स्वास्थ्य प्रणालीे सुदृढिकरणका लागी प्रयोगशाला कोशेढँगा सावित :स्वास्थ्यमन्त्री खनाल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई प्रेषण र गुण नियन्त्रण प्रयोगशालाको रुपमा विकास गरिने बताउनु भयो ।

बुटवलमा नवनिर्मित लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला भवनको सोमबार उद्घाटन कार्यक्रममा मन्त्री खनालले यस्तो बताउनु भयो ।
स्वास्थ्य मन्त्री खनालले स्तरिय प्रयोगशालाको अभावमा गाउँबाट शहर र शहरबाट अन्य प्रदेशमा बारम्बार धाई रहनु पर्ने बाध्यतालाई चिर्न नव निर्मित प्रयोगशाला भवनलाई एकिकृत र सहज परिक्षण केन्द्रको रुपमा विकास गर्न प्रदेश सरकार तत्पर रहेकोमा जोड दिनुभयो ।

समग्र स्वास्थ्य प्रणालीको सुदृढिकरणका लागी पनि प्रदेश प्रयोगशाला र यस्को सञ्जाल कोशेढँगा सावित हुने मन्त्री खनालले विश्वास व्यक्त गर्नुभयो । मन्त्री खनालले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई बजेट आबश्यकता अनुसार बिनियोजन गरिएको बताउनु भयो। उहाले लुम्बिनी प्रादेशिक अस्पताललाई ५० करोड बजेट रहेको र आबश्यकता अनुसार थप्ने समेत बताउनु भयो ।

ग्लोवल फण्ड र सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित प्रयोगशाला भवन सोमबार नै स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । ८ करोड ७० लाख २० हजार रुपियाँको लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा सेभ द चिल्ड्रेनका नेपाल र भुटान कन्ट्री डाइरेक्टर हेथर क्याम्पबेल, ग्लोबल फण्ड जेनेभाका सिनियर पोर्टफोलियो म्यानेजर स्टेफन स्टोजनोभिक , ग्लोबल फण्डका हेल्थ प्रोडक्ट म्यानेजमेण्ट स्पेस्लीष्ट डभिड बगोँजा लगायतले भवनको समुचित प्रयोगले प्रदेशका गाउँवस्तीका मानिसको स्वास्थ्य सेवामा महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

भबनको मुख्यमन्त्री डिल्ली चौधरीले उदघाटन गर्नु भएको थियो।

सम्बन्धित शिर्षक :