स्वास्थ्यसमाचार/ विश्वभर फैलिरहेको एचआईभी संक्रमणको दर न्युनीकरणको लागि सबैले आ आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने कुरामा जोड दिइएको छ । लुम्बिनी प्रदेश स्वाथ्य निर्देशनालय बुटवल द्धारा आयोजना गरिएको विश्व एड्स दिवस डिसेम्बर १ को पुर्वसन्ध्यामा एचआईभी एड्स रोकथाम सम्बन्धी सचेतानमुलक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले आ आफ्नो क्षेत्रबाट भुमिका खेल्न सकेमा शंक्रमित दर कम गर्न सकिने बताएका हुन । सञ्चारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वाथ्य निर्देशक डा. विनोद कुमार गिरीले सचेतना वृद्धि नै संक्रमण दर रोक्ने प्रमुख उपाय भएको भन्दै सञ्चारकर्मी, सबैकोले आ आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने बताएका हुन । उनले भने –‘हामी…
औषधीका-कुरा
लुम्बिनी प्रादेशिक अस्पतालमा क्यान्सर स्क्रिनिङ सेन्टर बन्दै
स्वास्थ्यसमाचार/ रोटरी क्लव अफ बुटवलले स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै विभिन्न चारवटा प्रोजेक्ट अगाडि बढाएको छ । रोटरीको ग्लोवल ग्रान्ट प्रोजेक्ट अन्तर्गत वर्ष २०२१/२२ को लागि चारवटा परियोजनाको काम अगाडि बढाइएको हो । चारवटा अन्तर्गत क्यान्सर स्क्रिनिङ सेन्टर सहित ब्लड कलेक्सन मोवाइल भ्यान सम्म छन् । रोटरी क्लव अफ बुटवलको २९ औं चार्टड नाइट कार्यक्रमको पुर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोटरीले अगाडि बढाएका परियोजनाबारे जानकारी दिइएको हो । जस अन्तर्गत रोटरी क्लव अफ बुटवलले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा द रोटरी क्यान्सर स्क्रिनिङ्घ एण्ड डाइग्नोष्टिक सेन्टर स्थापना, रक्तसञ्चार सेवा केन्द्रसँगको…
थप देशभर २५९ जनामा कोरोना संक्रमण, २६४ संक्रमणमुक्त
स्वास्थ्यसमाचार / पछिल्लो २४ घण्टामा थप देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना र २ हजार ६ सय ५७ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी २५९ जनामा कोरोना संक्रमण पुष्टि भएकोे हो । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ६०९ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ सोही अवधीमा २६४…
बौद्ध विश्वविद्यालयले १७ औ स्थापना दिवसको अवसरमा रक्तदान
स्वास्थ्यसमाचार /लुम्बिनी बौद्ध विश्वविद्यालयले १७ औ विश्वविद्यालय दिवसको अवसरमा सोमबार रक्तदान गरेको छ ।लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना तथा नेपाल नियमित रक्तदाता संघको सहकार्यमा बुटवल सिटि कलेजमा सोमबार रक्तदान कार्यक्रमको विश्वविद्यालयका उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले रक्तदातालाई ब्लड ब्याग वितरण गरि उद्घाटन गरे । दान दिएको कारण नै संसार राम्रो देख्छौ र यसले हौसला बढाउन मद्दत मिल्ने उनले बताए। कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डा तिलकराम आचार्य, नेपाल नियमित रक्तदाता संघका प्रमुख सल्लाहकार बिमल बहादुर शाक्य, नेपाल नियमित रक्तदाता संघका कार्यबाहक अध्यक्ष लेखराज भण्डारी, सिटि कलेजका संयोजक बल बहादुर पाण्डे, विश्वविद्यालयका अधिकृत चुरामणि…
तिलोत्तमामा १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप लगाईने
स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकामा १८ वर्ष माथिका सबै नागरिकलाई सोमबार र मंगलबार कोरोना विरुद्धको खोप लगाइँदै छ । यसअघि कोरोना विरुद्धको खोप नलगाएका १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाइने व्यवस्था मिलाइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । खोपको सहज व्यवस्थापनको लागि नगरपालिकाका १७ वटा वडामैं खोप केन्द्र निर्धारण गरिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीको परिपत्रअनुसार सोमबार र मंगलबार कोरोना विरुद्धको भेरोसेल खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाको भनाइ छ । तिलोत्तमा नगरपालिकामा १८ वर्षमाथि कोरोना विरुद्धको पहिलो खोप नलगाएका झण्डै २७ हजार नगरबासी रहेको अनुमान छ । नगरमा झण्डै ४८…
दोहोरी साँझका श्रमिक महिलाहरुलाई सेनेटरी प्याड वितरण
स्वास्थ्यसमाचार /महिलाका लागि महिला मञ्च नेपालले बुटवलमा रात्रीकालिन व्यवसायमा काम गर्ने महिला श्रमिकका लागि सेनिटरी प्याड लगायत प्राथमिक उपचारको सामग्री वितरण गरेको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत बुटवलमा संचालित दोहारी साँझमा काम गर्ने महिलाहरुलाई महिनावारी हुँदा सहज रुपमा सेनेटरी प्याडको व्यवस्था तथा अन्य प्राथमिक उपचारको व्यवस्था सहज रुपमा होस भन्ने उदेश्यले दोहोरी साँझका संचालक तथा प्रतिनिधिमार्फत सेनिटरी प्याड लगायत प्राथमिक उपचारको सामग्री प्रदान गरिएको हो । कार्यक्रममा हिमचुली दोहोरीका संचालक रेशम थापा, खस्योली रोधी क्लवका खिम सापकोटा, गोधुली रोधी घरकी प्रतिनिधि संगिता चितौरे र देउराली दोहोरी…
तिलोत्तमाका ५ हजार ज्येष्ठ नागरिकको घरमैं स्वास्थ्य परीक्षण
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ कार्यक्रम सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिकलाई आधारभूत स्तरको स्वास्थ्य सेवा सहज रुपमा पुर्याउने नीतिअनुसार नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रमअनुसार हरेक वडामा ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुको घर–घरमैं पुगेर स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्नुको साथैं निःशुल्क औषधि समेत प्रदान गरेका छन् ।१७ वडामैं सरकारी स्वास्थ्य संस्था पुर्याएको तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर यो कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख बासुदेव घिमिरेले वताए । कार्यक्रमअनुसार हरेक वडामा दुई–दुई स्वास्थ्यकर्मीहरु नागरिकको घरदैलोमैं पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण,…
कपिलबस्तुको बुद्धभूमिमा हैजावाट एकको मृत्यु तीन पालिका थप प्रभावित
स्वास्थ्यसमाचार /कपिलवस्तुमा नियन्त्रणउन्मुख रहेको हैजा तीन पालिकामा पुनः देखिएको छ । १८ असोजमा कृष्णनगर नगरपालिकामा देखिएको हैजा जिल्लाको पाँच पालिकामा फैलिएको थियो । मंसिरयता कपिलवस्तु नगरपालिका, बुद्धमूमि नगरपालिका, मायादेवी गाउँपालिकामा हैजाका बिरामी फेला परेका छन् । हैजा प्रभावित शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगन्ज नगरपालिका, यशोधरा गाउँपालिका, विजयनगर गाउँपालिकामा भ्याक्सिन खुवाउने कार्यक्रम सञ्चालन हुँदै गर्दा तीन पालिकामा हैजाको जीवाणु पुनः सक्रिय भएका छन् । बुद्धभूमि नगरपालिकामा हैजाको कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धमूमि नगरपालिका(६ महुवाका १३ वर्षीय बालिका सिर्जना यादव (खुस्वु) रहेकी छिन् । एन्टिजिन परीक्षणमा…
नयाँ स्वरुपमा देखा परेको कोरोना संक्रमण झनै घातक :डब्ल्यूएचओ
स्वास्थ्यसमाचार/विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले कोरोना भाइरसको नयाँ संक्रमण नयाँ स्वरुपमा फैलन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले दक्षिण अफ्रिकामा देखिएको नयाँ स्वरुपको कोरोना भाइरस विश्वमा फेरि पनि फैलन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । सो भाइरस विश्वभर फैलन नदिन यात्रामा प्रतिबन्ध लगाउन पनि डब्लुएचओले आग्रह गरेको छ । नयाँ स्वरुपमा देखा परेको भाइरसलाई ओमिकर्न नामाकरण गरेको डब्लुएचओले बेलैमा सचेत नभए यसअघिको भन्दा बढी क्षति व्यहोर्नुपर्ने चेतावनीसमेत दिएको छ । यो भाइरस पहिलो पटक दक्षिण अफ्रिकामा देखा परेकाले अन्यत्र फैलन नदिन सावधानी अपनाउन पनि डब्लुएचओले आग्रह गरेको…
लुम्बिनी वौद्ध विश्वबिद्यालयमा मंसिर १४ गते मुटृुरोग शिबिर हुने
स्वास्थ्यसमाचार /लुम्बिनी बौद्ध विश्वविद्यालयले १७ औं विश्वविद्यालय दिवसको अवसरमा मंसिर १३ गते बुटवलको नयाँगाउँस्थित सिटी कलेजमा रक्तदान र मंसिर १४ लुम्बिनीमा मुटृुरोग स्वास्थ्य शिबिर आयोजना गरेको छ । गंगालाल हृदयरोग केन्द्र र हर्ट टु हर्ट नेपालको सहकार्यमा हुने स्वास्थ्य शिबिरमा मुटुरोगसहित पेट, छात्ति तथा हार्डजोर्नीका १५ जना चिकित्सकहरु सहभागि शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले वताए। शिबिरमा औषधी देखी सबै निशुल्क हुने बताए । ०६१ सालमा स्थापना भएको विश्वविद्यालयले मंसिर १३ गतेदेखि १७ औं विश्वविद्यालय दिवस मनाउदैछ । दिवसको मुख्य कार्यक्रममा प्रमुख अथितिका रुपमा राष्ट्रपति विद्यादेवी…