण्डारी (केमिष्ट), खिमध्वजकार्की (बायोकेमिष्ट),र रवीन भण्डारी (फार्मासिष्ट) लगायतको सल्लाह सुझावमा सफल परीक्षण गरेका थिए। साथै उक्त टिमले आर.एन.ए. एक्स्ट्रासन रिएजेन्टको अनुसन्धान भइरहेको पनि जनाएको छ।
नेपालमा कोरना भाइरसको महामारी भित्रिएको र अहिले सम्म कुनै पनि मानवीय क्षति नभएको बारेमा विभिन्न टिकाटिप्पणी आएपनि यस्तो किन भइरहेको छ भन्ने बारेमा अनुसन्धानमा उक्त टिम लागिरहेको बताईएको छ ।
प्रतिकया दिनुहोस्