स्वास्थ्यमन्त्री विरोध खतिवडा,राज्यमन्त्रीमा भवानी प्रसाद खापुङ

स्वास्थ्यसमाचार/ बिरोध खतिवडा स्वास्थ्य मन्त्री नियुक्त भएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार खतिवडालाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेकि हुन ।

भने स्वास्थ्यराज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन । दुबैनेकपा(एकीकृत समाजवादी) पार्टीकै नेता हुन । स्वास्थ्यमा समाजवादीका मन्त्री र राज्यमन्त्री नियुक्त भएसँगै स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ।

बिहीबार राति नेता रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको थियो। तर, राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी हुने खापुङले स्वास्थ्य मन्त्रालयमा नै जान नचाहेको हेरफेर गरिएको नेकपा एकीकृत समाजवादीका एक नेताले जानकारी दिए।

आज बिस्तार गरिएका मन्त्रीहरु ।

नेपाली कांग्रेस

गृह मन्त्रालय– बालकृष्ण खाँण

परराष्ट्र मन्त्रालय –नारायण खड्का

सञ्चार, सूचना तथा प्रविधि– ज्ञानेन्द्रबहादुर कार्की

कानुन न्याय तथा संसदीय मामिला– दिलेन्द्र बडु

महिला बालबालिका तथा ज्येष्ठ नागरिक– उमा रेग्मी

रक्षा मन्त्रालय – मिनेन्द्र रिजाल

खानेपानी मन्त्रालय – उमाकान्त चौधरी

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – गजेन्द्र हमाल

नेकपा माओवादी केन्द्र

अर्थ मन्त्रालय – जनार्दन शर्मा

शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल

ऊर्जा मन्त्रालय – पम्फा भुसाल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशि श्रेष्ठ

युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज

नेकपा एकिकृत समाजवादी

संस्कृति पर्यटन तथा नागरिक उड्यन–रामकुमार झाँक्री

श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ ९किसान०

सहरी विकास मन्त्रालय– प्रेम आले

स्वास्थ्य तथा जनसंख्या– विरोध खतिवडा

स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ

जनता समाजवादी पार्टी

भौतिक पूर्वाधार तथा यातायात – रेणु यादव

संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ

वन तथा वातावरण– रामसहाय यादव

कृषि तथा पशुपन्छी विकास– प्रमोद साह

 

सम्बन्धित शिर्षक :