रुपन्देहीमा रेडक्रस स्वर्ण जयन्तीे अवसरमा स्तम्भ अनावरण

स्वास्थ्यसमाचार /नेपाल रेडक्रस सोसाइटीको ५८ औं स्थापना दिवसको अवसर पारी नेपाल रेडक्रस सोसाइटी रूपन्देही जिल्ला शाखाबाट आफ्नो स्वर्ण जयन्ती स्तम्भ समुदघाटन गरिएकोछ ।उदघाटन कार्यक्रममा रेडक्रसबारे र अब गर्नुपर्ने कामको समिक्षा गरिएको थियो ।

रेडक्रसका स्थापक अध्यक्ष स्वर्गीय प्रिन्सेफ शाहको मुर्तिमा दिप प्रज्वलन तथा माल्यार्पण कार्यक्रम गरिएको छ । उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटी रूपन्देही जिल्ला शाखा तथा यु. रे. स. भविष्य निर्माण मा . वि, ढेकावर देवदहको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको नेपाल रेडक्रस शोसाईटी प्रदेश नं ५का महासचिब लाल प्रसाद पंगेनी कृष्णले बताए ।

सम्बन्धित शिर्षक :