स्वास्थ्यसमाचार/जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । ‘सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अब भेरीमा शल्यक्रिया गरिएका छ बिरामीमात्रै हुनुहुन्छ,’ श्रेष्ठले भने, ‘उहाँहरूको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।’ भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको…
समाचार
एएचएफ नेपालको छ महिनामा सम्पन्न गरिएका कामको समिक्षा
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा एच आइ भी र एड्सको रोकथाम, परीक्षण, उपचार र हेरचाहका लागि सुरु भएको परियोजना एएचएफ नेपालको छ महिनाको कार्यक्रमको समिक्षा गरेको छ।परियोजनाले आगामी कार्यदिशा तय गर्दा आउने समस्या तथा रोडम्यापका वारेमा पनि छलफल गरिएको थियो। कार्यक्रममा एएचएफ नेपाल लुम्बिनी प्रदेश का कार्यक्रम संयोजक धर्मराज भट्टराइले सन् २०२२ नोभेम्बर ११ देखि सन् २०२७ लागू भएको परियोजनाको ६ महिनामा भएको काम र आगामी दिनमा गरिने कामको बारेमा जानकारी गराउनु भयो। परियोजनाले नेपाल सरकारलाई दिगो विकास लक्ष्य तथा राष्ट्रिय एचआईभी रणनीति योजना २०२१/२०२६ ले परिकल्पना नयाँ एचआईभी संक्रमण रोकथाम…
लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना कार्यान्वयन भए स्वास्थ्य सेवा प्रवाह सहज
स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको स्वास्थ्य सेवालाई सहज बनाउन गुरुयोजना कार्यान्वयन गर्नु पर्ने बताईएको छ।प्रदेश सकारले गुरुयोजना कार्यान्वयन नगर्नु सिमित श्रोत र साधनले सेवा उपलब्ध गराउनु पर्दा गुणस्तरीय सेवा प्रवाहमा समस्या भएको सरोकारवालाहरुले बताए । युएनडिपीको सहयोगमा चाँदनी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सम्बन्धी सार्वजनिक संवाद कार्यक्रममा सहभागीहरुले विगतको तुलनामा लुम्बिनी प्रादेशिक अस्पतालमा सेवाग्राहीको आकर्षण बढ्दै गएको उल्लेख गरे । तर, सेवाग्राहीको आकर्षण र चाप अनुसार जनशक्ति व्यवस्थापन तथा भौतिक संरचना तयार नहुँदा सेवा प्रवाह अपेक्षा अनुसारको स्वास्थ्य सेवा प्रवाह हुन नसकेको समेत उनीहरुले बताए…
भुकम्प प्रभावित क्षेत्रमा तिलोत्तमाका स्वास्थ्यकर्मी सुत्केरी आमाहरूको सेवामा सक्रिय
स्वास्थ्यसमाचार /तिलोत्तमाका स्वास्थ्यकर्मीको टोलिले आज चौथो भुकम्प प्रभावित क्षेत्र नलगाढ नगरपालिका ४मा ३सय ४० घरका महिला तथा सुत्केरी आमाहरूको सेवामा सक्रिय रहेको छ। महिला तथा सुत्केरी आमाहरूको स्वास्थ्यमा आउने समस्या लाई मध्यनजर गरी अस्थाई टहरा निर्माण र सुरक्षित एवम न्यानो कपडा समेत वितरण गरेको छ। तिलोत्तमा नगरपालिका स्वास्थ्य अधिकृत कमल पाण्डेका अनुसार त्यस नगरपालिकामा ३१रहेका सुत्केरी आमाहरू रहेका र ति सबै खुल्ला आकाश मुनि रहेकोले अस्थायी टहरा बनाई सुरक्षित राखिएको बताउनु भयो। तिलोत्तमाको स्वास्थ्यकर्मीको टोली र राहत सहित भुकम्प गएको दोश्रो दिन नै उक्त क्षेत्रमा उद्धारको लागी राहत लिएर हिडेको…
युनिभर्सल मेडिकल कलेजकी प्रिन्सिपललाई पदमुक्त गर्ने सहमति, विद्यार्थीको आन्दोलन फिर्ता
स्वास्थ्यसमाचार/युनिभर्सल मेडिकल कलेजका विद्यार्थीको एक महिना अघिदेखिको आन्दोलन फिर्ता भएको छ । आन्दोलनरत विद्यार्थीले प्रमुख कार्यकारी अधिकृत कक्ष, प्राचार्य कक्ष, सह(प्राचार्य कक्ष, मेडिकल सुपरिटेन्डेन्ट कक्ष, इन्टर्नसिप संयोजक कक्ष, लेखा शाखा तथा मानव संशाधन शाखामा तालाबन्दी गरेका थिए । युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पताल भैरहवाकी प्रिन्सिपल प्रा।डा। लक्ष्मी पाठकलाई पदमुक्त गर्ने सहमति भएपछि विद्यार्थीको एक महिनादेखि जारी विद्यार्थीको आन्दोलन फिर्ता भएको हो। अस्पतालका प्रमुख कार्यकारी अधिकृत मोहनकुमार पिएसले विज्ञप्ति जारी गर्दै आन्दोलनरत विद्यार्थीसँग सहमति भई विद्यार्थीका माग सम्बोधन गरिएकाले आजदेखि कलेजको पठन पाठन र उपचार सेवा सुरु हुने जानकारी दिएका…
भारतद्वारा १० करोड रुपैयाँ बराबरको भूकम्प राहत सामग्री हस्तान्तरण
स्वास्थ्यसमाचार/ भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि रु १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ। जाजरकोट भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धताअनुरुप आज रु १६ करोडबराबरका आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज विमानस्थलमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ। भारतीय वायुसेनाको विशेष विमानले आज ढुवानी गरेका ११ टनभन्दा बढी राहत सामग्री मन्त्री खड्कालाई हस्तान्तरण गरिएको हो। आज हस्तान्तरित सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरलगायत चिकित्सा उपकरण र अत्यावश्यक औषधि छन्। भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय…
जाजरकोटमा भूकम्पबाट ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार
स्वास्थ्यसमाचार/शुक्रबार राति गएको भूकम्पमा परी ज्यान गुमाएकी जाजरकोटको नगलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहसहित ५५ जनाको अन्तिम संस्कार गरिएको छ। उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासहितको उपस्थितिमा अन्तिम संस्कार गरिएको हो। नलगाड नगरपालिका वडा नं ४ का अध्यक्ष बद्रीबहादुर पन्तले उपप्रमुख सिंहको निधनबाट पालिकालाई ठूलो क्षति पुगेको बताए। ‘पालिकाको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्ति गुमाउँदा ठूलो पीडा भएको छ,’ उनले भने। भूकम्प गएको समयमा उपप्रमुख सिंह सदरमुकाम खलङ्गा भए पनि श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई नलगाड ल्याइएको थियो। अध्यक्ष पन्तका अनुसार भूकम्पमा परी मृत्यु…
भूकम्पपीडितलाई बुटवलले २५, तिलोत्तमाले १० र सियारीले ८ लाख दिने
स्वास्थ्यसमाचार/भूकम्पपीडितलाई बुटवल उपमहानगरपालिकाले २५ लाख सहयोग गर्ने भएको छ। उपमहानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीबाट राहत सामग्री पठाउन अपिलसमेत गरेको छ। गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयका बैठकहरुको निर्णयबमोजिम बुटवलभित्रका संघसंस्था तथा क्लबहरुलाई एकीकृत रुपमा राहत सामग्री पठाउनका लागि आह्वान गरेको हो। बुटवल उपमहानगरपालिकामा आइतबार बसेको बैठकले बुटवलभित्रका सामाजिक संघ संस्था, व्यक्ति र क्लबहरुले पठाउने राहत सामग्री जाजरकोट र रुकुम पश्चिमसम्म पठाउन बुटवल उपमहानगरपालिकाले समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ। जाजरकोट र रुकुम पश्चिममा राहत सामग्री पठाउँदा अव्यवस्थित भएको र वितरणमा कठिनाई भएकाले व्यवस्थित र एकीकृत रुपमा पठाउने र…
घाइतेको उपचारमा केन्द्रित हुन स्वास्थ्य मन्त्री राजु खनालको आग्रह
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले भुकम्प प्रभावितहरुको उपचारका लागी मन्त्रालयका तर्फबाट सबै प्रकारको सहयोग गर्न मन्त्रालय मातहतका कर्मचारिलाई निर्देशन दिनुभएको छ । कामको सिलसिलमा विदेश रहनु भएका स्वास्थ्य मन्त्री खनालले सचिवलाई टेलिफोन मार्फत जाजरकोट र रुकुम पुर्वमा भएको मानविय क्षेतीप्रति दुख ब्यक्त गर्दै घाइतेको उद्धार र उपचारमा सबै प्रकारको सहयोग गर्न निर्देशन दिनुभएको हो । घाइतेको उपचारका लागी औषधी सहितको चिकित्सकहरुको टोलि प्रभावित स्थलमै पु¥याउन भन्दै स्वास्थ्य मन्त्री खनालले प्रदेश मातहतका चिकित्सक सहित सबै स्वास्थ्यकर्मीलाई विपदमा परेकाको उपचारमा लाग्न आग्रह गर्नुभएको छ । स्वास्थ्य मन्त्री खनालले भुकम्पमा परी निधन…
जाजरकोट भूकम्प :सरकारले मृतक परिवारलाई २ लाख रुपैयाँ दिने
स्वास्थ्यसमाचार/सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएकाहरूलाई तत्काल मृतकका परिवारलाई प्रतिमृतक दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परी मृत्यु भएकाहरूलाई प्रति मृतक परिवारलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनकाअनुसार बैठकले भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ भने शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । त्यस्तै, सरकारले भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ भने प्रभावित परिवारहरूलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने निर्णय गरेको छ…