लुम्बिनीमा क्षयरोगी बढे: रुपन्देहीमा १७ सय र रुकुम पश्चिममा ५७ जना

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा क्षयरोगीहरुको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७८–०७९ मा प्रदेशमा ८ हजार ९० जना क्षयरोगी भेटिएका छन । प्रदेशमा प्रति एक लाख जनामा १५७ जनामा क्षयरोग देखिने गरेको तथ्यांक रहेको छ । २०७४।७५ मा कुल ६ हजार ५ सय ८६ जना र प्रति १ लाखमा १३४ जना, २०७५/७६ मा कुल ५ हजार ९ सय ८ड जना र प्रति एक लाखमा १२० जना, २०७६।७७ मा कुल ५ हजार ६ सय ६५ जना र प्रति एक लाखमा ११२ जना क्षयरोगी रहेका थिए । आर्थिक वर्ष २०७७/७८ मा कूल ५…

स्वास्थ्य कार्यलय रुपन्देहीको अर्धबार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यलय रुपन्देहीको अर्धबार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। आर्थिक बर्ष २०७९/८०को अर्धबार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो। जिल्ला स्वास्थ्य कार्यलयका बिभिन्न शाखा १६ पालिकाका स्वास्थ्य प्रमुखले अर्धबार्षिक प्रगति अहिले सम्म गरेका कामको प्रगति र अब गर्नुपर्ने कामको बारे समिक्षा तथा योजना तर्जुमा को बारेमा छलफल भएको थियो। भैरहवामा २ दिन सम्म चलेको अर्धबार्षिक समिक्षामा तथा योजना तर्जुमा कार्यक्रमा वोल्दै स्वास्थ्य निर्देशननालय लुम्बिनीका निर्देशक डा बिनोद गिरीले स्वास्थ्य अबस्था र चुनौतिको वारेमा बोल्दै ग्रामिण भेगमा स्वास्थ्यसेवा सहज र सरल तरिकाले दिनु पर्ने…

स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धी ४ दिने तालिम सम्पन्न

स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले स्वास्थ्यकर्मीहरुका लागि खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वद्धन सम्बन्धी ४ दिने आधारभूत तालिम समापन भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल, तिलोत्तमा नगरपालिका ,बुटबल उपमहानगरपालिका, देबदह नगरपालिका, ओमसतिया गाउँपालिकाका स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाईका २३ जना स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धि आधारभूत तालिम प्रदान गरिएको हो । तालिमको समापन कार्यक्रमका बोल्दै जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत चिन्तामणी ज्ञाबलीले खोप सेवा प्राथमिक स्वास्थ्य सेवाको जग भएको वताउदै खोपको माध्यमबाट नै विफर उन्मुलन हुनुका साथै धेरै रोगहरुको उन्मुलन, निवारण र नियन्त्रण भएको बताउनु भयो उहाले खोप नियमीत लगाउन सबैलाई…

रुपन्देहीका स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धि तालिम सुरु

स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले स्वास्थ्यकर्मीहरुका लागि खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वदन सम्बन्धी आधारभूत तालिम  सुरु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल, तिलोत्तमा नगरपालिका ,बुटबल उपमहानगरपालिका, देबदह नगरपालिका, ओमसतिया गाउँपालिकाका स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाईका स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धि आधारभूत तालिम प्रदान गरिएको हो ।   तालिमको एक कार्यक्रमका बिच जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालले सुभारम्भ कार्यक्रममा बोल्दै खोप सेवा प्राथमिक स्वास्थ्य सेवाको जग भएको बताउनु भयो उहाले खोपको माध्यमबाट नै विफर उन्मुलन हुनुका साथै धेरै रोगहरुको उन्मुलन, निवारण र नियन्त्रण गर्न सकिएको बताउनु भयो। खोपद्वारा नै आमा…