१०३ प्रकारका एन्टिवायोटिक औषधी प्रयोग नगर्न विभागको निर्देशन

स्वास्थ्यसमाचार/औषधि व्यवस्था विभागद्वारा आज एक सुचना प्रकाशित गर्दै डब्लुएचओबाट सिफारिस नगरिएका १०३ प्रकारका एन्टिवायोटिक औषधी नेपालमा दर्ता तथा नविकरण नगरिने बताएको छ।

श्बिश्व स्वास्थ्य संगठनवाट सुचिकृत सिफारिस नगरिएका १ सय ३ प्रकारका प्रतिजैविक औषधि नट रिकोमेन्डेट एन्टिवायोटिक्स)को सूची प्रकाशित गर्दै विभागले उत्पादन अनुज्ञापत्र, बजार विक्रि-वितरण प्रमाणपत्र, पैठारीदर्ता प्रमाणपत्र, पैठारी सिफारिस पत्र नबिकरण नगर्ने, सो समिश्रण उत्पादन गर्ने प्रयोजनार्थ कच्चा पदार्थको प्रमाणपत्र नबिकरण-परिमाण वृद्धि नगर्ने-नगराउने जनाएको हो।

सुचनामा भनिएको छ ‘प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्न, रोकथाम गर्न तथा नियन्त्रण गर्न नेपाल सरकारले प्रतिजैविक प्रतिरोधको विश्वब्यापी कार्य योजनासंग मेल खाने गरी “एक स्वास्थ्य” अवधारणा (वान हेल्थ एप्रोच) अनुरुप प्रति-जैविक प्रतिरोधबाट हुने बिरामी दर, मृत्यु दर र आर्थिक असरलाई प्रभावकारी रुपले कम गर्न राष्ट्रिय कार्ययोजना ‘नेशनल एक्सन प्लान-एएमआर’ तयार गरि स्वीकृतिको अन्तिम चरणमा रहेको साथै, श्री विश्व स्वास्थ्य संगठनले सन् २०२१ मा १०३ प्रकारका सिफारिस नगरिएका प्रतिजैविक (नट रिकोमेन्डेट एन्टिवायोटिक्स) औषधिहरु, र समिश्रणहरुको सूची प्रकाशन गरेको अवस्था छ।‘

त्यसैगरी ‘प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्ट) लाई न्यूनीकरण गर्ने, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधि सल्लाकार समितिको ५५ औं बैठकवाट विभागलाई सिफारिस भई आएकोमा मिति २०८०-०५-१८ को विभागीय निर्णयानुसार विश्व स्वास्थ्य संगठनबाट सिफारिस नगरिएका प्रतिजैविक औषधिहरुको दर्ता, नवीकरण, पैठारी र प्रयोग सम्वन्धि देहाय बमोजिम कार्यान्वयन गर्न-गराउनुहुन सम्वन्धित सरोकारवालाहरु (उत्पादक, आयातकर्ता तथा वितरकहरु) सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।‘ भनिएको छ।

सुचना अनुसार ‘हाल बजारमा उत्पादन भई वा आयात भई उपलब्ध रहेका वा उत्पादनको चरणमा रहेका सिफारिस नगरिएका प्रतिजैविक औषधि एवं समिश्रणहरुको हकमा निर्णय भएको मितिले बढीमा ६ महिनासम्म मात्र बजारमा उपलब्ध रहने गरि ब्यवस्था मिलाउने।‘ भनिएको छ भने ६ महिनाको अवधि पश्चात बजारमा उपलब्ध रहेका त्यस्ता प्रतिजैविक औषधिहरुको मौज्दात फिर्ता लिई सो को आधिकारिक विवरण विभागमा पेश गर्ने र सम्वन्धित प्रमाणपत्रहरु फिर्ता गरी नियमानुसार रद्ध गर्ने।‘ भनिएको छ।

सम्बन्धित शिर्षक :