ॐ अस्पतालद्वारा नि:शुल्क स्वास्थ्य शिबिर र औषधी बितरण

स्वास्थ समाचार /रुपन्देहिको तिलोत्तमा-४ ड्राइभरटोल स्थित ॐ महिला तथा बाल अस्पतालले महिला तथा बालबालिकाहरुको नि:शुल्क स्वास्थ्य जाँच गरेको छ ।

तिलोत्तमा-४ स्थित जन ज्योति उच्च माध्यमिक बिद्यालय डिङ्गरनगरमा शुक्रबार अस्पतालले महिला तथा बाल रोग सम्बन्धि जनचेतना तथा स्वास्थ्य शिबिरको आयोजना गरि नि:शुल्क स्वास्थ्य जाँच गरेको हो ।

बिश्व हेपाटाइटिस दिवसको अवसरमा ॐ अस्पताल र रोटरी क्लव अफ बुटवल डाउनटाउनको सयुक्तआयोजनामा भएको शिबिरमा महिला र बालबालिका गरि ३ सय जनाको स्वास्थ्य परिक्षण गरिएको अस्पतालले जनाएको छ ।

ॐ अस्पतालकी सुपरिटेन्डेन्ट डा शर्मिला शर्मा र बालरोग बिशेषज्ञ डा अनिल खनालले स्वास्थ्य जाँच गरेको शिबिरमा मेडिकल अफ नर्सिङ्ग स्टाफ कलेजले प्राबिधिक सहयोग गरेको ॐ अस्पतालले जनाएको छ ।

सो अवसरमा महिलाको पाठेघर सम्बन्धी जनचेतना कार्यक्रम गरिनुका साथै स्वास्थ्य जाँच गराएर स्वास्थ्य समस्या देखिएका बिरामीहरुलाइ स्वास्थ्य परामर्शका साथै निस्शुल्क औषधी समेत बितरण गरिएको थियो ।

अस्पताल सङ्ग सहकार्य गरेर आगामी दिनमा पनि स्वास्थ्यको पहुच देखि टाढा रहेका महिला तथा बालबालिकालाइ लक्षित गरेर स्वास्थ्य जाँच शिबिर लगायतका कार्यक्रम आयोजना गरिने क्लवका अध्यक्ष कमला हमालले बताउनु भयो ।

तिलोत्तमा-४ ड्राइभरटोलमा करिव १२ कट्ठा जमिनमा आफ्नै सुबिधा सम्पन्न भवन निर्माण गरि १२ जना बिशेषज्ञ डक्टरहरुद्वारा सेवा सन्चालन गरेको अस्पतालको औपचारिक शुभारम्भ भने भाद्र ७ गतेदेखि हुने अस्पतालका सन्चालक घनश्याम तिवारीले जानकारी गराउनु भयो ।

सम्बन्धित शिर्षक :