तिलोत्तमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण

स्वास्थ्यसमाचार/तिलोत्तमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरिएको छ। तिलोत्तमामा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने, उदेश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। नगरप्रमुख, उपप्रमुख र वडाअध्यक्ष नगरपालिका भित्रका स्वास्थ्यकर्मि सरोकारवाहरु लाई लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमा अभियान गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको तिलोत्तमा नगरपालिका स्वास्थ्य संयोजक मोती पौडेलले बताए। उनले आईतबारदेखी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइने बताए। तिलोत्तमाका वडा नं १,२,३,४,६ र ७मा जोखीम क्षेत्र भएकाले आईतबार वडा जनप्रतिनिधि स्वास्थ्यकर्मी…

रोहिणी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्य प्रशिक्षण

स्वास्थ्यसमाचार/ प्रतिमान निमा फाउन्डेसनले रुपन्देहीको रोहिणी गाँउपालिका भित्रका स्वास्थयकर्मीहरुलाई फ्रन्टलाईन कामदारको लागि उपचार, शिक्षा, लचिलोपन र अवसरमा मानसिक स्वास्थ्य प्रशिक्षण दिएको छ । जिल्लाका ४ बटा पालिकाका स्वास्थयकर्मीलाई तालिम दिने गरी शुरु गरिएको कार्यक्रम अन्तरगत पहिलो चरणमा रोहिणि गाँउपालिकाका ७० जना स्वास्थयकर्मीलाई तालिम दिन लागिएको फाउन्डेसनकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिईन । रोहिणीमा बुधबार ३७ जना र बिहिबार ३५ जना गरी ७० जनालाई तालिम दिन लागिएको उनले जानकाी दिईन ।४ बटा पालिकाका २८० जनालाई दिएपछि तालिम लिएका स्वास्थ्यकर्मीले थप १४०० जनालाई तालिम दिने उनको भनाई छ । रोहिणी पछि…

स्वास्थ्य मन्त्रालयले पालिकाहरुलाई भन्यो–स्वास्थ्यका कर्मचारीलाई यथावत राख्नू

काठमान्डौ/ देशका विभिन्न पालिकाहरुले दरबन्दीभन्दा बढी भएका स्वास्थ्य सेवाका कर्मचारीलाई धमाधम फिर्ता पठाउन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरुलाई यथावत जिम्मेवारीमा राख्न निर्देशन दिएको छ। सुरु समायोजन भई वा दोहोरो सहमतिका आधारमा कर्मचारी समायोजन मिलान मापदण्डबमोजिम स्वास्थ्य सेवाका कर्मचारीको समायोजन भई दरबन्दीभन्दा बढी भएका कर्मचारीलाई केही पालिकाले फिर्ता गरेको गुनासोपछि यही साउन ३० को मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयले उक्त निर्देशन दिएको हो। मन्त्रालयले सुरु समायोजन भएका वा दोहोरो सहमतिको आधारमा समायोजन मिलान भई हाल विभिन्न पालिकाहरुमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीलाई सम्बन्धित पालिकाहरुले यथावत जिम्मेवारीमा राखी आवश्यक तलबभत्ताको व्यवस्था पालिकाहरुबाट गर्ने निर्णय गरेको…

कपिलबस्तुमा झोले डाक्टरको भर पर्दा १४ बर्षिय बालकको मृत्यु

कपिलबस्तु / कपिलवस्तुका ग्रामिण भेगमा नक्कली (झोले) डाक्टरको विगविगी छ । अनुमति तथा प्रमाण विना जो सुकैले क्लिनिक खोलेर बस्छन् । प्रशासनले यस विषयमा कहिले चासो देखाएन भने जिल्ला स्वास्थ्य कार्यालय पनि कहिल्यै गम्भीर बनेन । त्यहि झोले डाक्टरको भर पर्दा शनिबार राती एक बच्चाको ज्यान गएको छ । शुद्धोधन गाउँपालिका ५ हथिहवा शिवलवाका पन्नालाल राजभरको छोराको कान दुख्यो । नजिकै रहेको सहानी मेडिकल लगेर देखाए । आफुलाई डाक्टर भन्ने विनय कुमार मल्लाहले मोनसेक नामक सुइ पाखुरामा लगाइदिए । त्यसको १० मिनेटमै १४ बर्षिय छोरा दुर्गेश राजभर वेहोश भए ।…

संघीय, प्रदेश र स्थानीय सरकार … गरिबले नि:शुल्क उपचार कहिले पाउने ?

हुमाकान्त पोखरेल/ गुल्मीको धुर्कोट गाउँपालिका –४ जैसिथोकका ४८ बर्षिय हुम कुमार जागी कुँवरलाई गत बर्षको चैतमा काठमाडौमा जाँच गराउँदा क्यान्सर देखियो । यो बीचमा गत वैशाखमा स्थानीय तहको निर्वाचन पनि भयो । निर्वाचनमा विभिन्न दलले विभिन्न आश्वासन दिए होलान् । तर रकम अभावले नै उनको उपचार हुन सकेको छैन । अहिले घरमा हुम कुमार, उनकी श्रीमती, एक छोरा र एक छोरी छन् । क्यान्सर भएका उनलाई किमो गर्न मात्रै एक पटकमा ५० हजारजति लाग्दोरहेछ । ‘भरतपुर अस्पतालले पहिलो पटकको लागि तीन लाख मागेको छ रे ।’ छिमेकी राजु कुँवर भन्छन्,…

स्वास्थ्यमा मुख्यमन्त्री केसी नेतृत्वको सरकारका ९ बुँदे उपलब्धि सार्वजनिक

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले १ वर्षको अवधिमा गरेका प्रगति विवरण सार्वजनिक गरेको छ ।विभिन्न ५२ बुँदामा प्रस्तुत गरिएको प्रगति प्रतिवेदनमा स्वास्थ्य क्षेत्रमा ९ बुँदेप्रगति विवरण सार्वजनिक गरिएको छ। मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकार बनेपछि एक वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा भएका प्रगति बारे आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले स्वास्थ्य क्षेत्रमा पनि महत्वपुर्ण काम गरेको बताए।                                के भए स्वास्थ्यमा काम? १लुम्बिनी प्रादेशिक अस्पताल प्रदेश गौरवका आयोजनाको रुपमा घोषणा। २ राप्ती प्राविधिक शिक्षालयको स्थानान्तरणको कार्य…

हृदयघात भन्दा मस्तिष्कघात डरलाग्दो समस्या बन्दै हेलचेक्र्याईं नगर्न चिकित्सकको सुझाव

स्वास्थ्यसमाचार / रोटरी क्लव अफ बुटवलको १४ सय २७ औं नियमित एवं वर्ष २०२२-२३ को सातौं बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकको एजेण्डा गेष्ट स्पिकर रहेको थियो । बैठकमा गेष्ट स्पिकरको रुपमा राष्ट्रिय न्यूरो सेन्टरका निर्देशक एवं नेपाल स्ट्रोक एशोसिएशनका संस्थापक अध्यक्ष वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापा उपस्थित थिए ।त्यस अवसरमा उनले हृदयघात भन्दा मस्तिष्कघात डरलाग्दो समस्याको रुपमा देखा परिरहेको भन्दै समयमै स्वास्थ्य सचेतना अपनाउन र हेलचेक्र्याईं नगर्न आग्रह गरे । ब्रेन हेम्रेज अर्थात मस्तिष्कघातको जोखिममा सबै व्यक्तिहरु रहेको र यसको उपचार…

नेपाल आयुर्बेद औषधी व्यबसायी संघ दाङको अध्यक्षमा अधिकारी

स्वास्थ्यसमाचार /  नेपाल आयुर्वेद औंषधि व्यवसायी संघ जिल्ला शाखा दाङको दोस्रो साधरणसभा तथा अधिवेनसनले प्रकाश अधिकारीको अध्यक्षतमा नौ सदस्य नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा दयारामा शर्मा, सचिव खडक बहादुर चन्द र कोषाध्यक्षमा केशव न्यौपाने रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा नितु चौधरी, पुष्पा चौधरी, गणेस पौडेल, मानबहादुर बस्नेत र श्रीधर अधिकारी चयन हुनुभएको नेपाल आयुर्वेद औंषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीका सचिब सालिक राम भुसालले बताउनु भयो। कार्यक्रम उदघाटन समारोहमा आयुर्वेद चिकित्सा परिषद नेपालका अध्यक्ष डा सन्तोष कुमार ठाकुरले स्वस्थ समाज निर्माणका लागि आयुर्वेद चिकित्सकको महत्वपूर्ण भूमिका…

रुपन्देही पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

स्वास्थ्यसमाचार /रुपन्देही जिल्ला कोभिड १९ रोग बिरुद्धको पूर्ण खोप र १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा भएको छ । गृहमन्त्री वालकृष्ण खाँणले १५ महिना मुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरे । कार्यक्रममा बोल्दै खाँणले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वयम सेविकाहरुको ठूलो भूमिका रहेको बताउदै उनिहरुको सेवा सुविधाबारे तिनै तहका सरकारहरुले बजेट छुट्टयाउनु पर्ने बताए । स्वयमसेविकाहरु सेवानिवृत हुदा समेत उनिहरुको जिवनयापन गर्न सहज होस भन्ने उद्देश्यले निवृतिभरणको ब्यवस्था गर्न समेत सरकारमा पहल गर्ने प्रतिवद्धता जनाए ।कोभिडको महामारीमा काम गरेका स्वास्थ्यकर्मि, सरसफाईकर्मि, स्वयमसेवका, सुरक्षाकर्मिहरुलाई…

विपन्नलाई उपचारमा सास्ती आर्थिक अभावले ३० वर्षीय विनोदको उपचार हुन सकेन

गुल्मी / गुल्मीको इस्मा गाउँपालिका( ५ लाम्टारीका ३० वर्षीय विनोद नेपाली गुल्मी अस्पतालको बेडमा अचेत भएर पल्टिएका छन् । अस्पतालका अनुसार ब्रेनमा रगत बगेको छ । उनी गुल्मी अस्पतालबाट थप उपचार सम्भव नभएपछि पाल्पा पुगे । जेनतेन उपचार हुने ठाउँमा त पुगे । त्यो अस्पतालमा उपचार गर्ने पैसा भएन । बिहीबार बिहानै रेफरवाल गुल्मी अस्पतालमै आए । विनोद पैसावाला परिवारका हुन्थे भने राम्रो अस्पतालमा लैजाने हेलिकोप्टर आउँथ्यो । तर, विपन्न परिवारको एउटा मजदुर ब्रेनमा रगत र आँखामा आँसु बगाएर मृत्यु कुरिरहेको छ । न परको सिंहदरबार न घरको । कसैले…