कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड(१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए । यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो । मन्त्रालयले सङक्रमण दर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड(१९ को परीक्षण गरेको र कोभिड(१९ को विरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको समेत बताए । उनले अब कोभिड(१९ को कडाइको रुपमा मापदण्ड पालना गर्नुपर्नेलाई सहज गर्दै अन्तर्राष्ट्रिय नाकामा खोप…

प्रदेश सरकारको कारण लुम्बिनी प्रादेशिक अस्पताल आर्थिक संकटमा

स्वास्थ्यसमाचार /यस क्षेत्रको पुरानो र ठुलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल आर्थिक श्रोतको अभाबमा समस्यामा रहेको छ। वार्षिक १२ करोड भन्दा बढी आम्दानी हुने यो अस्पताल अहिले श्रोतको अभाबमा कर्मचारीलाई तलब खुवाउन समस्या भएको बताईएको छ । लुम्बिनी प्रदेश सरकारले सटर मा डोजर चलाएर भत्काएपछि आन्तरिक आम्दानीको स्रोत बन्द भएको अस्पताल अहिले चरम आर्थिक संकटमा पर्दै गएको हो । सरकाराले सस्तो लोकप्रीयताको लागि अस्पपतालबाट महिनौंमा आउने करोडौ रुपैयाँ गुमाएको छ भने अर्को तर्फ ओपीडी टिक समेत निःशुल्क बनाउँदा थप मारमा अस्पताल परेको हो । लुम्बिनी प्रादेशिक अस्पतालको सेवा प्रवाह र विकासको…

विश्व दूध दिवस:लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीहरूलाई दुग्धपान

स्वास्थ्यसमाचार/ विश्व दूध दिवसको अवसर पारेर बिहीबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, बिरामीहरूलाई दुग्धपान गराइएको छ । नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेश, लुम्बिनी दुग्ध वितरण आयोजना डिडिसी  र रूपन्देही डेरी व्यवसायी समितिले संयुक्त रूपमा कार्यक्रम आयोजना गरी बिरामी, बिरामीका आफन्त र सम्पूर्णलाई दुध तथा दुग्धजन्य परिकारहरू खुवाइएका हुन । ‘दूध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । हरेक वर्ष ‘जुन फस्ट’ लाई विश्व दूध दिवस रूपमा मनाउने गरिन्छ । सो अवसरमा बोल्दै उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले गुणस्तरीय दूध उपभोक्तासमक्ष…

विश्व दुग्ध दिवस : आम्दा अस्पतालमा दुग्ध पान र रक्तदान

स्वास्थ्य समाचार/ विश्व दुग्ध दिवसको अवसरमा बुटवलको आम्दा अस्पतालमा दुग्धपान तथा रक्तदान कार्यक्रम गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजजाको संयुक्त आयोजना तथा बुटवल उद्योग वाणिज्य संघ डेरी बस्तुगत समितिको संयोजनमा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा बिहिबार दुग्धपान तथा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा अस्पतालमा उपचाररत बिरामीलाई दुग्धपान गराईएको थियो भने संगसंगै रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको रक्त सञ्चार सेवा केन्द्र बुटवलले जनाएको छ । कार्यक्रममा बोल्दै…

बुटवलमा नगरप्रमुखको संयोजकत्वमा महामारी नियन्त्रणका लागि द्रुत प्रतिकार्य समिति गठन

स्वास्थ्यसमाचार/ रुपन्देही स्वास्थ्य क्षेत्रमा हुने महामारी नियन्त्रणका लागि द्रुत प्रतिकार्य समिति गठन गरेको छ समितिको संयोजक  नगर प्रमुख खेलराज पाण्डेय र सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी स्थानीय तह स्थित अस्पत्ताल प्रमुख डा.राजेन्द्र बस्याल विपद ब्यबस्थापन शाखा प्रमुख योगेस चापागाई र सदस्य सचिव– स्वास्थ्य शाखा प्रमुख युबराज पाण्डे रहनु भएको छ। त्यस्तै बुटवल उपमहानगरपालिकामा द्रुत प्रतिकार्य टोलि गठन गरेको छ जसको संयोजक स्थानीय स्वास्थ्य शाखा प्रमुख युबराज पाण्डे सदस्य  मेडिकल अधिकृत डा. स्माइल खरेल सदस्य जन स्वास्थ्य निरीक्षक कल्पना भुसाल पाण्डे सदस्य  स्थानीय स्वास्थ्य शाखाको तथ्यांक हेर्ने फोकल व्यक्ति मिन…

बुटवलमा द्रुत प्रतिकार्य टोली गठन गर्न अभिमुखीकरण सुरु

स्वास्थ्यसमाचार /रुपन्देही स्वास्थ्य क्षेत्रमा हुने महामारी नियन्त्रणका लागि द्रुत प्रतिकार्य टोली गठन गर्न बुटवल उपमहानगरपालिकामा अभिमुखीकरण सुरु भएको छ। बुटवल उपमहानगरपालिकाको आयोजना तथा डब्लु एचओको प्राविधिक सहयोगमा मङ्गलवार देखि दुई दिने पालीका स्तरमा र्यापिड रेस्पोन्स टिम अभिमुखीकरण तथा स्थानीय द्रुत प्रतिकार्य टोली गठन कार्यक्रम सुरु भएको हो। कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख शिव रानाले दुई वर्ष कोरोना महामारी आएको स्मरण गर्दै यस्ता महामारी नियन्त्रणका लागि काम गर्न यो कार्यक्रम सुरु भएको वताउनु भयो। प्रारम्भिक हिसाबले छलफल गर्दै टोली गठन गर्ने बताउँदै नगर प्रवक्ता समेत रहेका रानाले स्थानीय तहको अधिकार…

लुम्बिनी प्रदेशमा १० लाख स्वाथ्य विमाको पहुँचमा

स्वास्थ्यसमाचार/ नेपाल सरकार स्वाथ्य विमा बोर्डले लागू गरेको विमा कार्यक्रम अनुसार लुम्बिनी प्रदेशमा १० लाख बढि आवद्ध भएका छन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा अहिले स्वाथ्य विमा कार्यक्रम लागू भएको छ । जस अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा सबै भन्दा बढि विरामीहरुले स्वाथ्य विमा बापत सेवा लिएका छन् । स्वाथ्य विमा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख जनक साउदका अनुसार विमा गराउने महिलाको संख्या ५ लाख २६ हजार ७ सय ३३ जना र पुरुषको संख्या ४ लाख ६ हजार १ सय ५२ जना रहेका छन् । अन्य लिंङ्ग १ सय १३ जनाले प्रदेशभरमा…

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्व ९९ करोड रुपैयाँ

स्वास्थ्यसमाचार/ सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्व ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थ मन्त्री डा प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । सो क्रममा उनले उनले स्वास्थ्यमा एक चिकित्सक एक स्वास्थ्य संस्थाका लागि २४ करोड रुपैयाँ विनियोजन गरेको सुनाए । विपन्न नागरिकलाई कडा रोगको उपचारका लागि सहुलियत प्रदान गर्न २ अर्व ५० करोड रुपैयाँ, ९८ प्रकारका औषधि निशुल्क उपलव्ध गराउन १ अर्व २८ करोड रुपेयाँ छुट्याएको छ । यस्तै टेकुस्थित सरुवा रोग अस्पताल र प्रदेश तहमा स्थापना हुँदै गरेका सरुवा रोग अस्पताल…

बुटवल बर्दिबास, र सुर्खेतमा मेडिकल कलेज स्थापना हुने

स्वास्थ्यसमाचार/ सरकारले आगामी आर्थिक वर्षमा बुटवल  बर्दिबास,  र सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने भएको छ । त्यसको लागि सरकारले बजेट समेत विनियोजन गरेको अर्थमन्त्री प्रकाशशरण महतले जानाकारी दिए। आगामी आर्थिक बर्षको बजेट सुनाउने क्रममा अर्थ मन्त्री डा प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । सो क्रममा नयाँ मेडिकल कलेजको नयाँ लाइसेन्स दिने पनि मन्त्री महतले जानकारी दिए ।

यी हुन् आर्थिक वर्ष २०८०/०८१ को बजेटमा परेका स्वास्थ्यका ३५ बुँदा

स्वास्थ्यसमाचार/आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्यातर्फ कुल ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको बताएका छन् । उनले स्वास्थ्यमा मुख्य गरी २८ बुँदामा बजेट तर्जुमा गरेका छन् । आगामी वर्षको बजेटमा स्वास्थ्य तथा जनसंख्यातर्फ व्यवस्था गरिएका कार्यक्रमहरू अर्थमन्त्रीकै शब्दमा तल उल्लेख गरिएको छ । बजेट विनियोजन २८ बुँदामा -गुणस्तरीय स्वास्थ्य उपचार: जनताको अधिकार भन्ने नाराका साथ आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाइनेछ। विशिष्टिकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाइनेछ। स्वास्थ्य शिक्षा र जनचेतनाको माध्यमबाट नागरिकको स्वस्थ जीवनशैली प्रवर्द्धन गरिनेछ। – कोभिड-१९ लगायत सङ्क्रामक रोगको…