भारतबाट आज १० लाख डोज कोभिसिल्ड खोप आउँदै

स्वास्थ्यसमाचार/ सरकारले गत फागुनमा भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप आइपुग्ने भएको छ। खरिद गरेको सात महिनापछि बाँकी १० लाख डोज खोप नेपाल आउन लागेको हो। सरकारले गत फागुन ५ गते भारतको सेरम इन्स्च्यिूटसँग २० लाख डोज खोप खरिदका लागि रकम पठाएको थियो।

जसमध्ये १० लाख डोज खोप मात्र नेपाल आएको छ। स्वास्थ्य सेवा विभागका अनुसार बाँकी १० लाख डोज खोप आज आउन लागेको हो।‘आज २ बजेपछि खोप एयरपोर्ट आइपुग्ने जानकारी पाएका छौँ ,’ व्यवस्थापन महाशाखाका फार्मेसी अधिकृत बढेबाबु थापाले भने।

भारतले नेपाललाई ११ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो भने २० लाख डोज सरकारले खरिद गरेको थियो।उक्त खोप एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दिइने बताइएको छ।

सम्बन्धित शिर्षक :