स्वास्थ्यसमाचार /स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत गठन गरिएको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ। समितिका अध्यक्ष तथा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुको अध्यक्षतामा बसेको उक्त बैठकमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याल, स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कविन्द्र नेपाल, योजना आयोगका सचिव खिम बहादुर कुँवर,रहेका छन । त्यस्तै आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रतिनिधि माधव तिमिल्सिना, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरी, आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. राजेन्द्र गिरी, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख राजेश कुमार गुप्ता, स्वास्थ्य तालिम केन्द्रका भुवन कुँवर…
स्वास्थ्यमन्त्री खेम बहादुर सारु
लुम्बिनी प्रदेश सरकारको मानसिक स्वास्थ्य कार्ययोजना सार्वजनिक
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले तयार पारेको ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना (२०८१/२०८६) केवल किताबमै सीमित हुन नहुने बताउनु भएको छ । राप्ती उपत्यका देउखुरीमा सोमवार आयोजित सार्वजनिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको रणनीतिक योजना व्यवहारमा लागू गरेर जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । ‘अब काम भनेको परिणाम र उपलब्धिमा आधारित हुनुपर्छ । कागजमा मात्रै सीमित भएर कुनै अर्थ छैन,’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘समीक्षा गर्दा हरेक सूचक तथ्यांकमा आधारित भएर गर्न जरुरी छ । जहाँ काम भएको छैन, त्यहाँ सुधार आवश्यक छ ।’…
विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्ने अभियानमा छौं : मुख्यमन्त्री आचार्य
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विशेषज्ञ उपचार सेवालाई सबैको पहुँचमा पु¥याउने गरी सरकारले भूमिका बढाउदै लगेको बताउनुभएको छ । प्रदेश सरकारले विशेषज्ञ उपचार सेवा सुनिश्चित गर्दै प्रत्येक नागरिकका लागि समान पहुँच स्थापना गर्ने उद्देश्यले मातहतका अस्पतालहरूको सेवा, सुविधा र संरचना सुदृढ बनाउँदै लगेको स्पष्ट पार्नु भएको हो । शनिबार पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उपचार सेवा जनताको पहुँचमा पु¥याउन सरकार सबै तहबाट सक्रिय रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो – ‘हिजोको अवस्था के थियो ? हाम्रा अस्पताल कस्ता थिए ? त्यहाँ कस्तो सेवा, सुविधा…
स्वास्थ्यमैत्री लुम्बिनी प्रदेश : पहुँच, पूर्वाधार र प्रभावमा अभूतपूर्व फड्को
स्वास्थ्यसमाचार / लुम्बिनीमा स्वास्थ्य सेवा अब पहुँचको सवाल मात्र रहेन, प्रभावको प्रमाण पनि बन्न थालेको छ। प्रदेशले पछिल्ला केही वर्षयता जनस्वास्थ्य सेवामा गरेको लगानी र ध्यानले नयाँ मोड लिएको छ। आर्थिक वर्ष २०८१/ ८२ मा प्रदेश सरकारद्वारा भएका कार्यक्रम, सेवा विस्तार, भौतिक पूर्वाधार र नीतिगत सुधारहरू हेर्दा यो भनाइ पुष्टि हुन्छ – स्वास्थ्य अब प्राथमिकतामा परेको मुख्यमन्त्री चेतानारायण आर्चायले बताउनु भयो ।उहाले “लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै सर्वसाधारणको पहुँचमा गुणस्तरीय सेवा पुर्याउने लक्ष्य लिएको छ। संस्थागत प्रसूति, पूर्ण खोप, जटिल रोगको उपचार, किशोरी पोषणदेखि लिएर अत्याधुनिक अस्पताल निर्माणसम्मका…
तीन प्रदेशका स्वास्थ्य मन्त्रीबीच अनुभव र असल अभ्यासबारे छलफल
स्वास्थ्यसमाचार /लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री, उच्च अधिकारी, तथा सरोकारवाला हरु बिच प्रदेश अनुभव आदानप्रदान तथा स्वास्थ्य क्षेत्रका असल अभ्यासहरूको सिकाई वारे छलफल भएको छ । गण्डकी प्रदेश सरकारको आयोजनामा अन्तर–प्रदेश अनुभव आदानप्रदान तथा स्वास्थ्य क्षेत्रका असल अभ्यासहरूको सिकाईका वारेमा पोखरामा छलफल भएको हो । स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको सभाहलमा सम्पन्न कार्यक्रममा डिजिटल हेल्थ प्रणालीको कार्यान्वयन, ओएनएम सर्वेक्षण, तथा अस्पताल हरूको स्तरोन्नति सम्बन्धी नवीनतम कार्यहरू वारे छलफल भएको लुम्बिनीका स्वास्थ्यमन्त्री खेम सारुले बताउनु भयो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र तीनै प्रदेशका स्वास्थ्य मन्त्रीहरूबीच विशेष भेटघाटसमेत…
स्वास्थ्य मन्त्रालय लुम्बिनी बजेट खर्चमा शीर्ष स्थानमा, ८६.०४% खर्च
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालय स्वास्थ्य मन्त्रालय बनेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा लुम्बनी प्रदेशका मन्त्रालयहरुमा सबैभन्दा धेरै वित्तिय प्रगति स्वास्थ्य मन्त्रालयले गरेको हो । प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा नियन्त्रक दीपक ज्ञवालीका अनुसार चालु आवको २५ असारसम्म प्रतिशतका हिसाबले धेरै बजेट खर्च गर्नेमा स्वास्थ्य मन्त्रालय रहेको छ । स्वास्थ्य मन्त्रालयले कुल बजेटको ८६.०४ प्रतिशत बजेट खर्च गरेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले निरन्तरको फलोअप, ताकेता र सबै कर्मचारीहरुको सहयोगले स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशमै सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालय भएको बताउनुभयो…
स्वास्थ्य मन्त्री सारुद्वारा बाँके स्वास्थ्य कार्यालयको अनुगमन सेवा प्रभावकारी बनाउन निर्देशन
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु मगर बाँकेको स्वास्थ्य कार्यालयको अनुगमन गर्नुभएको छ। अनुगमनको क्रममा मन्त्री सारु मगरले कार्यालयमार्फत प्रदान गरिने स्वास्थ्य सेवाको अवस्था, कार्यक्षमता तथा स्थानीय तहहरूसँगको समन्वयबारे जानकारी लिनु भएको छ । उहाले स्वास्थ्यकर्मी संग छलफल पछि सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै स्थानीय तहसँग सहकार्य र समन्वयलाई मजबुत बनाउनु पर्ने आवश्यकता औंल्याउँदै निर्देशनसमेत दिनुभयो। स्वास्थ्य क्षेत्रको संवेदनशीलता उल्लेख गर्दै मन्त्री सारु मगरले आम नागरिकको विश्वास जित्ने गरी काम गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो। मन्त्री सारु मगरले आवश्यक नीति र स्रोत व्यवस्थापनमा प्रदेश सरकारबाट सक्दो सहयोग गरिने प्रतिबद्धता समेत…
कपिलवस्तु जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
स्वास्थ्यसमाचार/ कपिलवस्तुलाई पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका स्वस्थ्य मन्त्री खेमबहादुर सारुले कपिलवस्तुको तौलिहवास्थित बालगृह सभा हलमा लुम्बिनी प्रदेशको चौथो जिल्लाका रुपमा सो घोषणा गरेका हुन् । १६ देखि २३ महिनासम्मका सबै बालबालिकामा १३ प्रकारको खोपको पहुँच पुगेपछि यो घोषणा गरिएको हो । यसअघि नवलपरासी, रोल्पा र रुपन्देही जिल्ला घोषणा भएका थिए । जन्मेदेखि २३ महिनासम्मका १४ हजार ८४२ र पूर्ण खोप प्राप्त गरेका १६ देखि २३ महिनासम्मका बालबालिकाहरुको अनुगमन गर्दा १५ महिना मुनिका सबै बालबालिकाहरु पुर्ण खोप प्राप्त गरेको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख…
मुख्यमन्त्रीद्वारा भालुबाङ अस्पतालको उद्घाटन, विशेषज्ञ सेवा विस्तार
स्वास्थ्यसमाचार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गर्नुभएको छ । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा मान्यता पाएपछि सोमबार मुख्यमन्त्री आचार्यले उद्घाटन गर्नुभएको हो । मुख्यमन्त्री आचार्यले भालुबाङ अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा प्रदेश सरकारले अघि बढाएकाे र जनशक्तिको व्यवस्थापनसहित गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिने बताउनुभयो । दाङ, अर्घाखाँची, प्युठान, रोल्पा लगायतका जिल्लाका नागरिकले उपचार पाउने भरपर्दो अस्पतालको रूपमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै, मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मातहत रहेका अस्पतालहरूबाट विशेषज्ञ उपचार…
मुख्यमन्त्री द्वारा बजेट जनमुखी बनाउन निर्देशन, घाटा बजेट नल्याउने
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८२र८३ को बजेट जनसन्देश दिनेगरी तर्जुमा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित बजेट तर्जुमा सम्बन्धी छलफल कार्यक्रममा सम्बोधन गर्दै उहाँले सीमित स्रोतसाधनलाई ध्यानमा राखी सुधारमुखी तथा कार्यान्वयन योग्य योजना समेट्नुपर्ने धारणा राख्नुभएको हो । मुख्यमन्त्री आचार्यले भन्नुभयो, हामी घाटा बजेट ल्याउने पक्षमा छैनौँ । जति बजेटको सिलिङ्ग बनाइएको छ, त्यसैको आधारमा जनसन्देश सहितका कार्यक्रम समेटेर बजेट बनाउन जरुरी छ । कम बजेटमै सम्पन्न गर्न सकिने, जनताको अनुभूति हुने कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ…
