कपिलवस्तुको बाणगंगा ९मा सर्पले डस्दा दिदी बहिनीको मृत्यु

स्वास्थ्यसमाचार/कपिलवस्तुको बाणगंगा नगरपालिकामा सर्पले डसेका दिदीबहिनीको मृत्यु भएको छ । नगरपालिकाको वडा ९ का तीन वर्षीय रीतिका क्षेत्री र ८ वर्षीय इशिका क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । मंगलवार राति अन्दाजी १२ बजे सर्पले डसेको बुबा मोतीलाल क्षेत्रीले बताए । बिहान ४ बजेतिर बिस्तारामा सर्प देखिएपछि सर्प दंशको लक्षण देखिएकी इसिकालाई उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा पुगाएको थियो । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए । दिदीलाई उपचार गर्दैगर्दा रीतिकामा सर्प दंशको लक्षण…

दरबन्दी थप्ने उपकरण भने चलेपछि मात्र बजेट : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्यसमाचार/संघिय स्वास्थ्यमन्त्री र प्रदेश स्वास्थ्यमन्त्रीले बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षणपछि गर्नु भएको छ। संघिय स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनीका स्वास्थ्यमन्त्री राजु खनालले निरीक्षणपछि अस्पतालमा छलफल गरि जनशक्ति, भवन, उपकरण सबैको वारेमा जानकारी लिनु भएको छ। स्वास्थ्यमन्त्री बस्नेतले अस्पतालमा दक्ष जनशक्ति थप्न अर्थ मन्त्रालय सहमत भएको बताउदै आबश्यक सहयोगको लागी सरकार तयार रहेको बताउनु भयो। हाले क्यान्सर अस्पतालको अस्थायी दरवन्दी स्वीकृत क्याबिनेटमा गएको जानकारी दिँदै उहाँले आजै निर्णय हुने पनि बताउनुभयो । स्थानीयले मुठि दान गरेर क्यान्सर अस्पताल स्थापना गरेको भन्दै उहाँले यो अस्पताल यहाँका नागरिकको लागि…

स्वयंसेविकालाई रिसिईबी र राजनितिक प्रतिशोधमा कारवाही किन ?

स्वास्थ्यसमाचार/ एमाले बुटवल उपमहानगर कमिटीले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयलाई २४ बुंदे ज्ञापनपत्र बुझाएको छ । नगर प्रमुखले राजनितिक प्रतिशोधका आधारमा अघिल्लो नेतृत्वले अघि सारेका योजनाहरु अलपत्र पार्ने काम गरेको वताएको छ। नगरप्रमुख लाई बुझाएको ज्ञापनपत्रमा बुटवल उपमहानगरपालिकाले राजपत्रमा प्रकाशित गरेको महिला स्वास्थ्य स्वयंसेविका (सेवा तथा सुविधा) सम्बन्धी निर्देशिका अनुसार स्वयंसेविकाहरुलाई मासिक खर्च रु १०००, वार्षिक चाडपर्व खर्च रु ३००० र स्वयंसेविका सम्मान बिदाई खर्च उपलब्ध गराउनुपर्नेमा मासिक खर्च र सम्मान स्वरुप दिईने बिदाई खर्च उपलब्ध नगराएर स्वयंसेविकाहरुले स्वास्थ्य सेवा प्रवाहमा गरेको योगदानको अवमूल्यन गर्ने र उनीहरुलाई अपमान गर्ने काम…

भूकम्पपछि बझाङकी मनिषाले चौरमा बच्चा जन्माइन्

स्वास्थ्यसमाचार/भूकम्पपछि बझाङमा एक महिलालाई अस्पतालको चौरमा सुत्केरी गराइएको छ । जिल्लालाई नै केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण सुत्केरी हुन जिल्ला अस्पताल बुझाङ पुगेकी एक महिलालाई अस्पतालको चौरमा लगेर सुत्केरी गराइएको हो । अस्पतालका डाक्टर इन्द्र शाहका अनुसार तलकोट गाउँपालिका १ गोथीचौरकी २० वर्षीय मनिषा ऐडीले ३स/ २५ मिनेटमा बच्चालाई जन्म दिएकी हुन् । नर्मल डेलिभरीमार्फत बच्चालाई जन्म दिएकी मनिषा र बच्चाको अवस्था सामान्य रहेको डाक्टर शाहले  जानकारी दिए । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६/३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको थियो।…

डाक्टर कुट्नेलाई धरौटी होईन सिधै जेल हाल्नुपर्छ :गगन थापा

स्वास्थ्यसमाचार/नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले डाक्टरहरूमाथि कुटपिट गर्नेलाई धरौटीमा छाड्न नहुने बताएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले डाक्टरमाथि कुटपिट गर्नेलाई जेल नै पठाउने कानुन बनाउन सांसदहरूले सहयोग गर्ने बताए । सम्झौता भएको २४ घण्टा नबित्दै डाक्टरमाथि फेरि आक्रमण भएको उनले बताए । ‘आक्रमण हुँदा किन्तु, परन्तु केही नभनी जेल विथआउट बेल हुन्छ भन्ने हुँदैन । अनि, कुनै पनि उपचारको सन्दर्भमा उपभोक्तहरूलाई गुनासो हुन्छ भने यसको वैधानिक सम्बोधन हुन्छ भन्ने भर हुँदैन । यस्तो घटना दोहोरिरहन्छ,’ उनले भने । डाक्टरहरूमाथि आक्रमणको घटनाको क्रम तोड्न सरकारले मेडिकल एसोसिएसनसँग…

मन्त्रालयले तोकेको क्षेत्रमा काम गर्न सहयोगी निकायलाई स्वास्थ्य मन्त्री खनालको आग्रह

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशमा काम गर्ने सहयोगी निकायहरूले मन्त्रालयले निर्धारण गरेको क्षेत्रमा काम गर्नुपर्ने बताउनु भएको छ । प्रदेशको स्वास्थ्य अबस्था सुधारका लागि प्रदेश सरकारले तय गरेको रोडम्यापमा रहेर मन्त्रालयले भनेको क्षेत्रमा सहयोगी निकायले काम गर्नुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका कर्मचारी बिचको छलफलमा मन्त्री खनालले सहयोगी निकायका कार्यक्रम केही जिल्लामा मात्रै केन्द्रित रहेको भन्दै अब मन्त्रालयले भनेको क्षेत्रमा पुर्याउनु पर्ने बताउनु भएको हो । मन्त्री खनालले परिणाम देखिने गरी काम गर्न स्वास्थ्य निर्देशनालयका कर्मचारीहरूलाई निर्देशन पनि दिनुभयो । उहाँले सबैसँग समन्वय गर्ने प्रणाली स्थापित…

कपिलवस्तुको बाणगंगामा कपिलधाम प्राकृतिक चिकित्सालय सञ्चालन

स्वास्थ्यसमाचार/कपिलवस्तुको बाणगंगा नगरपालिका ९ मा रहेको कपिलधाम प्राकृतिक चिकित्सालयको स्थापना भएको छ । अस्पतालको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थीले एक समारोहबीच उद्घाटन गर्नुभयो । अस्पतालको उदघाटन गर्दै सांसद पन्थीले प्राकृतिक चिकित्सालयबाट धेरै नागरिकले सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले जीवन जिउने तरिकामा ध्यान दिनुपर्ने बताउदै स्वस्थ जीवनयापनमा चिकित्सालयले महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । आमनागरिकले स्वस्थ रहन आहार बिहार, रहन–सहनमा ध्यान दिनुपर्ने बताउँदै नागरिक भनेका राज्यका सम्पत्ति भएकाले लगानी गर्नुपर्ने पन्थीले बताउनुभयो । कार्यक्रममा वाणगंगा नगरपालिका प्रमुख चक्रपाणी अर्यालले शाख्य दर्शनका प्रवर्तक कपिलमुनि ऋषिले पवित्र पर्यटकीयस्थल…

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी

स्वास्थ्यसमाचार/सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी छ । केही बेरअघि सुरु भएको वार्तामा चिकित्सकहरुले उठाएको मागबारे छलफल भइरहेको गृहमन्त्रालयका एक अधिकारी विनोद विश्वकर्माले बताउनुभयो । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएको दुर्व्यवहारका घटनामा संलग्न भएका व्यक्तिलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । दुवै पक्षबीच गृहमन्त्रालयमा वार्ता जारी छ । चिकित्सकले आज पनि काठमाडौंमा प्रदर्शन गरेका थिए ।

आर सी थारु मेमोरियल अस्पताललाई सिकलसेल एनिमिया अस्पतालको रुपमा बिकास गरिने

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेश भित्र सिकल सेल एनिमिया रोगको उपचार हुने छुट्टै अस्पतालको आवश्यक्ता रहेको बताउनु भएको छ । जिल्ला अस्पताल बर्दिया, आर सी थारु मेमोरियल अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुको अनुगमनका क्रममा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै खनालले यस्तो बताउनु भयो। यसका लागी चालु आर्थिक वर्षमा ३० लाख रुपियाँ प्रदेश स्वास्थ्य मन्त्रालयले विनियोजन गरेको जानकारी दिदै मन्त्री खनालले सिकल सेल एनिमिया अस्पताल सञ्चालनका बारेमा संघिय सरकारसँग पनि आफूले कुरा गरेको बताउनु भयो । स्थानिय सरकारलाई शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्न आग्रह गर्दै मन्त्री खनालले नागरिकलाई…

भीम अस्पताल भैरहवामा वार्षिक ९६ हजार बिरामीको उपचार

स्वास्थ्यसमाचार/रुपन्देहीको जिल्ला अस्पताल भीमले पछिल्लो एक वर्षमा स्वास्थ्य सेवामा धेरै सुधार गरेको छ । भैरहवा क्षेत्रको सबै भन्दा पुरानो र सरकारी अस्पतालको रुपमा रहेको अस्पताल ५० शैय्याको सूचिकृत रहेपनि १ सय ७ शैय्याबाट सेवा दिदै आएको छ । अस्पतालले आर्थिक वर्ष २०७९/०८० मा आकस्मिक र बहिरंग सेवामा ९५ हजार ९ सय ४३ जनालाई सेवा प्रदान गरेको छ भने सञ्चालित स्वास्थ्य कार्यक्रमहरु उत्कृष्ट रहेको र केहीमा सुधार गर्नुपर्ने देखिएको वार्षिक समिक्षामा औल्याएको छ । लुम्बिनी प्रदेशका अस्पतालहरु मध्ये न्युनतम स्वास्थ्य मापदण्ड कार्यान्वयन तथा सेवा प्रदानमा भीम अस्पताल लुम्बिनी प्रदेशमा तेश्रो स्थानमा…