स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका एक दर्जन सामुदायिक विद्यालयहरुमा स्टाफ नर्स राखिने भएको छ ।नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयको निर्देशिका अनुसार मापदण्ड पूरा गरेका १२ वटा विद्यालयमा स्टाफ नर्स नियूक्त गरिएको तिलोत्तमा नगरपालिकाका प्रशासकीय प्रमुख माधवप्रसाद शर्माले वताए । विद्यालयमा प्राथमिक उपचार तथा स्वास्थ्य सुरक्षाका लागि छनोट भएका प्रत्येक विद्यालयहरुमा स्टाफ नर्स नियूक्त गरिएको हो । नगरमा रहेका कुल ४३ विद्यालय मध्ये बाँकी रहेका अन्य सामुदायिक विद्यालयहरुमा समेत शैक्षिक मापदण्ड पूरा गर्ने योजनामा नगरपालिका रहेको छ । तिलोत्तमामा ३९ वटा निजी विद्यालय रहेका छन् ।विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम अन्तर्गत…
समाचार
ओझेलमा परेको आयुर्वेद र योगलाई कोरोनाले व्यूतायो :नगरप्रमुख सुवेदी
रीमा बिसी स्वास्थ्यसमाचार /आयुवेर्दिक चिकित्सा पद्धति र योगलाई प्रवद्र्धन गर्दे अगाडी लैजान सके रोगसँग लडन सक्ने रोगप्रतिरोधात्मक क्षमता बढाउन सकिने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । लुम्बिनी आयुर्वेद चिकित्सालयले कार्तिक २१ बुटवलमा आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा यस्तो कुरा बताएका हुन । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आयुवेर्दिक चिकित्सा पद्धतिको प्रयोग पहिला र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको बताउदै कोरोनाले रोगप्रतिरोधात्मक क्षमता बलियो भएकालाई केही गर्न नसक्ने र कमजोर भएकालाई असाध्यैठूलो समस्याको सामना गर्नुपरिरहेको वताए । प्रमुख सुवेदीले ओझेलमा परेको आयुर्वेद र योगको महत्वलाई कोरोनाको कहरले व्यूताएको बताउदै ।…
बुटबल उपमहानगरलाई दुईलाख थान सर्जिकल माक्स
स्वास्थ्यसमाचार/ रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सञ्चालन गरिरहेको महामारीविरुद्धको अभियानमा विभिन्न क्षेत्रबाट सहयोग र सहकार्य भएको छ । अस्पताल निर्माण, आइसोलेशन सेन्टर निर्माणदेखि स्वास्थ्य सुरक्षाका विभिन्न सामग्रीहरु सहयोग गर्दै महामारीविरुद्धको अभियानमा सहकार्य जारी छ । बुटवलमा कोरोना विशेष अस्पताल र मुलुकमै नमुना आइसोलेशन सेन्टर निर्माणदेखि महामारीविरुद्धका विभिन्न काममा निजी क्षेत्र एवं सामाजिक संघ(संस्थाले सहकार्य गरेका छन् । यसै क्रममा महामारीविरुद्धको बुटवल उपमहानगरपालिकाको अभियानमा चाईनिज मोनास्ट्रीरकिंग वल्ड हेल्थ केयर र ज्याङ्कजी हेइङ फार्मासेटिकल कम्पन्नी प्रा.लि. लिमिटेडको सहयोगमा आएको सर्जिकल मास्कलाई ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालले बुटबल उपमहानगर पालिकाका लागि हस्तान्तरण गरेको हो ।…
कोरोनाबाट पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन
स्वास्थ्यसमाचार/ पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ। उनको उपचारका क्रममा आज बिहान ६:२५ बजे नर्भिक अस्पतालमा निधन भएको हो। यही दसैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएका बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पताल भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। नर्भिकमा पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान ६ :२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ।महरा माइस्थेनिया नामक रोगबाट…
लुम्बिनी प्रादेशिक अस्पतालमा सुत्केरी हुन आएकी गुल्मी मदाने ३की महिलाको मृत्यु
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सुत्केरी व्यथा लागेर भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझेका छैनन । गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बुधबार साँझ मृत्यु भएको हो । दशैंअघि दुई पटक सोही अस्पतालमा जाँच गराएकी ती महिला बुधबार बिहान ११ बजे प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन् । अस्पतालको लापर्बाही र उपचार प्रकृया गलत भएको आफन्तको आरोप छ । मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै शव नबुझ्ने अडानसहित…
१८ दिनमा कोरोना जितेका तिलोत्तमा नगरप्रमुख भन्दछन आयुर्वेद र हौसलाले कोरोना जिते
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरेले १८ दिनका दिन कोरोना जितेको बताएका छन। कोरोना मुक्त भएपछि नगरप्रमुख घिमिरेले सबैलाई धन्यवाद दिदै आफुकोरोना संक्रमण हुदा आफनो अनुभब आफुले प्रयोग गरेको औषधी र कोरोना के हो आफुले कसरी जितेको यसरी आफनो अनुभब प्रस्तुत गरेका छन ।उनको अनुभबहामीले जस्ताको तस्तै प्रस्तुत गरेका छौ सम्पादक :- आदरणीय शुभेच्छुक तथा नगरबासी महानुभावहरु नगर प्रमुखको रुपमा कोरोना महामारी सुरुभएदेखि नैं नगरबासीको काममा निरन्तर खटिँदै आएको थिएँ । नगरबासीलाई कोरोना महामारीबाट बचाउन गत चैतबाटैं क्वारेन्टाइन सञ्चालन, भारतबाट आएर सीमामा अलपत्रहरुको उद्धार, आइसोलेशन सञ्चालन, लकडाउनबाट प्रभावितहरुलाई राहत वितरण,…
थाहा नपाई कोरोना संक्रमण भएर पनि निको भएको हुनसक्ने यी संकेत
स्वास्थ्यसमाचार/ संसारभरका ८० प्रतिशतभन्दा बढी मानिसहरूले कोभिडको हल्का संक्रमण भएको रिपोर्ट गरिरहेका छन् ।विशेषज्ञका अनुसार केहीको लागि कोभिडको संक्रमण यति हल्का हुन सक्छ कि उनीहरूलाई भाइरल फ्लू जस्तो संक्रमणको लक्षणसँग छुट्याउन एकदम गाह्रो हुन्छ । यसले धेरै व्यक्ति संक्रमण भएको थाहा नपाई नै संक्रमणमुक्त भइसकेको संकेत गर्छ । कोभिडको संक्रमण भएमा निको हुन शरीर कत्तिको स्वस्थ छ भन्नेमा निर्भर गर्छ ।स्वस्थ, जवान र पहिलादेखि कुनै स्वास्थ्य समस्या नभएको मानिस सजिलैसँग निको हुने वा भाइरसको हल्का मात्र संक्रमण हुने सम्भावना हुन्छ । कोभिड संक्रमण हुँदा देखिने लक्षणको बारेमा धेरै सचेतना भए…
कोरोना पोजेटिभ हुदापनि आइसोलेसन वाट योग गराउदै योगीराज
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सामाजीक बिकास मन्त्रालय बुटबल अन्र्तगत रहेको लुम्विनी आयुर्वेदिक औषाद्यालयका विष्णुहरि आचार्य (योगिराज) आफु कोरोना संक्रमित हुदा पनि आइसोलेसन वाट योग गराउदै कोरोना संक्रमितको उच्च मनोबल बढाएका छन। कोरोना महामारीका कारण मुलुक लकडाउन भएपछि समाजमा डर त्रास बढेको अवस्थामा उनले संभावित संक्रमितहरु रहेका क्वारेन्टाइनहरुमा योग शिक्षा दिन सुरु गरेका थिए । स्वस्थ्यकर्मीहरु समेत जान आनाकानी गर्ने ठाउहरुमा पुग्ने र आफूले जानेको योगशिक्षा दिदै डर त्रासमा क्वारेन्टाइनमा दिन विताइरहेकाहरुको मनोवल उच्च राख्न उनको भुमिका उल्लेखनिय रहेको छ। विष्णुहरि आचार्य (योगिराज)ले क्वारेन्टाइन हरुको अतिरिक्त कोरोना संक्रमितहरु राखिएकै आइसोलेसन केन्द्रमासमेत योग…
तिलोत्तमा नगरपालिकाले गरिदियो कोरोना संक्रमितको शव व्यवस्थापन
स्वास्थ्यसमाचार/ कोरोना संक्रमणबाट मृत्यु भएका तिलोत्तमाका एक पुरुषको बुधबार तिलोत्तमा नगरपालिकाले शव व्यवस्थापन गरेको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएकोमा तिलोत्तमाले भने बुधबारदेखि आफैले शव व्यवस्थपन गर्न थालेको हो । नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को मंगलबारको बैठकले कोरोना संक्रमणबाट नगरबासीको मृत्यु भए शव व्यवस्थापनको जिम्मा नगरपालिकाले लिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बुधबार मृत्यु भएका कोरोना संक्रमित पुरुषको शव नगरपालिकाकै खर्चमा व्यवस्थापन गरिएको नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिए ।तिलोत्तमा नगरपालिका वडा न ५ निवासी ४७…
बुटबलको कोरोना बिषेश अस्पतालमा २ संक्रमित पुरुष को मृत्यु
स्वास्थ्यसमाचार/ बुटबलको कोरोना बिषेश अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटबल १७ मोतीपुरका का ८१ बर्षका पुरुष र बुटबल ११ का ४७ बर्षका अर्काे पुरुषको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा बिष्णु प्रसाद गौतमका अनुसार असोज २७ गते भर्ना भएको र कार्तिक ५ गते विहान मृत्यु भएको छ । उनलाई सुगर प्रेशरका बिरामी रहेको थिए भने अर्काे बुटबल ११ का ४७ बर्षीय पुरुष असोज २४ गते भर्ना भएका र उपचारका लागी भेन्टीलेटरमा राखिएउपचार गरिएको र उनी पनि प्रेशरवढी का बिरामी थिए उनको कार्तिक ५…