लुम्बिनी प्रादेशिक अस्पतालको सटर भत्काईएपछि दिनुपर्ने बजेट रोक्ने काम गतल :पुर्व मन्त्री बराल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका पुर्व सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोभिड संकमणको बेला धेरै समस्याहरु ब्यहोर्नुपरेको स्मरण गर्दै आफ्नो कार्यकालमा शिलान्यास गरेको परियोजनाको भवन निर्माण पूरा भएको बताए । बुटवलमा नवनिर्मित लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला भवनको सोमबार उद्घाटन कार्यक्रममा पुर्ब सामाजीक बिकास मन्त्री बरालले यस्तो वताए ।उहाले लेभल २ प्रयोगशालाको अभावमा कोभिड संक्रमणको परीक्षणमा कठिनाई भएको भन्दै उनले अहिले बनेका पूर्वाधारबाट पक्कै पनि आम नागरिकले सेवा पाउने उनले बताए । स्वास्थ्य जनताको पहँच भन्दा बाहिर गैरहेको र यसले निरपेक्ष गरिबीको रेखामुनी पुग्नेको संख्या बढाएको उनले दुखेसो गरे ।तत्कालीन समयमा प्रदेश सरकारबाट निर्णय…

स्वास्थ्य प्रणालीे सुदृढिकरणका लागी प्रयोगशाला कोशेढँगा सावित :स्वास्थ्यमन्त्री खनाल

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई प्रेषण र गुण नियन्त्रण प्रयोगशालाको रुपमा विकास गरिने बताउनु भयो । बुटवलमा नवनिर्मित लुम्बिनी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला भवनको सोमबार उद्घाटन कार्यक्रममा मन्त्री खनालले यस्तो बताउनु भयो । स्वास्थ्य मन्त्री खनालले स्तरिय प्रयोगशालाको अभावमा गाउँबाट शहर र शहरबाट अन्य प्रदेशमा बारम्बार धाई रहनु पर्ने बाध्यतालाई चिर्न नव निर्मित प्रयोगशाला भवनलाई एकिकृत र सहज परिक्षण केन्द्रको रुपमा विकास गर्न प्रदेश सरकार तत्पर रहेकोमा जोड दिनुभयो । समग्र स्वास्थ्य प्रणालीको सुदृढिकरणका लागी पनि प्रदेश प्रयोगशाला र यस्को सञ्जाल कोशेढँगा सावित हुने मन्त्री खनालले विश्वास…

शिवराज स्वास्थ्य प्रमुखद्वारा मदिरा सेवन गरी महिला कर्मचारीमाथि दुर्व्यवहार

स्वास्थ्यसमाचार/ कपिलवस्तुको शिवराज नगरपालिकाकी एक महिला कर्मचारीमाथि आधारभूत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुखसहित दुई जनाले रातिको समयमा अभद्र व्यवहारको उजुरी परेको छ । नगरपालिकाले सञ्चालन गरेको आधारभूत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिकाका भुवन पाण्डेले राति ड्युटीमा खटिएका महिला कर्मचारीमाथि मदिरा सेवन गरी अभद्र व्यवहार गरेको उजुरी परेपछि नगरपालिकाले आरोपित दुवैलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान थालेको छ । शुक्रवार राती करिब ११ बजे मदिरा सेवन गरी आधारभूत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुख पौडेल र भुवन पाण्डेले महिला कर्मचारीलाई यस्तो व्यवहार गरेको ती महिला कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई निवेदन दिएकी छन्।…

लुम्बिनी प्रदेश जनस्वाथ्य प्रयोगशाला भवनको मुख्यमन्त्री चौधरीद्धारा उद्घाटन

स्वास्थ्यसमाचार /ग्लोवल फण्डको अनुदाद र सेभ द चिल्डेन्सको सहयोगमा रुपन्देहीको बुटवलमा प्रदेश जनस्वाथ्य प्रयोगशाला भवन निर्माण भएको छ । दातृ निकायको सहयोगमा ८ करोड ७० लाख २० हजार ४ सय ७० रुपैयाँ लगातमा निर्माण भएको भवनको सोमबार प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकार संरचना पछि निर्माण भएको आफ्नै भवनको सञ्चालनका लागि आवश्यक संरचना निर्माणका लागि सरकारले सहयोग गर्ने बताएका थिए । उनले निर्माण भएका भौतिक संरचना पूर्ण रुपमा सञ्चालन गर्नका लागि अन्य सहायक संरचना, भवन निर्माणको लागि प्रदेश सरकारले जहिले पनि सहयोग…

आँखा पाक्ने समस्याः लक्षण र बच्ने उपाय

स्वास्थ्यसमाचार/बच्चामा आँखा पाक्ने समस्या वर्षातको समयमा बढी देखिन्छ। आँखा पाक्ने रोगलाई कन्जनटिभाइटिस पनि भनिन्छ। भर्खरै जन्मेको बच्चादेखि १५ वर्षको उमेरसम्मका बच्चालाई आँखा पाक्ने समस्या बढी देखिन्छ। आँखा पाक्नुका विभिन्न कारण छन्। जस्तैः इन्फेक्सन ( ब्याक्टेरिया र भाइरस ) ले एलर्जी र आँखामा केमिकल परेर। तर, वर्षातको समयमा बच्चाको आँखा इन्फेक्सन र एलर्जीको कारणले धेरै पाक्ने गर्छ। आँखा पाक्दा अत्यधिक पीडा हुन्छ। यसका साथै आँखा चिलाउने, पोल्ने र बिझाउने हुनुका साथै रातो हुन्छ। ब्याक्टेरयिाले आँखा पाकेको छ भने आँखामा पहेंलो चिप्रा आउँछ। भाइरलले पाकेको हो भने आँखाबाट पानी धेरै आउँछ। ब्याक्टेरिया…

साउन २१ देखी विमा उपचार सेवा बन्द गर्दै मिशन अस्पताल तानसेन

स्वास्थ्यसमाचार/युनाइटेड मिसन अस्पताल तानसेन पाल्पाले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत हुने उपचार स्थगित गर्ने भएको छ। करोडौँ बक्यौता रकम नतिरेको भन्दै स्थागित गर्न लागेको हो। यही साउन २१ गतेदेखि यो कार्यक्रम स्थगित गर्न लागेको हो। १२ करोड ८३ लाख ४२ हजार ७७३ रुपैयाँ ८ पैसा बाँकी बक्यौता रहेको अस्पताल प्रशासक जीवन भट्टराईले बताए। उनका अनुसार विगत तीन वर्षदेखिको बाँकी बक्यौता रकम स्वास्थ्या बीमा बोर्डले दिएको छैन। करिब १९ करोड मध्ये गत असार मसान्तमा ५ करोड दिएको उनले बताए। ७ करोड बराबरको मूल्यांकन भएकोमा २ करोड ५ लाख बिल भरपाई अस्वीकृत गरी रकम…

लुम्बिनीमा स्वास्थ्य संस्था स्थापना सम्वन्धी विधेयक पारित

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशसभाले स्वास्थ्य संस्था स्थापनासम्बन्धी विधेयक पारित गरेको छ। प्रदेशसभाको शुक्रबार बसेको बैठकले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संसोधन गर्न बनेको विधेयक पारित गरेको हो। प्रदेशसभा सामाजिक विकास समितिका तर्फबाट अघिल्लो बैठकमा प्रतिवेदनसहितको विधेयक सभामा प्रस्तुत गरिएको थियो। प्रदेशसभा बैठकमा स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संसोधन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख तुलाराम घर्तीले विधेयकलाई सभामा निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको थियो। बैठकमा विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरूले निजामति कर्मचारी…

ॐ अस्पतालद्वारा नि:शुल्क स्वास्थ्य शिबिर र औषधी बितरण

स्वास्थ समाचार /रुपन्देहिको तिलोत्तमा-४ ड्राइभरटोल स्थित ॐ महिला तथा बाल अस्पतालले महिला तथा बालबालिकाहरुको नि:शुल्क स्वास्थ्य जाँच गरेको छ । तिलोत्तमा-४ स्थित जन ज्योति उच्च माध्यमिक बिद्यालय डिङ्गरनगरमा शुक्रबार अस्पतालले महिला तथा बाल रोग सम्बन्धि जनचेतना तथा स्वास्थ्य शिबिरको आयोजना गरि नि:शुल्क स्वास्थ्य जाँच गरेको हो । बिश्व हेपाटाइटिस दिवसको अवसरमा ॐ अस्पताल र रोटरी क्लव अफ बुटवल डाउनटाउनको सयुक्तआयोजनामा भएको शिबिरमा महिला र बालबालिका गरि ३ सय जनाको स्वास्थ्य परिक्षण गरिएको अस्पतालले जनाएको छ । ॐ अस्पतालकी सुपरिटेन्डेन्ट डा शर्मिला शर्मा र बालरोग बिशेषज्ञ डा अनिल खनालले स्वास्थ्य जाँच…

वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था सुध्रिदैन : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था नसुध्रिने बताएका छन् । देशकै सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वीर अस्पताल नसुधारी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफु लागि परेको बताए । आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको अढाई महिनामा वीर अस्पतालमा विपन्न देखि भिआईपीसम्मका विरामीले महसुस गर्ने गरि काम गरेको दावी गर्दै मन्त्री बस्नेतले वीर अस्पताल सबै विरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रुपमा विकास गरेको…

स्थानिय स्तरमै विशेषज्ञ उपचार सेवा पु¥याउन प्रदेश सरकार प्रतिबद्धः स्वास्थ्य मन्त्री खनाल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले दुर्गम क्षेत्रका नागरिकले आफ्नै जिल्लाबाट भरपर्दो उपचार सेवा पाउने अबस्था श्रृजना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । भेरी अस्पताल नेपालगञ्जको १३३ औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले दुर्गम क्षेत्रका अस्पतालबाट पनि बिशेषज्ञ सेवा उपलब्ध गराउन मन्त्रालयले ती क्षेत्रमा जाने चिकित्सकलाई थप सुविधा दिने निती लिएको बताउनु भयो । यस्का लागी चालु आर्थिक वर्षको बजेटमा रकम व्यवस्था गरिएको पनि जानकारी दिनुभयो । मन्त्री खनालले आर्थिक र प्राविधिक दृष्टिले नहेरेर कार्यक्रम घोषणा गर्ने प्रवृत्तिका कारण अहिले धेरै स्थानिय तहलाई…