सर्वाङ्गिण बिकासका लागि योग :बिष्णु हरि आचार्य ( योगिराज)

बिष्णु हरि आचार्य ( योगिराज)

राष्ट्रिय योग दिवस २०७८ सर्वाङ्गिण बिकासका लागि योग भन्ने मुल नाराका साथ यहीँ माघ १ गते मनाइदै छ।देशमा कोभिड-१९(ओमिक्रोन) महामारीले तिब्र रुप लिदै गर्दा भेला वा समारोह नगरी भर्चुअल माध्यमबाट योग दिवस मनाउन कोभिड-१९ संकट ब्यबस्थापन समन्वय केन्द्र ( सिसिएमसी) ले निर्देशिका जारी गरेको छ।

त्यसैले नियमित अभ्यास कर्ताहरुले आफ्नै घर परिवार समेटी योगमा जुटौ।सिक्न चाहानेहरु भर्चुअल माध्यममा जोडिएर योग गरौ।यसरी राष्ट्रिय योग दिवस भब्य रुपमा मनाउ।जस्ले कोभिड्का कारण कमजोर भएको मनोबल उच्च राख्न महत्वपूर्ण भुमिका खेल्ने छ।

बिश्व स्वास्थ्य संघका अनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक ,मानसिक ,सामाजिक र आध्यात्मिक रुपमा पनि स्वस्थ हुनु हो। त्यसैले यश बर्षको सर्वाङिण बिकासकालागी योग भन्ने नाराले योगको बैज्ञानिक पक्ष र महत्वलाई प्रष्ट पारेको छ। हामिलाइ लाग्ने अधिकाम्स रोगहरु मनको बेचैन वा बेखुसीका कारण लाग्ने गर्दछ्न जसलाइ प्रसव वा पीडा( रोग) भनिन्छ ।

रोग तथा मनका बिकारहरु बाट मुक्त भइ आनंद र खुशी रहनु प्रती प्रसव( स्वस्थ ) हो। यो नै योगको मुख्य आधार हो। योग बिज्ञानका अनुसार मानव अस्तित्वमा ५ तह हुन्छ्न जस्लाइ पन्चकोष भनिन्छ।

तैत्तिरिय उपनिषदका अनुसार पन्चकोषमा अन्नमयकोष,प्राणमयकोष,मनोमयकोष,बिज्ञानमयकोष र आनन्दमयकोष हुन। अन्नमयकोषलाइ क्रियाशिल र गतिशील राख्न सात्विक भोजन,आशन,षट कर्म,मुद्रा,बन्ध जस्ता प्रयोगगात्मक अभ्यास आबस्यक हुन्छ्न।

प्राणमयकोषलाई स्वस्थ र बलियो बनाउन प्राणायामको पाटो महत्वपुर्ण मानिन्छ।मनोमयकोषलाइ खुशी पार्न ध्यान ,भजन ,कृतन,नृत्य जस्ता अभ्यासहरु मुख्य हुन।
बिज्ञानमयकोष ज्ञान, बिबेचना,योग,ध्यान र मनोपरामर्शको मुख्य आधार हो।

आनन्दमयकोष आनन्दको लागि गरिने सामाजिक सेवा , योगकर्म घरको सरसफाइ जस्ता नियमित अभ्यास जसले शरीर ,मन र आत्मलाइ जोडदै सदा आनन्द र खुशी साथ जीवन जिउने सिकाओस यहीँ नै वास्तविक योग हो।जनस्वास्थ्य निर्देशिका पालना गरौं। उच्च मनोबल र सवाङ्गिण बिकासका लागि नियमित योगमा रमाउ। राष्ट्रिय योग दिवस २०७८ को सम्पुर्णमा सुभकामना।

लेखक योग अभियान्ता लुम्बिनी आयुर्वेद चिकित्सालयमा कार्यरत कबिराज हुन।

सम्बन्धित शिर्षक :