लुम्बिनीमा सुरक्षित गर्भपतन गराएका १८ हजार मध्ये १ हजार २० वर्ष मुनिका

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका १२ जिल्ला १८ हजार ३ जनाले सुरक्षितरुपमा गर्भपतन गराएका छन। स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा प्रदेशका १२ जिल्लामा गरी १८ हजार ३ जनाले गर्भपतन गराएका हुन् ।त्यसअघि आर्थिक वर्षमा १८ हजार ४ सय १५ जनाले सुरक्षित गर्भपतन गराएको तथ्याक रहेको छ। गर्भपतन गराउनेमध्ये १६ हजार ९ सय ५२ जना २० वर्षभन्दा माथि उमेर समूहका महिला रहेका छन् भने १ हजार ५१ जना २० वर्ष भन्दा कम उमेरका रहेको तथ्यांकमा उल्लेख छ । स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी डोरबहादुर बस्नेतले १२ हजार ७ सय ३२ जनाको…

राति सुत्दा स्वप्नदोष हुनु राम्रो हो कि होइन ?

यौनसम्बन्धी कुरा सचेत मनमा मात्र होइन अरूबेला पनि निरन्तर रूपमा चलिरहन्छ। यौन समस्याबारे खुल्दुली हरेक मनमा आउछन र त्यसबारे खुलेर बाहिर कुरा गर्न अठ्यारो लाग्नु पनी स्वभाविक हो | प्रायजसो किशोर अवस्थाको उमेरमा  निदाएको बेला लिङ्ग उत्तेजित हुनुका साथै यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ । यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुखको पनी अनुभूति गर्नसक्छन। निदाएको बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई नै स्वप्नदोष भनिन्छ। अंग्रेजीमा भने wet dreams, night fall वा nocturnal emissions जस्ता शब्दहरूको प्रयोग गरिन्छ। सामान्यतः, प्रजनन प्रणालीले राम्रोसँग कार्य गर्न थालेपछि वीर्यको पनि…

मायादेवी ८मा किशोरीहरुलाई प्रजनन् स्वास्थ्य समन्धि तालिम

स्वास्थ्यसमाचार /रुपन्देहीको मायादेबी गाउँपालिकामा वडा नं ८को आयोजनामा किशोरीहरुलाई क्षमता विकास तालिम दिईएको छ। वडा अध्यक्ष चोक बहादुर थापाको अध्यक्षता गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरीको प्रमुख आतिथ्यमा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख गौरब ढकालको बिषेश आतिथ्यमा किशोरीहरुलाई क्षमता विकास तालिम दिईएको थियो ४५ जना किशोरीहरु सहभागी तालिममा डा नम्रता चौधरी नर्सिड अधिकृत शर्मिला शर्मा सुआहारा दोश्रोकार्यक्रमका पोषण अधिकृत दुर्गा रानाले किशोरीहरुलाई प्रजनन् स्वास्थ्य महिनामारी चक्र महिनामारीमा देखीने समस्या लैंगिक हिंसा  वालबिवाह किशोरी अबस्थामा पोषणको महत्वबारे प्रशिक्षण दिईएको आधारभुत स्वास्थ्य सेवाकेन्द्र मायादेबि ८का प्रमुख भाष्कर आत्रेयले बताउनु भयो। तालिम शिक्षा तालिमकेन्द्र बसडिलवामा…

लुम्बिनीमा सुरक्षित गर्भपतन गराउने बढे ,२० वर्ष मुनिका १० प्रतिशत

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा गर्भपतन सेवा उपभोग गर्ने २० वर्ष मुनिका महिला झण्डै दश प्रतिशत रहेको देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकको आधारमा बितेको पाँच वर्षमा सुरक्षित गर्भपतन गराउने महिलामध्ये २० वर्षमुनि रहेकाहरूको संख्या बढ्दै गएको देखिएको हो । आर्थिक वर्ष २०७८/०७९ मा लुम्बिनी प्रदेशभित्र २० वर्षमुनिका महिलाहरूले सुरक्षित गर्भपतन सेवा लिनेको संख्या नौ दशमलव ६ प्रतिशत देखिएको छ ।प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले आर्थिक वर्ष २०७४/ ०७५ मा ६ दशमलव दुई प्रतिशत रहेकोमा पाँच वर्षमा यो संख्या बढेर नौ दशमलव ६ प्रतिशतमा पुगेको देखिएको छ । सूचीकृत…

अपाङ्गता मैत्री मातृत्व स्वास्थ्य सेवा सञ्चालन निर्देशिका सार्वजनिक

स्वास्थ्यसमाचार/ अपाङ्गता मैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा सञ्चालन निर्देशिका – २०७९ सार्वजनिक भएको छ।  सार्वजनिक भएको उक्त निर्देशिका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवारकल्याण महाशाखा र नेत्रहिन यूवा संघ नेपालको साझेदारीमा तयार पारिएको हो। निर्देशिका सार्वजनिकिकरण कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहले यस निर्देशिकाको कार्यन्वयन पश्चात अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य संस्थामा प्रजनन् स्वास्थ्य लगायतका अन्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको बताए। उनले भने ‘अहिलेको सबै भन्दा महत्वपुर्ण विषय भनेको स्वास्थ्य साक्षरता हो । जनस्वास्थ्यका विषय घरदैलो सम्म कसरी पुर्‍याउने भन्ने…

एचआइभी संक्रमितका लागि स्थानीयतहवाट सहयोगको आवश्यक

गुल्मी / गुल्मीको सदरमुकाम तम्घासमा भएको एक कार्यक्रममा सहभागीहरुले एचआइभी संक्रमितहरुका लागि स्थानीयतहको बिशेष सहयोगको आवश्यक रहेको बताएका छन् । आप्रवासी तथा तिनीहरुको दम्पत्तीको लागि एचआइभी रोकथाम कार्यक्रमको जिल्लास्तरीय सरोकारवालासँग समन्वय तथा समीक्षा बैठकमा उनीहरुले यस्तो बताएका हुन् । स्वास्थ्य कार्यालय गुल्मीका एआरटी प्रमुख पुष्कर घिमिरेले आर्थिक अवस्था कमजोर र भौगोलिक दुरीका कारण सदरमुकाम देखि टाढा रहेका संक्रमितहरूलाई भाइरल लोड परीक्षण गर्न समस्या हुने गरेको बताउनुभयो । जसका कारण संक्रमित बिरामीहरूले औषधी सेवन गर्न बीचमै छोड्ने गरेका छन् । सहजताका लागि स्थानीय तहहरुले बिशेष सहयोग गर्नुपर्ने देखिएको उहाँको भनाइ छ…

लुम्बिनीमा ४ हजार ३ सय बढी एचआइभी संक्रमित, सबैभन्दा धेरै रुपन्देहीमा

स्वास्थ्यसमाचार / ३५ औ विश्व एचआईभी एड्स दिवसको अवसरमा रुपन्देहीमा विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । विश्वभर मनाईने यो दिवसमा रुपन्देहीमा अन्तरक्रिया, प्रभातफेरी सहितका कार्यक्रम गर्न लागिएको हो । सोही अनुसार बुधवार बुटवलमा सञ्चारकर्मीहरु संग अन्तरक्रिया गरिएको छ । विश्व एड्स दिवसको पुर्व सन्ध्यामा आयोजना गरिको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोजक संस्था स्वाथ्य निर्देशनालय बुटवलका तथ्यांक अधिकृत मान बहादुर ओलीले पछिल्लो समयमा एचआईभी संक्रमितहरुको संख्या घट्दै गएको बताए । लुम्बिनी प्रदेशमा हाल ४ हजार ३ सय २५ जना एचआईभी संक्रमितहरुको संख्या रहेको जानकारी दिदै ओलीले पछिल्लो समयमा विभिन्न सरकारीतथा गैर…

लुम्बिनी प्रादेशिक अस्पतालवाट १३ हजार महिलाले लिए प्रसूती सेवा

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पतालमा १ वर्षमा १२ हजार ९ सय ३० जनाले प्रसूती सेवा लिएका छन। । आर्थिक बर्ष २०७८को साउन देखी २०७९ असार सम्म १२ हजार ९ सय ३० जनाले अस्पतालमा प्रसूती सेवा लिएका हुन। अस्पतालमा ८५सय ४५ जना नर्मल डेलिभरि र ४३सय६६ जनालाई अप्रेशन वाट सुत्केरी भएका छन। लुम्बिनी प्रादेशिक अस्पतालको तथ्याक अनुसार साउनमा ११सय १८ भाद्रामा १२सय ८६ असोजमा१३सय २४ कार्तिकमा १२सय १ मंसिरमा ११सय ७७ पुसमा ११सय १७ माघमा ११सय ४३ फागुनमा ९सय ९४ चैत्रमा ८सय ८१ वैसाखमा ८सय ४८ जेठमा ८सय २८ र असारमा…

सीमित जनशक्तिका बिच सेवामा सुधार गर्दै भिम अस्पताल

स्वास्थ्यसमाचार/ भिम अस्पताल भैरहवामा सिकलसेलका बिरामीहरुलाई लक्षित गर्दै परिक्षण सेवा सुरु भएको छ । यस अघि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मात्र रहेको यो सेवालाई भिम अस्पतालले पनि निशुल्क रुपमा सुरु गरेको छ । बिशेष गरि थारु समुदायमा हुने यो रोगको परिक्षण भैरहवामै सुरु भए पछि भैरहवा तथा यस आसपास बसोबास गर्ने विपन्न थारु समुदायको रोग निदानमा राहत हुने छ। अस्पतालका मेसु डा शकुन्तला गुप्ताका अनुसार भिम अस्पतालमै अहिले अत्याधुनिक सिटी स्क्यान मेशीन आई पुगेको छ । केही दिनमै जडान हुने तयारीमा रहेको यो सेवाले पनि अस्पतालको सेवामा सुरु हुने बताईन।…

यौन सम्बन्धी केही रोचक तथ्यहरु !

दुनियामा जन्म, मृत्यु जस्तै सम्भोग पनि शाश्वत सत्य हो । सृष्टि चक्र संचालनका लागि यो अनिवार्य सर्त हो । यौन तथा सम्भोगको विषय मानिसले उमेर पुगेसँगै आफै जान्ने तथा सिक्ने विषय पनि हो । तर दुनियाको अनिवार्य तथा शाश्वत सत्यको रुपमा रहेको सेक्सका विषयमा धेरै तथ्य तथा सत्यहरुका बारेमा हामी बेखबर हुन्छौँ । कतिपय तथ्यहरु त पत्यारै नलाग्ने पनि हुन्छन् । सेक्स सम्बन्धी केही तथ्य यस्ता छन् : सम्भोगले मानिसले पीडा सहनसक्ने क्षमता बढाउँछ । सम्भोगको चरम सुखका बेला सरीरमा उत्सर्जन हुने हर्मोनले पीडा कम गर्दछ र पीडा सहने सीमा…