रुपन्देहीका स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धि तालिम सुरु

स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले स्वास्थ्यकर्मीहरुका लागि खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वदन सम्बन्धी आधारभूत तालिम  सुरु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल, तिलोत्तमा नगरपालिका ,बुटबल उपमहानगरपालिका, देबदह नगरपालिका, ओमसतिया गाउँपालिकाका स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाईका स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धि आधारभूत तालिम प्रदान गरिएको हो ।

 

तालिमको एक कार्यक्रमका बिच जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालले सुभारम्भ कार्यक्रममा बोल्दै खोप सेवा प्राथमिक स्वास्थ्य सेवाको जग भएको बताउनु भयो उहाले खोपको माध्यमबाट नै विफर उन्मुलन हुनुका साथै धेरै रोगहरुको उन्मुलन, निवारण र नियन्त्रण गर्न सकिएको बताउनु भयो।

खोपद्वारा नै आमा र बालबालिकाको मृत्युदर, रोगी हुने दर र अपांग वा अशक्त हुने दरमा उल्लेख्य कमी आएको बताउनु भयो। उहाले स्वास्थ्यकर्मिले नियमित खोप लगाउनुपर्ने भएकोले तालिम स्वास्थ्यकर्मिलाई तालिम संञ्चालन गरिएको बताउनु भयो।

नेपालमा खोप सेवा जनसमुदायले माग गर्ने सबैभन्दा पुरानो र विश्वासिलो स्वास्थ्य कार्यक्रम हो। यो नेपाल सरकारको पहिलो प्राथमिकता प्राप्त कार्यक्रम समेत रहेको ढकालले बताउनु भयो।

तालिममा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत चिन्तामणि ज्ञाबली र खोप अधिकृत भेषराज शर्मा ले तालिममा सहभागी स्वास्थ्यकर्मीलाई खोपको शैद्धान्तिक ज्ञान, कोल्ड चेन सम्बन्धि, खोप लगाइसकेपछि हुने अवान्छित घटनाको व्यवस्थापन, खोप सम्बन्धि रीपोर्टीङ र रेकर्डिङ खोपका बारेमा जानकारी गराउनु भयो ।

४ दिने तालिममा खोपअधिकृत भेषराज शर्मा र खोप अधिकृत चिन्तामणि ज्ञाबलीले स्वास्थ्यकर्मिलाई खोपको बारेमा तालिम दिनुहुने छ।कार्यक्रममा जिल्ला स्वास्थ्यकार्यलयका कोल्ड चेन निरीक्षक शुरेन्द्र द्धबेदी धमैली स्वास्थ्यचौकी स्वास्थ्य चौकी प्रमुख नन्दाराम पौडेल लगायतको सहभागीता रहेको थियो ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :