स्वास्थ्य मन्त्रालय लुम्बिनीको नर्सिङ महाशाखा प्रमुखमा केसी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्सिङ तथा परिवार कल्याण महाशाखाको प्रमुखमा वरिष्ठ नर्सिङ प्रशासक ईश्वरी केसीलाई ल्याईएको छ। केसी यसअघि भेरी अस्पताल, नेपालगञ्जमा कार्यरत थिइन्। नवनियुक्त प्रमुख केसीलाई आज एक विशेष कार्यक्रमबीच स्वागत गरिएको छ। उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु, स्वास्थ्य सचिव डा. वासुदेव उपाध्याय, स्वास्थ्य शिक्षा प्रशासक नोदनारायण चौधरी लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यस अघि नर्सिङ तथा परिवार कल्याण महाशाखा रिक्त रहेको थियो। केसीको नेतृत्वमा महाशाखाले स्वास्थ्य सेवाको अभिवृद्धि गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा ६३ औं नेपाल नर्सिङ संघ दिवस मनाइयो

स्वास्थ्यसमाचार /नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल ईकाई समितिको आयोजनामा ६३ औं नर्सिङ दिवस मनाइएको छ। “आजको आवश्यकता नर्सलाई सुरक्षित र सम्मान जनक कार्य ब्यवस्था” भने नाराका नेपाल नर्सिङ दिवस मनाइएको हो । नेपाल नर्सिङ संघको ६३ औं वार्षिकोत्सवमा बोल्दै प्रमुख अतिथी तथा अस्पताल विकास समितका अध्यक्ष अध्यक्ष अजयमान श्रेष्ठले नर्स विना समाजले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न नसक्ने बताउनु भयो उहाले स्वास्थ्य क्षेत्रमा सुधार र नर्सहरूको व्यावसायिक विकासका लागि आवश्यक पहल गर्ने समेत बताउनु भयो । नर्सहरूको योगदानलाई अझ प्रभावकारी बनाउन, अस्पताल विकास समितिले नयाँ कार्यक्रमहरू ल्याउने र थप स्रोतसाधन…

नर्सिङ पेशालाई सम्मान जनक बनाउन नर्सहरूको योगदानलाई कदर गर्न आवश्यक

नर्सिङ.दिवसको महत्व के हो, नेपालमा कहिले मनाइन्छ ? नर्सिङ.दिवस,  प्रत्येक बर्ष १५ माघमा मनाइन्छ ।बिक्रम संवत २०१८ साल माघ १५ गतेका दिन नान ( नेपाल नर्सिङ संघ) को स्थापना भएको हो ।  साथै बिश्व नर्सिङ.दिवस  प्रत्येक वर्ष मे १२ मा मनाइन्छ, । फ्लोरेन्स नाइटिङ्गेको (Founder of Modern Nursing)को जन्म उत्सव भएकोले अन्तराष्ट्रिय नर्सिङ.दिवस, त्यस दिनलाई मनाउने गरिन्छ । उक्त दिनमा  हामीले पनि बिभिन्न कार्यक्रमका साथ दिवस मनाउने गर्दैछौ । दिवस नर्सहरूको कदर गर्न र पेशागत सम्मान बढाउनुको लागि विशेष महत्त्वपूर्ण मानिन्छ। यो दिवसको इतिहास र यसका उद्देश्यहरू के हुन? नर्सिङ.दिवसको…

लुम्बिनीमा खुल्यो एचए, स्टाफ नर्स, ल्याब असिस्टेन्टलगायतका लोकसेवा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश स्वास्थ्य सेवाले एचए, स्टाफ नर्स, ल्याब असिस्टेन्टलगायतमा लोकसेवा खोलेको छ। लोकसेवामा अन्तर तह र खुला मागिएको छ। कविराज, फार्मेसी सुपरभाइजर, पब्लिक हेल्थ नर्स, एनेस्थेसिया सुपरभाइजरको दरखाु्त आह्वान गरिएको छ। यस्तो छ सुचना ।

लुम्बिनी प्रदेशमा २६ जना अनमीको लागी करारमा जागीर खुल्यो

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रदेशका बिभिन्न स्थानिय तहको लागी जनशक्ति माग गरेको छ । निर्देशनालयले एक सुचना जारी गरी ईच्छुक लाई आवेदन दिन भनेको छ। निर्देशनालयले २६ जना अनमीको लागी जनशक्ति माग गरेको छ। अनमी कोर्ष गरि १८ बर्ष देखी ४५ बर्ष सम्मको लागी दरखास्त दिन सुचना जारी गरेको छ। हेरौं सूचना  

नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा खनाल

स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ समिति चयन भएको छ ।समितिको अध्यक्षमा बिष्णु खनाल पन्थी, उपाध्यक्षमा पुतला खनाल सचिवमा सिता खनाल सह-सचिवमा लता श्रेष्ठ कोषाध्यक्षमा लक्ष्मी गैरे रहनु भएको छ। भने सदस्यहरुमा गोमा सुबेदी चम्पा पालुङ्गे, रचना कार्की यशोदा पोखरेल पवित्रा ज्ञावाली बसन्ती पाठक गीता पन्थ सरस्वती बराल विन्दु भट्टराई, टिका भट्टराई रहेको संघका सचिब खनालले बताउनु भयो । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिङ ईञ्चार्ज नेहा थापा ,नर्सिड अधिकृत ज्योति पौडेल,नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालका निवर्तमान अध्यक्ष हरि कुमारी केसीले शुभकामना मन्तव्य राख्नु भएको थियो।      …

नर्सिङ संघको चुनावमा कांग्रेस-समाजवादी र एमाले-माओवादी गठबन्धन

स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ सङ्घको चुनावमा चार प्रमुख राजनीतिक दलका प्रभाव वा निकटताका आधारमा दुई अलग–अलग प्यानल बनेका छन् । रोचक त के छ भने एमाले–माओवादी तथा काँग्रेस–एकीकृत समाजवादी गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एमाले–माओवादी गठबन्धनबाट एमालेकी चन्द्रकला शर्मा र काँग्रेस–एकीकृत समाजवादीबाट एकीकृत समाजवादीकी गङ्गाकुमारी थापा अध्यक्षका उम्मेदवार छन् । सँगै एमालेबाट बसन्ती थापाले बागी उम्मेदवारी दिएकी छिन् । मङ्सिर २८ गते नर्सिङ सङ्घको निर्वाचन हुँदै छ । महासचिवमा एमाले–माओवादी गठबन्धनबाट एमालेनिकट डा देवका कुमारी आचार्य र काँग्रेस–समाजवादी गठबन्धनबाट काङ्ग्रेसनिकट मिनाकुमारी कार्कीको उम्मेदवारी परेको छ । त्यस्तै, महासचिवमै जानकी…

२२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिको निर्देशन

स्वास्थ्यसमाचार/विभिन्न २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा।डा। अन्जनी कुमार झाका अनुसार २२ वटा संस्थाले आयोगबाट आशयपत्र प्राप्त गरेका छन् । आशयपत्र पाएका सांस्थाहरु सम्बन्धन प्राप्त गर्ने प्रक्रियामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटइभिटी )पुगेको छ । ती २२ वटा संस्थाले नर्सिङ पढाउने चाहेका छन् । तर, यही साउन १९ गते इन्ट्रान्स परीक्षा हुँदैछ । त्यअगावै आफूहरुले नर्सिङ पढाउने अनुमति पाउनुपर्ने सम्बन्धित संस्थाहरुको माग छ । यो मागका सम्बन्धमा छलफल गर्न बिहीबार बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा…

लुम्बिनी बजेट: आँखाको नानी प्रत्यारोपण निशुल्क ,स्यंसेविकालाई ५० हजार दिएर अवकाश सम्म

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि रू.३८ अर्ब ९७ करोड बराबरको बजेट विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रू.११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८.८७ प्रतिशत र पुँजीगततर्फ रू.२४ अर्ब ५८ करोड ५९ लाख अर्थात् ६३.०९ प्रतिशत र वित्तीय हस्तान्तरणका लागि रू. ३ अर्ब १४ करोड १३ लाख १६ हजार अर्थात् ८.०६ प्रतिशत रहने अनुमान रहेको आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बताए । आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष२०८१/०८२को स्वास्थ्यको बजेट तथा कार्यक्रम यसप्रकार रहेका छन।…

चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा आगामी १ भदौ देखि सुरु

स्वास्थ्यसमाचार/ चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौदेखि सुरु गर्ने भएको छ । त्यसका लागि आयोगले विभिन्न शैक्षिक कार्यक्रमका लागि विद्यार्थी छनोट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाको आवेदन भने बुधबारदेखि भर्न सकिने जनाएको छ । आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले आयोगले स्नातक तहको परीक्षाका लागि योग्यता पुगेका इच्छुक विद्यार्थीले बुधबारदेखि असार १८ गतेसम्म आवेदन दिन सकिने जानकारी दिनुभयो । उहाँले आयोगले एमबिबिएस, बिडिएस, बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, बिएएमएस, बी फार्मालगायतका स्नातक तहका विषयमा आवेदन दिन सकिने जानकारी दिनुभयो । प्राडा झाका अनुसार आयोगले…