लुम्बिनी प्रादेशिक अस्पतालको सटर भत्काईएपछि दिनुपर्ने बजेट रोक्ने काम गतल :पुर्व मन्त्री बराल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका पुर्व सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोभिड संकमणको बेला धेरै समस्याहरु ब्यहोर्नुपरेको स्मरण गर्दै आफ्नो कार्यकालमा शिलान्यास गरेको परियोजनाको भवन निर्माण पूरा भएको बताए ।

बुटवलमा नवनिर्मित लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला भवनको सोमबार उद्घाटन कार्यक्रममा पुर्ब सामाजीक बिकास मन्त्री बरालले यस्तो वताए ।उहाले लेभल २ प्रयोगशालाको अभावमा कोभिड संक्रमणको परीक्षणमा कठिनाई भएको भन्दै उनले अहिले बनेका पूर्वाधारबाट पक्कै पनि आम नागरिकले सेवा पाउने उनले बताए ।

स्वास्थ्य जनताको पहँच भन्दा बाहिर गैरहेको र यसले निरपेक्ष गरिबीको रेखामुनी पुग्नेको संख्या बढाएको उनले दुखेसो गरे ।तत्कालीन समयमा प्रदेश सरकारबाट निर्णय भएर लुम्बिनी प्रादेशिक अस्पतालको सटर भत्काईएपछि दिनुपर्ने आवश्यक बजेट रोक्ने काम गलत भएको भन्दै उनले वर्तमान सरकारले आफनो क्षेत्राधिकार भन्दा बाहिरका केन्द्रस्तरको अस्पताललाई बजेट बिनियोजन रोक्न सुझाव दिए ।

सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगरस्थित गणेश टोल विकास संस्थाको परिसरमा निर्माण भवनको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिलान्यास गरेका थिए ।भबनको मुख्यमन्त्री डिल्ली चौधरीले उदघाटन गरेका छन।

सम्बन्धित शिर्षक :