स्वास्थ्यसमाचार/शुक्रबार गुल्मीका १२ वटै वटै स्थानीय तहका स्वास्थ्यकर्मी र उनीहरु संग सरोकार राख्ने मानिसहरु जिल्लाकै एक सुन्दर र स्वास्थ्य क्षेत्रको उदाहरणीय थलो पल्लीकोट स्वास्थ्य चौकीमा पुगे । धेरै बर्ष पछि त्यहाँ पुगेकाहरुले त्यस स्वास्थ्य चौकीको त्यति बेलाको अवस्था स्मरण गर्दै अहिले भएको विकासको खुलेर प्रशंसा गरे । जिल्ला स्तरिय कार्यक्रम सधै सदरमुकाम केन्द्रित हुने परम्परालाई तोड्दै जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सम्वन्धि जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठी आयोजना गरेकोले त्यस सुन्दर र उदाहरणीय थलोमा १२ वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरु र स्वास्थ्य क्षेत्रमा कार्यरत संघ संस्थाका प्रतिनिधि पुगेका हुन । छत्रकोट गाउँपालिका…
समाचार
स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. प्रकाश बुढाथोकी नियुक्त
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.प्रकाश बुढाथोकीले पाएका छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गत मंगलबार ९२ असोज० मन्त्रीस्तरीय निर्णय गर्दै डा. बुढाथोकीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । एघारौँ तहका डा बुढाथोकी अहिले पनि केन्द्रीय कारागार अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्ट पदमा कार्यरत छन् ।डा. बुढाथोकीले मन्त्रालयको प्रवक्तको जिम्मेवारी पार्ट टाइम जिम्मेवारी भन्दै फुल टाइम काम अस्पतालमै हुने बताए । ‘२ बजेसम्म त म केन्द्रीय कारागार अस्पतालमै हुनेछु । त्यसपछि मन्त्रालयमा गएर काम गर्नेछु,’ उनले भने । सामान्य त मन्त्रालयको प्रवक्ता समन्वय महाशाखाको प्रमुखलाई दिईने गरिन्थ्यो । तर कोभिड (१९ महामारीका…
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट फेलोसिप सञ्चालन गर्ने
स्वास्थ्यसमाचार/ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोस्ट डक्टरल फेलोसिपफेलोसिप कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रष्तिठानले एक वर्षे जेरियाट्रिक मेडिसिनमा पोस्ट डक्टरल फेलोसिप सञ्चालन गर्नका लागि पाठ्यक्रम समेत तयार पारेको छ । यसका बिषयमा जानकारी दिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले शुक्रबार राजधानीमा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जेरियाट्रिक विधालाई अगाडि बढाउनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाठ्यक्रम नै बनाएर अगाडि बढ्नु राम्रो कामको सुरुवात भएको बताए । रोग लागिसकेपछि उपचार गराउनुभन्दा रोग लाग्नै नदिने किसिमका बिषयबस्तु पनि…
बेलायती राजदुत फेन र स्वास्थ्य मन्त्री खनाल बिच शिष्टाचार भेटवार्ता
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र नेपालका लागी बेलायती राजदुत रोब फेन (Rob Fenn) बिच स्वास्थ्य मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा बेलायत सरकारले नेपालमा गरिरहेको सहयोग र लुम्बिनी प्रदेशको स्वास्थ्य सेवाको बारेमा छलफल भएको छ । भेटका क्रममा विशेषगरि प्रदेशको पोषण र स्वास्थ्य शिक्षाका बारेमा छलफल भएको छ । भेटमा मन्त्री खनालले सुरक्षीत मातृत्व, नवजात शिशु स्वास्थ्य, पोषणको अबस्था लगायतको सुधारका लागी प्रदेश सरकारले काम गरिरहे पनि अपेक्षित सुधार हुन नसकेको बताउनु भयो । परिवार नियोजनका साधनको प्रयोगदर, नसर्ने रोग र मानसिक स्वास्थ्य पनि प्रदेशमा स्वास्थ्य…
रोहिणीका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको कार्यक्षेत्र हेरफेर
स्वास्थ्यसमाचार/रुपन्देहीको रोहिणी गाउँपालिका अन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको कार्यक्षेत्र हेरफर गरिएको छ । विविध क्षेत्रगत तथा अनुभव हासिल गर्ने तथा नयाँ कार्यक्षेत्रमा नयाँ तरिकाले कार्यसम्पादन गरेर संस्थाको लक्ष्य प्राप्तीमा अग्रसर गराउने उद्देश्यले स्वास्थ्य संस्थाका इन्चार्जसहित केही कर्मचारीहरुको कार्यक्षेत्र/जिम्मेवारी हेरफेर गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । जसअनुसार बगहा स्वास्थ्य चौकीका हेल्थ ईन्स्पेक्सन (हे.इ.) अधिकृतलाई पजरकट्टी स्वास्थ्य चौकीको इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तै पोखरभिण्डी स्वास्थ्य चौकीका हे.इ. अधिकृतलाई छिपागढ स्वास्थ्य चौकीको इन्चार्ज, छिपागढ स्वास्थ्य चौकीको हे.इ. अधिकृतलाई बगाहा स्वास्थ्य चौकीको इन्चार्ज, वोदवार स्वास्थ्य चौकीका हे.इ. अधिकृतलाई पोखरभिण्डी स्वास्थ्य…
रोल्पा अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालन हुने
स्वास्थ्यसमाचार /रोल्पा अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ईपिडिमियोलोजी तथा रोग नियन्ता महाशाखाले रोल्पा अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्नको लागी अनुमति दिएको छ। रोल्पा अस्पतालबाट सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न माग भए अनुसार यो अनुमति दिइएको ईपिडिमियोलोजी तथा रोग नियन्ता महाशाखाका डा हेमन्त चन्द्र ओझाले बताउनु भयो। रोल्पा अस्पतालका मेसु डा लोक रत्न ज्ञवालीका अनुसार जिल्लामा यो उपचार नभएर समस्या थियो बिभागले अनुमति दिएको छ अब हामी सर्पदंशको उपचार गर्न सक्षम हुनेछौं हाले भन्नु भयो। रोल्पा अस्पतालमा पछिल्लो समय सेवा बिस्तार भएसंगै बिरामीको…
बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको स्वास्थ्य मन्त्री बस्नेतद्वारा प्रशंसा
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशांसा गरेका छन् । बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकिकरण तथा सम्झौता हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरे जस्तै विपन्न र गरिवको सहज स्वास्थ्य उपचारका क्षेत्रमा गरिरहेका काम प्रशंसनिय रहेको बताए । मन्त्री बस्नेतले भने,‘केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफ्ना सबै अस्पताल र प्रतिष्ठानमा जनरल बेड नि:शुल्क गर्ने निर्णय गरेपछि बाग्मती प्रदेशलाई पनि विपन्नका लागि प्रदेश मातहतका अस्पतालका बेड नि:शुल्क गर्न सल्लाह दियौ ।…
लुम्बिनीमा खकार ढुवानी वाट१४५७ क्षयरोगका विरामीहरु पत्ता लागे
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा क्षयरोग अर्थात टीबीका विरामीहरू पत्ता लगाउनको लागि खकार ढुवानी सेवाको प्रभावकारीता देखिएको छ । प्रदेशका गाउँ गाउँमा रहेका संभावित क्षयरोगका मानिसहरु आफै सहज रूपमा निदान केन्द्र अर्थात प्रयोगशाला सम्म पुग्न सक्ने अवस्था अहिले पनि छैन र सवै स्वास्थ्य संस्थाहरुमा क्षयरोगको गुणस्तर जाँचको सुविधा उपलब्ध छैन । विश्व स्वास्थ्य संगठनका अनुसार उपलब्ध भए सम्म क्षयरोगको संभावित विरामीहरुको जाँच जिन एक्सपर्ट मेसिनमा गर्न सिफारिश गरेको छ जसबाट खकारमा क्याफ्टेरियाको मात्रा तुलनात्मक रुपमा कम भए पनि क्षयरोगको निदान गर्दछ । क्षयरोगको औषधी (Rifampicin ) को पनि प्रतिरोध (Resistant) छ की छैन…
मातृ मृत्युदर र कुपोषण सुन्नमा झार्न स्थानिय तहको भूमिका महत्वपूर्ण :स्वास्थ्यमन्त्री खनाल
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशबाट मातृ मृत्युदर र कुपोषण सुन्नमा झार्न स्थानिय सरकारकाले भूमिका महत्वपूर्ण हुने बताउनु भएकाे छ । दाङ जिल्लामा रहेका स्वास्थ्य सँस्था, अस्पताल तथा दस वटै पालिकाका स्वास्थ्य शाखाले आर्थिक वर्ष २०७९/०८० मा गरेका स्वास्थ्य कार्यक्रमहरूका जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रमलाई सम्बन्धन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सात प्रदेश मध्ये लुम्बिनी प्रदेश मातृ मृत्यु र कुपोषणमा धेरै पछाडि रहेकाे भन्दै त्यसलाई सुन्नमा झार्ने गरि काम गर्न आबश्यक रहेकाे बताउनु भयाे । मन्त्री खनालले स्थानिय सरकारलाई अबका कार्यक्रम त्यसमा केन्द्रित गर्न आग्रह गर्नु भयाे…
काञ्चनपुरमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ
कञ्चनपुर/ बेलौरी नगरपालिकामा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन्। हातपातमा पर्ने अहेब नरेन्द्रप्रसाद गैरेको जाहेरी पछि बुधबार अपरान्ह ईलाका प्रहरी कार्यालय बेलौरीले हातपातमा उत्रिने रामबहादुर खड्कालाई पक्राउ गरेको हो। खड्का माथि प्रहरीले स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गरेको आरोपमा मुद्धा चलाउने तयारी गरेको छ।यसअघि आफूमाथि हातपात तथा दुर्व्यहार गरेको भन्दै अहेव गैरेले खड्का माथि होस् भन्दै इलाका प्रहरी कार्यालय बेलौरीमा जाहेरी दिएका थिए। उक्त जाहेरीपछि प्रहरीले अनुसन्धान तथा कार्वाही प्रक्रिया अघि बढाएको हो।