स्वास्थ्यसमाचार /लुम्बिनी आयुर्वेद चिकित्सालयको आयोजना तथा कञ्चन गाउँपालिकाको समन्वयमा “संक्रामक तथा नसर्ने रोग न्युनिकरणमा स्वास्थ्यमन्त्री कार्यक्रम“ सम्पन्न भयोे । लुम्बिनी आयुर्वेद चिकित्सालयका निमित्त प्रमुख गणेश प्रसाद सापकोटाको अध्यक्षता तथा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रम सम्पन्न भएको हो।त्यस्तै लुम्बिनी आयुर्वेद चिकित्सालयको आयोजना तथा कञ्चन गाउँपालिकाको समन्वयमा “स्वस्थकर जीवनशैली प्रवद्र्धनमा गृहिणीहरुका लागि भान्सा सुधार “ कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममाकार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष नवराज ढकालले संक्रामक तथा नसर्ने रोगहरूको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न जनचेतना अभिवृद्धि गर्ने यस्ता कार्यक्रमको महत्वमा जोड दिनुभयो। उहाँले आयुर्वेद…
आयुर्वेद
संक्रामक तथा नसर्ने रोग न्युनिकरणमा स्वास्थ्यमन्त्री कार्यक्रम सम्पन्न
स्वास्थ्यसमाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालयको आयोजना तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाको समन्वयमा “संक्रामक तथा नसर्ने रोग न्यूनिकरणमा स्वास्थ्यमन्त्री कार्यक्रम”सम्पन्न गरिएको छ। लुम्बिनी आयुर्वेद चिकित्सालयका निमित्त कार्यालय प्रमुख गणेश प्रसाद सापकोटाको अध्यक्षता लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपाध्यक्ष कल्पना हरिजनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चिकित्सालयका आयुर्वेद चिकित्सक डा. योगेश ढकाल र डा. सन्दीप कार्कीले नसर्ने रोगको परिचय, जोखिम अवस्था, तथा जीवनशैली व्यवस्थापन सम्बन्धी जानकारी प्रस्तुत गर्नुभयो। त्यसैगरी, स्वास्थ्य कार्यालय, रुपन्देहीका ल्यावटेक्नीसिशयन अधिकृत खिमलाल पाण्डेले संक्रामक रोगको अवस्था र यसबाट बच्ने उपायहरूबारे सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा स्थानीय तहका स्वास्थ्यकर्मी महिला…
नागरिकको विश्वास आयुर्वेद तर्फ बढेको छः स्वास्थ्यमन्त्री सारु
स्वास्थ्यसमााचार/रुपन्देही लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर शारुले पछिल्लो समयमा नागरिकको विश्वास आयुर्वेद तर्फ बढेको बताउनु भयो । सेवा संगै सचेतनाका कार्यक्रम भएकोले आयुर्वेद तर्फ मानिसहरुको बिश्वास बढदै गएको बताउनु भयो । उहाले लुम्बिनी आयुर्वेद चिकित्सालयको न्युनतम सेवा मापदन्ड ((एमएसएस) ) समापन कार्यक्रममा यस्तो उक्त कुरा बताउनु भएको हो । मन्त्री सारुले चिकित्सालयमा उपचारमा आएका बिरामीहरुलाई सेवामा बिषेश ध्यान दिनुपर्ने बताउनु भयो । मन्त्रालयले आवश्यकता अनुसार उपकरण भबन तथा ब्यबस्थापनका कुराहरुलाई प्रथामिकताका आधारमा थप गर्दे जाने बताउनु भयो । अस्पतालमा उपलब्ध श्रोत र साधनले बिरामीलाई मुस्कान सहितको सेवा दिन स्वास्थ्यकर्मीहरूलाई आग्रह…
अब ७५३ वटै पालिकामा नागरिक आरोग्य सेवाः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा विस्तार गर्ने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौंको सेवा शुभारम्भ गर्नुहुँदै स्वास्थ्यमन्त्री पौडेलले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा विस्तार गर्ने योजनाअनुसार सरकार अघि बढिरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘हाम्रो नागरिक आरोग्य सेवा ७५३ पालिकामा पुग्दैछ । यो पटकको बजेटमा हामीले नागरिक आरोग्य सेवा सबै पालिकामा पु¥याउने गरी व्यवस्था गर्दैछौँ । यसमा सबैको पहुँचलाई हामीले सुनिश्चित गर्न खोजिरहेका छौँ । आयुर्वेद उपचार प्रणाली, आयुर्वेद स्वास्थ्य उपचार प्रणालीको बारेमा ज्ञान हुन…
विदेश – रहर होइन बाध्यता डा. शारदा खनाल
ताली भन्दा गाली खान बानि परेछ अचेल त, त्यसैले मलाई कसैले केहि भने पनि फरक पर्दैन भन्दै रिसाए रोहन। रोहनले दुइ वर्ष अगाडी मात्र MBBS पढाई सकेका रहेछन् दुइ वर्षे छात्रवृत्ति करारको जागिर सकेर एक वर्षदेखि क्लिनिक र एउटा ठुलो नाम चलेको अस्पतालमा काम गर्दा रहेछन्। रोहन मध्यम वर्गीय परिवारका दोस्रो सन्तान हुन्, उनी भन्दा सानी एउटी बहिनी छिन्। पढाइमा अब्बल, अनुशासित भनेर चिनिन्थे रोहन। सानोमा एकपटक पाठ पढेपछि उनलाई त्यो पाठको बारेमा आफूमात्र होइन अरुलाई पनि बुझाउन सक्ने क्षमता थियो। उसको पढाईको दक्षता देखेर उसलाई पढाईमा मात्र ध्यान दिन…
Citizen Health Service Center Inaugurated in Tilottama-8 Ayurveda Branch
Health News.A Citizen Health Service Center was inaugurated on Thursday in Tilottama-8, Rupandehi, under the slogan “My Health, My Responsibility.” The event was attended by Chief Guest Ram Krishna Khand, who emphasized the importance of health awareness in every household. He highlighted the need to adopt the practice of growing and consuming vegetables from one’s own garden under the motto “Own home, own farm, own produce.” Deputy Mayor Jageshwari Devi Chaudhary remarked on how modern lifestyle choices contribute to diseases and urged people to prioritize quality food habits. She expressed…
रक्षा आयुर्वेदको वार्षिक उत्सव पुर्व सन्ध्यामा जनचेतनामुलक कार्यक्रम
स्वास्थ्यसमाचार/रक्षा आयुर्वेद औषधालयले १७औ वार्षिक उत्सवको अबसरमा जनचेतनामुलक कार्यक्रम गरेको छ। तिलोत्तमा नगरपालिका वडा नं ९को तुल्सीपुर टोलमा जनचेतना मुलक कार्यक्रममा गरिएको थियो । तुल्सीपुर आमा समुहकी अध्यक्ष शकुन्तला थापाको अध्यक्षता वडा अध्यक्ष धुर्ब न्यौपाने प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रममा रक्षा आयुर्वेदका सञ्चालक शालिकराम भुसालले वोल्दै आयुर्वेद ,आहार ,बिहार , दिन चर्य ऋतुचर्य पालना गर्नुपर्ने बताउनु भयो उहाले पहिलो हस्पिटल हाम्रो भान्सा र पहिलो डाक्टर हाम्रो आमा दिदीबहिनी ,भान्सामा काम गर्ने हो नेपालमा अहिले नसर्ने रोगको कारणले ७२% मानिसको मृत्यु भैरहेको छ नसर्ने रोग भान्सा सुधार देखि आयुर्वेद उपचार…
आयुर्वेदिक औषधिमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्न सक्नुपर्छ : मन्त्री पौडेल
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधिको उत्पादन बढाइ बाहिरी मुलुकबाट हुने आयात बन्द गर्न जरुरी रहेको बताउनुभएको छ । बुधवार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ७५३ वटै पालिकामा आयुर्वेद औषधि विक्री गर्दै आएको भएपनि ९० प्रतिशत आयुर्वेदिक औषधि भने बाहिरबाट आयात गर्नुपरेको बताउनु भयो । वैद्यखानाले माग पूरा गर्नसके बाहिरी मुलुकबाट आयात हुने औषधि बन्द गर्ने बताउनु भयो । उहाँले औषधिको उत्पादन बढाए विक्री गर्ने व्यवस्थित वातावरण सरकारले बनाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले वैद्यखानालाई आत्मनिर्भर बनाउन सरकारको…
शुद्धोधनमा शिक्षकहरुलाई आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा सम्बन्धी अभिमुखीकरण
स्वास्थ्यसमाचार /लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल रुपन्देहीको आयोजना तथा शुद्धोधन गाउँपालिका आयुर्वेद शाखाको समन्वयमा २ दिने विद्यालय शिक्षकहरुका लागि आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ। २ दिन सम्म चलेको कार्यक्रममा समापन कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालले आयुर्वेदको महत्व रहेको र बिद्यालय स्तरबाटै विद्यार्थीहरुलाई आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा सम्बन्धी जानकारी गराउनु आबश्यक रहेको बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर घर्ती ले योग आयुर्वेदको आधारभूत पुरानो अभ्यास हो, शरीर, मन, भावना र आध्यात्मिक बीच सन्तुलन ल्याउन सास र ध्यानसँग शरीर…
बुटवलको बजेट २ अर्ब ९९ करोडः स्वास्थ्यलाई बिषेश प्राथमिकता
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रा देवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा चालु तर्फ ४८ दशमलव ६५ प्रतिशत र पूँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमानसहितको आगामी आर्थिक वर्ष २०८१/ ०८२ को वार्षिक बजेट तथा कार्यक्रम पेश गर्नु भएको हो। बुटवलले आगामी आर्थिक वर्षमा आन्तरिक श्रोतबाट ८५ करोड राजस्व संकलन गर्ने अनुमान गरेको छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले, स्वास्थ्य, विशेष प्राथमिकता दिदै बजेट छुट्याइएको वताउनु भयो। उहाले बजेटमा उल्लेख भएअनुसार बुटवलले आगामी आर्थिक…