जनस्वास्थ्य संघको केन्द्रीय तथा प्रादेशिक निर्वाचन वैशाख ८ गते हुने

स्वास्थ्यसमाचार /जनस्वास्थ्य संघ केन्द्रीय तथा प्रादेशिक कार्यसमितिको निर्वाचन आगामी वैशाखमा हुने भएको छ। संघका केन्द्रीय अध्यक्ष अध्यक्ष वसन्त अधिकारीका अनुसार केन्द्रीय समितिको बैठकको निर्णयले नेपाल जनस्वास्थ्य संघ केन्द्रीय तथा प्रादेशिक कार्यसमितिको आगामी निर्वाचन २०८१ वैशाख ८ गते निर्धारण गरिएको जानकारी दिए। उनले उक्त निर्वाचनमा सहभागी हुन चाहने जनस्वास्थ्यकर्मीहरुले आजीवन वा साधारण सदस्यता लिन तथा साधारण सदस्यता नविकरण २०८० फाल्गुन मसान्तसम्म गरिसक्नुपर्ने जानकारी दिए ।

लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीको क्षयरोग अन्तका लागि “प्रतिबद्धता”

स्वास्थ्यसमाचार/लुम्बिनी इन्टरनल मेडिसियन सोसाईटी को प्रथम अधिवेशनद्वारा क्षयरोग अन्तका लागि एउटा प्रतिबद्धता जनाएको छ । बुटवलमा सम्पन्न LIMS को प्रथम अधिवेशनको पहिलो भागमा राष्टिय क्षयरोग कार्यक्रम सम्बन्धी भएको CME शेशनका प्रमुख वक्ताहरूको रूपमा राष्टिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठ र सेभ द चिल्ड्रेनका बरिष्ठ प्राविधिक सल्लाहकार डा. आशिष श्रेष्ठले क्षयरोग कार्यक्रमको रणनैतिक लक्ष्य, प्रिभ्यालेन्स सर्भेको को वारेमा बोल्नु भएको थियो। उहाले नेपालमा बार्षिक अनुमानित क्षयरोगका विरामी संख्या (६९हजार देखी  १लाख १७ हजार सम्म), त्यो अनुसार नेपालले गरेको प्रगती तथा चुनौती, क्षयरोग निदान र केश व्यवस्थापनमा भएका नयाँ पहलहरू…

लुम्बिनी इन्टरनल मेडिसिन सोसाईटी अध्यक्षमा डा.पौडेल निर्वाचित

स्वास्थ्यसमाचार/ लुम्बिनी इन्टरनल मेडिसिन सोसाईटी अध्यक्षमा डा विष्णुप्रसाद पौडेल निबिरोध निर्वाचित हुनु भएको छ। बुटबलमा आज भएको मेडिसिन सोसाईटी प्रथम अधिवेशनले डा पौडेलको अध्यक्षतामा समिति निबिरोध भएको हो । इन्टरनल मेडिसिन सोसाईटी बरिष्ठ उपाध्यक्ष डा नन्दु प्रसाद पाठक उप सभापति डा महेश राज घिमिरे महासचिव डा सरोज थापा सचिवमा डा कृष्ण कुमार अग्रवाल कोषाध्यक्षमा डा बिशाल के.सी.सह कोषाध्यक्षमा डा शम्भु खनाल सदस्यमा डा मोहनलाल तिवारी सुन्दर पान्डे डा तिलचन्द पान्डे डा. मनिष बि.क डा कृष्ण खनाल डा आकाश शाही सदस्य भएको निर्वाचन समितिका संयोजक गुणनिधि खनालले बताउनु भयो। नवनिर्वाचित अध्यक्ष…

पाल्पामा १७ हजार बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने

स्वास्थ्यसमाचार /पाल्पामा दादुरा–रुबेला खोप लगाउने दुई चरणमा लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यलय पाल्पाले १० पालिका मध्ये ५ पालिकामा पहिलो चरणमा फागुन १३ गते १६ गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा जिल्लाको तानसेन, रिव्दीकोट, बगनासकाली, रैनादेवी छहरा, माथागढी र तिनाउ गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले वताउनु भयो। यस्तै, दोस्रो चरणअन्तर्गत फागुन २१ गतेदेखि २४ गतेसम्म रामपुर, रम्भा, पूर्व खोला र निस्दी गाउँपालिकामा अभियान सञ्चालन हुने डा गिरीले बताउनुभयो ।अभियान सुरु गर्नुअघि जिल्लास्तरीय सूक्ष्म रुपमा योजना बनाउने, स्वास्थ्यकर्मीहरूलाई तालिम…

घटेको छैन लुम्बिनी प्रदेशमा मातृ तथा नवजात शिशु मृत्युदर

स्वास्थ्यसमाचार /राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा प्रति एक लाख जिवित जन्ममा १ सय ५१ जना आमाहरूको मृत्यु हुने गरेको पाइएको छ । जुन नेपालको तथ्यांक हो । नेपालमा सबै भन्दा बढि लुम्बिनी प्रदेशमा मातृमृत्यु हुने प्रदेशमा देखिएको छ ।स्वाथ्य निर्देशनालय लुम्बिनीको तथ्यांक अनुसार प्रदेशमा १ लाख जिवित जन्ममा मा २ सय ७ जना आमाको ज्यान गुमाउने गरेको पाइएको हो ।जुन सबैभन्दा बढि लुम्बिनी प्रदेशमा रहेको छ । स्वाथ्य निर्देशनालय दाङका अनुसार सबैभन्दा दुर्गम मानिने सुदुरपश्चिम र कर्णालीमा भन्दा पनि बढी आमाहरूको मृत्यु हुने गरेको तथ्याङ छ। जिल्ला अनुसारको…

घरदैलोमै बिशेषज्ञ स्वास्थ्य सेवा पाएपछि जेष्ठ नागरिकमा उत्साह

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाको बाआमासँग नगर प्रमुखु कार्यक्रमअन्तरगत बिहीबार बुटवल ३ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ। सोमबार बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर शुरु भएको कार्यक्रमअन्तरगत बुधबार वडा नं १ मा ७३ जना र २ मा १ सय २९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। यस्तै बिहीबार वडा नम्बर ३ मा १ सय ७६ जनाको स्वास्थ्य परीक्षण गरिएको र तीमध्ये ४८ जनाको इसीजी र १ सय ४१ जनाको मधुमेह परीक्षण गरिएको छ।जेष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमले आफुलाई खुशी लागेको नगर प्रमुख खेलराज…

स्वास्थ्यमन्त्री द्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

स्वास्थ्यसमाचार/  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक अस्पताल, लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको एक समारोहबीच बिहीबार उद्घाटन गरेका छन् । सिविन नेपाल र फोरुट नर्वेको सहकार्यमा मानसिक अस्पतालमा किशोर किशोरीका लागि छुट्टै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको इकाई १२ शैयाको छ । जसमध्ये ६ वटा शैया जनरल र ६ वटा शैया सेमी जनरल छन् । इकाईमा मनोचिकित्सक, नसिङ, विशेष शिक्षक, समाजिक कार्यकर्ता गरि ३० जना कर्मचारीले सेवा प्रदान गर्ने छन् । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यको उचित सुविधा प्राप्त गर्न नसक्दा…

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बर्थिङ सेन्टर पिआइसियु सुरु

स्वास्थ्यसमाचार/  बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष(पिआईसियु) सेवा सुरु भएको छ। बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले कक्षको उद्घाटन गर्नु भयो। परिवारका सदस्यहरू र विशेषज्ञ सहित बच्चा जन्माउने सुविधा सहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक सी को पहिलो तल्ला र २८ दिन देखि १४ वर्ष सम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक सी तेस्रो तल्लाबाट यो सेवा प्रदान गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बताउनु भयो। उद्घाटन पश्चात् आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मन्त्रालयले प्रदेशका १३…

धुम्रपान बिरुद्ध अभियानमा ओम फाउण्डेशन , देशब्यापी विद्यालय स्तरीय प्रतियोगिता गर्ने

स्वास्थ्यसमाचार/धुम्रपान विरुद्धको अभियानमा सुरु देखि नै सक्रिय डा ओम फाउण्डेशनले प्रणय दिवस तथा सरस्वती पूजाको सन्दर्भ पारेर युवा लक्षित देशव्यापी कार्यक्रम चलाएको छ । डा. ओम फाउन्डेसन’का संस्थापक वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलले धुम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुई हप्ते सचेतना मूलक अभियान चलाएको हो ।उनले पछिल्लो केही दिन देखि ‘धुम्रपान गर्ने स्वार्थी हुँदैनन्’ भन्ने अभियान सञ्चालन गर्दै आएका छन् । विद्यालय स्तरमा स्वास्थ्य सचेतना मूलक अभियान सञ्चालन गर्नका निम्ति फाउन्डेसनले ‘स्कुल हेल्थ प्रोग्राम’ अगाडि बढाएको छ । सोही सन्दर्भमा फाउन्डेसनले धुम्रपान र सुर्ती सेवन सम्बन्धी ‘विद्यालयस्तरीय…

लुम्बिनीमा दादुरा–रुबेलाको खोप ११ लाख बढीलाई लगाइने

स्वास्थ्यसमाचार/सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुबेला रोग निवारण गर्न नेपाल सरकारले प्रतिबद्धता जनाएपनि कोभिड–१९को महामारी र अन्य कारणहरुले गर्दा नेपालमा पछिल्लो समय बालबालिकाहरूमा दादुरा रुबेलाको महामारी देखिएको छ । कोभिड–१९ ले गर्दा नेपालमा दादुरा रुबेलाको खोप लगाउन छुटेका बालबालिकाहरुको संख्यामा बृद्धि भई २०७९/०८० मा दादुराको महामारी देखिएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले जनाएको छ । लुम्बिनी प्रदेश पूर्ण खोप प्रदेश घोषण भएपनि २०७९ मंसिर ३ देखि २०८० पुष १५ गतेसम्म दादुरा रुबेलाको महामारीको रुपमा सबै भन्दा धेरै बिरामी बाँकेमा फेला परेको थियो । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार बाँकेमा ३ सय…