छपियामा चिकित्सकहरुद्वारा पाठेघरको मुखको क्यान्सर जाँच शिविर

स्वास्थ्यसमाचार/ पेशासंँगै सामाजिक उत्तरदायित्वमा निर्वाह गर्ने उद्देश्यका साथ रुपन्देहीका चिकित्सकहरुद्वारा स्थापना गरिएको रोटरी ई क्लब अफ मेडिकोफ्युजन हाईब्रिड नेपालले छपियामा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संचालन गरेको छ ।

सियारी गाउँपालिका र जलकल्याण सहकारी संस्थाको सहकार्यमा सियारी गाउँपालिकाको पब्लिक माविमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संचालन गरिएको हो ।

शिविरमा हाड जोर्नी तथा विशेषज्ञ डा शंकर पोखरेल, नेत्र रोग विशेषज्ञ डा विनिता भट्टराई, दन्तरोग विशेषज्ञ डा आकृति बानिया, डा मन्जु गुभाजु, रेडियोलोजिष्ट अभिषेकमान बज्राचार्य, डा विजय घिमिरे, डा वसन्त शर्मा, विजय भण्डारी, नाक कान घाँटी विशेषज्ञ डा मधुसुधन श्रेष्ठ, डा प्रकाश बस्नेत, डा सुमन पौडेल, बालरोग बिशेषज्ञ डा सन्तोष पोखरेल, महिला तथा प्रसुती विशेषज्ञ डा आरति श्रेष्ठ, डा अनुपा थापा, न्युरोसर्जन विशेषज्ञ डा केआई सिह केसी, जनरल फिजिसियन डा मनिष विश्वकर्मा, डा हरि पन्थी, मनोरोग विशेषज्ञ डा विक्रम काफ्ले लगायत दुई दर्जन बढी विशेषज्ञ चिकित्सक तथा सहयोगीहरुबाट शिविरमा प्राविधिक सहयोग गरिएको थियो ।

शिविरमा ४२ जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच, ६४ जनाको पेटको भिडियो एक्सरे, ९० जनाको मधुमेह परीक्षण लगायत ५ सय २४ जनाको परीक्षण तथा औषधी वितरण गरिएको थियो । शिविरमा ३ लाख बराबरको बिरामीको जाँच तथा औषधीहरु बितरण गरिएको संयोजक डा मनिष बिश्वकर्माले बताए ।

 

सम्बन्धित शिर्षक :