स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले आफ्नो १ सय १०औं वार्षिक उत्सव कार्यक्रमलाई निरन्तरता दिएको छ । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्र्तरगत आज म्याराथुन प्रतियोगिता भएको छ ।
फागुन ९ गतेदेखी १५ गतेसम्म मनाउन लागेको कार्यक्रम अन्तरगत भएको म्याराथुन बुटबलको योगीकुटीबाट सुरु भै लुम्बिनी प्रादेशिक अस्पतालमा समापन भएको थियो ।म्याराथुनमा अस्पतालका चिकित्सक स्वाथ्यकर्मी तथा अन्य प्रशासन सुरक्षा लगायतका सहभागी रहेको म्याराथुन को संयोजक राम प्रसाद अर्याल ले बताए ।
 म्याराथुन प्रतियोगिता  महिला तर्फ रोशनी शिल्पकार प्रथम बसुन्धरा भुसाल दोश्रो श्रृजना बेलवासे तेश्रो र पुरुष तर्फ बसन्त कार्कि प्रथम रिषी चौधरी दोश्रो र अजय बासखोर  तेश्रो भएको  अस्पतालका नर्सिड प्रमुख ज्योती पौडेलले बताईन ।
म्याराथुन प्रतियोगिता  महिला तर्फ रोशनी शिल्पकार प्रथम बसुन्धरा भुसाल दोश्रो श्रृजना बेलवासे तेश्रो र पुरुष तर्फ बसन्त कार्कि प्रथम रिषी चौधरी दोश्रो र अजय बासखोर  तेश्रो भएको  अस्पतालका नर्सिड प्रमुख ज्योती पौडेलले बताईन ।
वार्षिक उत्सव कार्यक्रमका संयोजक डा सुदर्शन थापाले म्याराथुन मा सहभागी सबैलाई बिशेष धन्यबाद दिदै आगामी कार्यक्रममा पनि यस्तै उत्साहजनक सहभागीताको अस्पतालले अपेक्षा गरेकोे बताए ।
अस्पतालको बार्षिकउत्सब लाई निरन्तरता दिने अस्पतालको त्रैमासिक बुलेटीन प्रकाशित गर्ने अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए ।
अस्पताल बिकास समिति अध्यक्ष सुर्य वहादुर भटराईले स्वास्थ को लागि हित हुने भएको ले नियमित दौडमा सहभागी हुनुपर्ने बताए । म्याराथुन प्रतियोगीतामा चिकित्सक, प्रशासनका सवै तहका कर्मचारीहरुको पनि सहभागीता रहेको अस्पताल प्रशासनले जनाएको छ ।

 
				
					 
			 
                             
                             
                            
प्रतिकया दिनुहोस्