गीताआयुर्बेद भबनद्धारा बिद्यार्थीलाई न्यानो स्वीटर बितरण

स्वास्थ्यसमाचार/ गीताआयुर्बेदक भवनले विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ । तराईमा सितलहर चलिरहेको बेला बुटवल देविनगरमा रहेको गिता आयुर्बेदकले न्यानो कपडा स्विटर पोशाक वितरण गरेको हो । बुटवल उपमहानगरपालिका वडा नं. १४ मा रहेको सरस्वती आधारभूत विद्यालय बिनयपुरलाई मा पढ्ने विद्यार्थीलाई जाडोबाट बच्नको लागि केही भएपनि राहात मिलोस भन्ने उदेश्यले पोशाक वितरण गरिएको गीता आयुर्बेदका सञ्चालक गीता सापकोटाले बताईन । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि स्विटर वितरण गरिएको हो । गीता आयुर्बेदकले प्रत्येक वर्ष सामाजिक सेवा अन्र्तगत विभिन्न कार्यक्रम गर्दै सापकोटाले बताईन ।बुटवल उपमहागनरपालिका वडा नं. १४ का वडा अध्यक्ष…

टन्सिलको समस्या र घरेलु उपचार विधी

स्वास्थ्य समाचार । आउनुहोस आज हामी टन्सिलको समस्या र यसको रोकथामको घरेलु उपचार बिधि जानकारी गराउदैछौ । घाँटीको माथिल्लो भाग र जिब्रोको तल्लो भागको बिचमा रहने ग्रन्थीबाट पाचक र रोग निरोधक रस निस्किन्छ, यसलाई टन्सिल भन्ने गरिन्छ । यसको समस्याले बालबालिकामा शारीरिक र मानसिक समस्या देखा पर्न सक्छ भने वयस्क उमेरका मानिसलाई रक्तअल्पता, शारीरिक दुर्वलता, स्मरणशक्तिमा ह्रास आउने हुनसक्छ । खानपानमा ख्याल गरिएन भने टन्सिलको समस्या निम्तिनसक्छ । धरै चिसो वा धेरै तातो, धेरै गुलियो या धेरै अमिलो कुरा खाँदा टन्सिलको समस्या निम्तिन सक्छ । टन्सिलका बिरामीले अमिलो, पिरो, गुलियो,…

आयुर्वेदमा इलायची धेरै महत्त्वपूर्ण !

स्वास्थ्यसमाचार । आयुर्वेदमा इलायची धेरै महत्त्वपूर्ण मानिन्छ । घाँटी दुखाई, शारीरिक कमजोरी कम गर्न, वजन बढाउन यसलाई लाभदायक औषधि मानिन्छ । दैनिक रुपमा इलायची खाने गरेमा हृदय रोगबाट बच्न , एसिडिटी हटाउन मदत पुग्दछ । इलाइचिले पाचन प्रक्रिया नियमित गर्दछ । यति मात्र होइन बिरयानी र खीर, मासु जस्ता खानाको स्वाद बढाउन प्राय: हामी इलायची प्रयोग गर्दछौं। इलायची चिया बनाउनको लागि पनि प्रयोग गरिन्छ। इलायचीले तपाईंलाई पेट दुखाइ वा जलनबाट मुक्त गर्दछ। इलायची खानेले शरीरमा एसिडलाई नियन्त्रण गर्न र रक्तसंचार प्रक्रिया सुधार गर्नका लागि उपयोगी हुन्छ । कमजोर पाचन सुदृढीकरणमा इलायची धेरै…

यी ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुनसक्छ !

रुपन्देही | लसुन निकै गुणकारी हुन्छ । लसुनले खानालाई स्वादिलो मात्रै मात्रै बनाउँदैन, शरीरलाई स्वास्थ्य राख्नपनि सहयोग गर्छ । लसुन नियमित खाँदा स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्याबाट समेत बच्न सकिन्छ । तर लसुनको प्रयोगले सबै मानिसलाई फाइदाजनक छैन । लसुनको प्रयोग गर्दा आफ्नो स्वस्थ्य अवस्थाका विषयमा पनि ख्याल गर्नुपर्छ । यी ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुन सक्छ:- १. कलेजोको समस्या भएको व्यक्ति ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्। हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर…

बिद्यालयमा आयुर्वेद तथा योग शिक्षा प्रभावकारी बन्दै

बिन्दु भट्राई स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिका आयुर्वेद शाखा करहिया को आयोजनामा आज बिद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा ८ दिपनगर स्थित जनभावना माध्यमिक विद्यालयमा यहि २१ देखि शुरु भएको कार्यक्रम समापनको अवसरमा बोल्दै वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलले एक दुई ठांउमा मात्र नभएर हरेक बिद्यालयका बिद्यार्थीहरुलाई आयुर्वेद तथा योगको शिक्षा दिनुपर्ने खांचो औल्याए । कार्यक्रममा करहिया आयुर्वेद औषधालयका कार्यबहाक प्रमुख अरुण कुमार महतोले आयुर्वेद चिकित्सा हाम्रो मौलिक चिकित्सा पद्धती भएकोले बिद्यालय स्तरबाट नैे यसबारेमा बुझाउनु जरुरी रहेको बताए । उनले स्वस्थ जीवन यापनका लागि योग तथा आयुर्वेद…

भारतले निकासी बन्द गरेपछि १५ सय टन जडीबुटी नेपालगन्जमा ठप्प

नेपालगञ्ज /नेपालमा उत्पादित जडीबुटी सहज रूपमा भारत जान नपाउँदा व्यवसाय ठप्प भएको छ । सूचीकृत नभएको बहाना बनाउँदै भारतले निकासी बन्द गरेपछि नेपालको जडीबुटी व्यवसाय ठप्प भएको छ । भारत निर्यात गर्न संकलन गरेर ल्याइएको जडीबुटी नेपालगन्जका व्यापारीको गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताए । ‘नेपालमा उत्पादित जडीबुटी निकासीमा प्रतिबन्ध लगाएपछि व्यवसाय नै ठप्प भएको छ,’ उनले भने, ‘धेरै व्यवसायी पलायनसमेत भइसकेका छन् ।’ उनले प्लान्ट क्वारेन्टाइनमा सूचीकृत नभएका जडीबुटी भारतमा निकासी गर्न नदिएपछि नेपालगन्जको जडिबुटी व्यवसाय ठप्प भएको बताए । ‘अधिकांश जडीबुटी भारत निर्यात हुन्छ, भारतले जडीबुटी निर्यातमा रोक…

हरिबोधनी एकादशी: तुलसी धार्मिक मात्र नभै जडिबुटीको रुपमा पनि उपयोगी

स्वास्थ्यसमाचार/ आज हरिबोधनी एकादशी अर्थात तुलसीको विवाह हुने दिन । आजको दिन हरेक हिन्दु धर्मावलम्बीले आ-आफ्नो घरमा रोपेको तुलसीको विवाह गर्ने परम्परा रहेको छ । तुलसी धार्मिक रुपमा मात्र नभै जडिबुटीका रुपमा पनि प्रयोग गरिन्छ । आयुर्वेदमा तुलसीलाई एक बहुउपयोगी औषधि मानिन्छ जति यसको धार्मिक महत्व छ । गुणै गुणले भरिएको तुलसीलाई पुजा गर्नुदेखि लिएर आफूलाई स्वस्थ राख्नलाई हामीले यसको प्रयोग गर्ने गरेका हुन्छौँ । तुलसीले जाडो मौसममा मात्रै होइन गर्मीको समयमा हुने विभिन्न संक्रमणबाट पनि हामीलाई जोगाउँछ । तुलसीमा पाइने १० महत्वपूर्ण विशेषताका बारेमाः ► तुलसीको हरियो पातको रसमा…

प्रदेश सरकारले आयुर्वेद क्षेत्रलाई विशेष महत्व दिएको छ महाशाखा प्रमुख डा चौधरी

स्वास्थ्यसमाचार /धन्वन्तरी जयन्ति तथा राष्ट्रिय आयोग्य दिवसमा आयुर्वेदका बारेमा चर्चा गरिएको छ । बुटवल स्थीत लुम्विनी आयुर्वेद चिकित्सालयमा धन्वन्तरी जयन्ती मनाउने क्रममा आयुर्वेद क्षेत्रका बारेमा चर्चा गरिएको हो । स्वस्थ्य क्षेत्रमा आयुर्वेदले पारेको प्रभाव तथा आयुर्वेद चिकित्सा पद्धतीको महत्वका बारेमा पनि चर्चा गरिएको थियो । पछिल्ला दिनहरुमा मानिसका जीवनशैली परिवर्तन हुनु, आरामदायी जीवनशैली अपनाउदा र खानपानमा ध्यान नदिदा विभिन्न खाले स्वस्थ्य समस्या निम्तिने गरेको भन्दै सहभागिहरुले आयुर्वेद चिकित्सा पद्धतीले मानिसमा सकरात्मक प्रभाव पार्ने बताएका थिए । त्यस्तै योग क्षेत्रका बारेमा चर्चा गर्दै सहभागि स्वस्थ्य क्षेत्रका अगुवाहरुले स्वस्थ्य जीवनका लागि योगको…

नेपालमा आयुर्वेद चिकित्साबारे चेतना फैलाउन आवश्यकः महानिर्देशक उपाध्याय

स्वास्थ्यसमाचार/ वैकल्पिक तथा आयुर्वेद चिकित्सा क्षेत्रका महानिर्देशक वासुदेव उपाध्यायले मानिस बिरामी हुँदा कसरी उपचार गर्ने भन्ने बारेमा धन्वन्तरी चिकित्सा पद्धतिको विकास भएको बताएका छन् । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुले शुक्रबार गरेको अन्र्तक्रिया कार्यक्रममा महानिर्देशक उपाध्यायले सो धारणा राखेका हुन् । डा उपाध्यायले जडिबुटीको धनी देश नेपालमा आयुर्वेद चिकित्साबारे मानिसको सोचाई अन्यौल रहेको बताउदै यसबारे चेतना फैलाउनुपर्ने आवश्यकता औल्याए । धन्वन्तरी चिकित्सा प्रणाली अन्र्तगत मुख्यतयाः आयुर्वेद उपचार प्रणाली र विभिन्न योगा पर्दछन् । नेपालमा हाल ६२ प्रतिशत मानिसहरु नसर्ने रोग र ३८ प्रतिशत सर्ने रोगबाट ग्रसित छन् । विभिन्न…

योगको वैज्ञानिक महत्व : मन्त्री बराल

स्वास्थ्यसमाचार /पातञ्जल योग समिति नेपाल केन्द्रीय कार्यालय भक्तपुरले आफ्नो प्रथम वार्षिकोत्सव आइतबार बुटवलमा सम्पन्न गरेको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री शुर्दशन बरालले योगको वैज्ञानिक महत्व रहेको भन्दै त्यसको विकासको लागि प्रदेश सरकार जुटेको बताए । नेपालमा नैं योगको विकास भएर पनि यसको अनुसन्धान र महत्व बुझाउन नसक्दा पछाडि परेको भन्दै अब प्रदेश सरकारले यसको प्रचार–प्रसार गर्ने स्पष्ट पारे । उनले प्रदेश सरकार आयुर्वेद औषधीमा आत्मनिर्भर बनाउने योजनाका साथ अगाडी बढेको बताउदै प्रदेश अन्तरगर्तका आयुर्वेद अस्पतालहरुमा योगका सामग्रीहरू प्रदेश सरकारले जुटाएको जानकारी दिए ।…